सिलवन्दी दरभाउपत्र आह्वानको सूचना - (गुराँस गाउँपालिका)

SOSEC Nepal

Details / requirements:

संयुक्त खरिद समिति

गुराँस, दैलेख 

सिलवन्दी दरभाउपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित सूचना: मिति: २०८० मंसिर २१ गते 

गुराँस गाउँपालिका, एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल र स्थानिय समुदायको सहलगानीमा संचालित तपशिलमा उल्लेखित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उल्लेख गरिएको शर्तहरु र सामाग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामाग्रीहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ ।

प्याकेज १: 

समुह क: एच.डि.पि. पाइप, जि.आई. पाइप, जि.आई./व्रास फिटिङ्ग, औजार, अन्य साामाग्रीहरु (रड, ग्याविन तार, काँडेतार, वाइडिङ्ग तार, कुखुरेजाली, टंकी इत्यादि)

समुख ख: फलामे निर्माण सामाग्री (फेव्रिकेटेड सामाग्रीहरु)

समुह ग: सिमेन्ट (ओ.पि.सि. ५३ ग्रेड)

शर्तहरु: 

१. दरभाउपत्र निम्न स्थानमा नि:शुल्क उपलब्ध हुने वा लिङ्कबाट डाउनलोड गर्न सकिने छ । 

सिलवन्दी दरभाउपत्र पाइने स्थान: सोसेक नेपाल, केन्द्रिय कार्यालय, नारायण नगरपालिका १, दैलेख अथवा, 

सिलवन्दी दरभाउपत्र डाउनलोड गर्नका लागि लिङ्क:

https://www.helvetas.org/en/nepal/who-we-are/follow-us/public-announcements,https://notice.helvetasnepal.org/

https://sosec.org.np/np/?p=3652

२. दरभाउपत्र बुझाउने अन्तिम मिति र स्थान: 

दरभाउपत्र बुझाउने अन्तिम मिति: २०८० पौष ५ गते (२१ डिसेम्बर, २०२३), दिउसो १२ बजे भित्र

दरभाउपत्र बुझाउने स्थान: सोसेक नेपाल, केन्द्रिय कार्यालय, नारायण नगरपालिका १, दैलेख 

म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन । 

३. सिलवन्दी दरभाउपत्र खोल्ने मिति, समय र स्थान:

मिति: २०८० पौष ५ गते (२१ डिसेम्बर, २०२३), दिउसो १ बजे 

स्थान: सोसेक नेपाल, केन्द्रिय कार्यालय, नारायण नगरपालिका १, दैलेख, सभाहल 

सिलवन्दी दरभाउपत्र दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

४. सामाग्री खरिद सम्झौता बमोजिम तोकिएको स्थान सम्म सामाग्री ढुवानी पश्चात खरिदकर्ताले सामाग्रीको गुणस्तर चेकजांच र प्राप्त गरे पछि उपभोक्ता समितिले आपूर्तिकर्तालाई भुक्तानी गर्नेछ ।   

५. दरभाउपत्रदातालाई सिलवन्दी दरभाउपत्र सम्बन्धी कागजातमा उल्लिखित कुनै कुरामा द्विविधा वा जिज्ञासा भएमा स्पष्ट गरी दिन सिलवन्दी दरभाउपत्र तथ्याङ्क सम्बन्धी विवरणमा उल्लेख भएको समयावधी भित्र सोही विवरणमा उल्लेख भएको ठेगानामा लिखित रुपमा अनुरोध गर्न सकिनेछ । 

६. यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ ।

७. दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ तपशिलमा उल्लेखित विवरण वमोजिमको शर्त रहित सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ ।

जमानत जारी गर्नु पर्ने नाम (beneficiary name) : MAJHAKHOLA GARCHA DUWACHWOR KHANEPANI TATHA SA. UP. SA.

जमानत रकम र मान्य अवधि रु. : १,५९,००० (एक लाख उनान्साठी हजार रुपैयाँ मात्र) मान्य अवधि: ७५ दिन (दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी)

जारी गर्ने वैंकको किसिम: नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट मात्र

८. दर्ता भएका सिलवन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस संयुक्त खरिद समिति, गुराँस, दैलेख मा सुरक्षित रहनेछ ।

संयुक्त खरिद समिति गुराँस, दैलेख

(माइस्थान गैरीगांउ खानेपानी तथा सरसफाइ योजना, गुराँस ८, दैलेख

माझखोला गर्चा दुवाचौर खानेपानी तथा सरसफाइ योजना, गुराँस ८, दैलेख

ढकढके लहरेकाफल गैरेपानी जोरेवाज खानेपानी तथा सरसफाइ योजना, गुराँस ६, दैलेख

उगाडा खानेपानी तथा सरसफाइ योजना, गुराँस ७, दैलेख )

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 07 Dec, 2023
Apply Before 21 Dec, 2023
City Dailekh