शिलबन्दी बोलपत्र आह्वानको सूचना

International Nepal Fellowship (Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०७९/०३/०७

यस आई एन एफ नेपाल, पोखराका लागि आ.ब. २०७९।०८० तपसिलमा उल्लेखित वस्तु तथा सेवाहरु आवश्यकता भएकोले उक्त वस्तु तथा सेवाहरु आपूर्ति गर्न ईच्छुक तथा योग्य आपूर्तिकर्ता कम्पनि/फर्महरुबाट शिलबन्दी बोलपत्र पेश गर्न हुन आह्वान गरिन्छ ।

१. औषधि आपुर्ति

२. सर्जिकल सामाग्री 

३. मेडिकल ल्याब रिजेन्ट तथा सामाग्रीहरु

४. Hearing Aid  तथा Battery आपूर्ति 

बोलपत्रका शर्तहरुः

१. शिलबन्दी बोलपत्र मितिः २०७९/०३/२१ गते दिउसो ५:०० बजे सम्म पेश गरि सक्नु पर्ने छ । 

२. बोलपत्रमा प्रस्तुत गरिने मूल्य नेपाली रुपैंयामा अंक र अक्षर दुवैमा स्पष्ट रुपमा उल्लेख हुनुपर्नेछ ।

३. आपूर्तिकर्ताले शिलबन्दी बोलपत्रको साथमा अद्यावधिक कम्पनि/फर्म दर्ता तथा नबिकरण, स्थायी लेखा नम्बर/मु.अ.क. दर्ता र आ.व. २०७७/७८ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी तथा अन्य सान्दर्भिक अन्य कागजातहरु पेश गर्नु पर्नेछ । 

४. आपूर्तिकर्ताले एक पटक पेश गरी सकेको सिलबन्दी बोलपत्र पुनः संसोधन गर्न पाईने छैन ।

५. फाराममा दरभाउ राख्न छुटाएका, म्याद नाघी आएका, सर्तसहित र माग गरे बमोजिमका कागजातहरु संलग्न नभएका सिलबन्दी बोलपत्रमाथि कुनै कारवाही गरिने छैन ।

६. आपूर्तिकर्ताले शिलबन्दी बोलपत्र खामको बाहिरपट्टि माथि उल्लेखित वस्तु तथा सेवाहरु स्पष्ट रुपमा लेखि फर्मको नाम, ठेगाना, सम्पर्क नम्बर र फर्मको छाप लगाउनु पर्नेछ ।

७. बोलपत्रहरु कारण खुलाई वा नखुलाई पुरै अथवा आंशिक स्विकृत गर्ने वा पुरै रद्ध गर्ने अधिकार यस आई एन एफ नेपालमा निहीत रहनेछ ।

८. यस शिलबन्दी बोलपत्र प्रक्रिया बाट छनौट भई सफल हुने कमपनी/फर्म बाट आवश्यकता अनुसार एकै पटक वा पटक पटक गरी समेत खरीद गर्न सक्ने छ । 

९. आपूर्ति गर्नु पर्ने सामग्रीहरुको सूची सहित वोलपत्रको आवेदन फाराम तथा Specifications तपसिलमा उल्लेखित ठेगानाबाट प्राप्त गरिनेछ ।

बोलपत्र प्राप्त तथा पेश गर्ने ठेगानाः

प्रशासन शाखा

आई एन एफ नेपाल केन्द्रीय कार्यालय, सिमपानी-१, पोखरा

आई एन एफ नेपाल, हरियो खर्क अस्पताल, नयाँगाउ-१५, पोखरा

फोन नं. ०६१-५७०१११,४३०३४२

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 21 Jun, 2022
Apply Before 05 Jul, 2022
City Pokhara