स्वास्थ्य सामग्री/उपकरण आपूर्ती सम्बन्धि शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

स्वास्थ्य सामग्री/उपकरण आपूर्ती सम्बन्धि शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७९/०८/०९)

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) वि.सं. २०५६ सालमा बाँके जिल्लामा दर्ता भई समतामूलक, स्वस्थ र आत्मनिर्भर समाज स्थापनाका लागि मानव अधिकारको संरक्षण र प्रवर्धन, वातावरणको संरक्षण र सामुदायीक विकासका क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था हो । संस्थाले तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्र र हाल लुम्बिनी प्रदेशमा मानव अधिकारको संरक्षण र प्रवर्धन, वातावरण तथा जैविक विविधताको संरक्षण, शिक्षा, पोषण तथा स्थास्थ्य, खानेपानी सरसफाई तथा स्वच्छता, जीविकोपार्जन, जलवायु परिवर्तन अनुकुलन तथा विपद् जोखिम न्यूनीकरण विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय र साझेदार संस्थाहरुसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 

यस संस्थाले विश्वका चिकित्सक (MdM France) संस्थासँग साझेदारी गरी बाँके जिल्लामा Supporting Occupational and Environmental Health परियोजना सञ्चालन गरिरहेको छ । उल्लेखित परियोजना अन्तर्गत तपशिलमा उल्लेखित सामग्री खरिद गर्नुपर्ने भएकाले मूल्य अभिवृद्धि करमा दर्ता भएका सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता, आपुर्तिकर्ता तथा वितरकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपशिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र लाहाछाप शिलबन्दी खाममा बोलपत्र पेश गर्न हुनका लागि यो सूचना आह्वान गरिएको छ ।

खरिद गर्नुपर्ने सामग्रीहरु

खरिद गर्नु पर्ने सामग्रीहरु को लिस्ट को लागि तलको लिङ्क मा क्लिक गर्नुहोस।

https://drive.google.com/uc?export=download&id=1nl5MBVWEuUdTgqiBaNn1Q9oZj3ZcxBAy

शर्तहरु:

१. बोलपत्र फाराम संस्थाको कार्यालयमा उपस्थित भई प्राप्त गर्न सकिने छ वा तपशिलमा उल्लेखित इमेल ठेगानामा अनुरोध गरी प्राप्त गर्न सकिने छ र तोकिएको समयभित्र संस्थाको कार्यालयमा उपस्थित भई वा फोल्डरमा पासवर्ड राखेर तपशिलको इमेल ठेगानामा पठाउन सकिने छ । 

२. उल्लेखित सामग्री मध्ये पूर्ण वा आंशिक रुपमा सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता तथा बितरकहरुले बोलपत्र फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाण-पत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएको प्रमाण-पत्र, कर चुक्ता प्रमाण-पत्र, बोलपत्र दाताको नेपाली नागरिकताको प्रमाण-पत्र पेश गर्नु पर्नेछ । साथै उपलब्ध गराउने सामग्रीको सर्टिफिकेशन गरेको प्रमाण-पत्र र स्पष्ट रुपमा देखिने सामग्रीको रङ्गीन फोटो पनि अनिवार्य पेश गर्नुपर्नेछ । बोलपत्र खोल्ने दिनमा आउँदा सामग्रीको एक/एक थान नमूना पनि साथमा लिएर आउनु पर्नेछ ।

३. बोलपत्र लाहाछाप शिलबन्दी गरेर खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नु पर्नेछ र र फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ । अन्यथा भएमा संस्था बोलपत्र बुझ्न वा सदर गर्न वाध्य हुने छैन ।

४. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

५. छनौट भएका उत्पादक, आपूर्तिकर्ता, अधिकृत विक्रेता तथा बितरकहरुले नै खरिद गरिने सामग्री संस्थाको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदोसम्म ढुवानी गरिदिनु पर्नेछ ।

६. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट १:३० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।

७. बोलपत्रमा आफूले कबोल गरेको रकमको २.५ (दुई दशमलब पाँच) प्रतिशतले हुन आउने रकम यस संस्थाको नबिल बैंक नेपालगञ्ज शाखामा रहेको च.हि.नं. १४०१०१७५००३७८ मा रकम दाखिला गरेको सक्कल बैंक भौचर बोलपत्र दर्ता गर्दा शिलबन्दी बोलपत्र फारमका साथ पेश गर्नु पर्नेछ ।

८. म्याद नाघी वा रीत नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

९. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।

१०. फाराम बुझाउने अन्तिम मिति २०७९/०८/१५ गते ४:०० बजेसम्म हुनेछ ।

११. अन्य सम्पुर्ण कुराहरु नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ ।

सर्वाधिकार भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) बाँकेमा नीहित रहने छ ।

बोलपत्र फाराम प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group),

नेपालगञ्ज उप-महानगरपालीका वडा नं. १८, काराकाँदो, बाँके

टेलीफोन नं.: ०८१-५५०२९५ मोवाईल नं.: ९८५८०५२०६२ 

फाराम प्राप्तिका लागि अनुरोध गर्न: afo.soeh@beegroup.org.np

इमेलबाट बोलपत्र पेश गर्नका लागि: beegroup.procurement@gmail.com

Overview

Category Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 25 Nov, 2022
Apply Before 01 Dec, 2022
City Nepalgunj