प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना 

(REF.: WVIN/SIDS/NRL/RFP/2024/002)

दोश्रो पटक प्रकाशित मितिः २०८१/०१/१४ गते

वल्र्ड भिजन इन्टरनेशनल नेपाल सँगको साझेदारीमा सिन्धुली एकीकृत विकास समाज (SIDS) सिन्धुलीको आयोजनामा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL)परियोजना अन्तर्गत दर्ता गरिएका बालबालिका तथा युवाहरुलाई तपशीलमा उल्लेखित रोजगारमुलक तालिमहरु (CTEVT) बाट मान्याता प्राप्त ३९० घण्टा, तथा छोटो अवधिका ) एकै पटक संचालन गर्नका निम्ति यस संस्थालाई उपयुक्त तालिम प्रदायकको आवश्यकता भएकाले योग्य तथा इच्छुक सम्भावित इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी एवं संस्थाहरुबाट यस कार्यालयमा  उल्लेखित कागजात  सहित मिति २०८१/०१/२० गते  (०२ मे, २०२४) भित्र कार्यालय समयमा प्रस्तावना पेश गर्न आह्वान गर्दछौ । 

संचालन गर्नुपर्ने रोजगार मुलक तालिमहरुको विवरण 

  • सवारी साधन मर्मत (Automobile Repairing)                                
  • कपाल काट्ने (Gents Hair Cutting)
  • आधारभुत कम्प्युटर तालिम (Basic Computer Course)

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१.     निवेदन 

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको)

३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि 

४. आर्थिक बर्ष 79/80 को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 

५. कम्पनी तथा फर्मको प्रोफाइल

६. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को आवद्घता प्रमाण पत्रको प्रतिलिपि (नविकरण भएको)

७. सम्बन्धित क्षेत्रमा विगत तिन बर्ष सम्म विभिन्न  निकायहरु सँग कारोवार गरेको प्रमाणित गर्ने कागजातहरु । 

८. सम्बन्धित क्षेत्रमा CTEVT बाट मान्याता प्राप्त प्रशिक्षकहरुको बायोडाटा

९. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र

१०. प्रस्तावनामा उल्लेख गरिएको दरभाउ १ बर्ष सम्मको लागि मान्य रहनेछ । 

११. यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

आवश्यक सूची दर्ता फाराम तथा TOR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ । साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ । 

https://drive.google.com/drive/folders/1vb7A9kBwkLw97f-FdiiXKiNtWWWcQSa9?usp=sharing

नोटः सेवा प्रदायकले आफुले गराउन खोजेको रोजगार मुलक तालिमको विवरण निवेदनमा उल्लेख गर्नु पर्ने छ ।

शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना: (Accepted and Valid only Hardcopy)

सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली

कमलामाई-०६, सिन्धुली

फोन नं.: ९८५४०४१२३६/९८५२०७३२४१

इमेलः scm.sids@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 26 Apr, 2024
Apply Before 02 May, 2024
City Sindhuli