शिक्षा सहजकर्ता (Education Educator)

SAHAS Nepal

Details / requirements:

सहयोगीहातहरुको समूह (सहास) नेपाल

समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना,बाजुरा

विज्ञापनमितिः २०७८/०३/६

सहयोगी हातहरुको समूह (सहास) नेपाल सामुदायीक विकासको कार्यमा नेपालको २२ वटा जिल्लाहरुमा समुदायलाई सहयोग गर्दे आइरहेको गैर सरकारी संस्था हो । यस संस्थाले बाजुरा जिल्लाको बदिमालिका नगरपालिका गौमुल र खप्तड छेडेदह गाउँपालिकामा समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्धन परियोजना मार्फत विशेष गरी वालवालीकाहरुको लागि बिभिन्न कृयाकलाप संचालनमा सहयोग र सहजिकरण गर्दे आइरहेको छ । यस क्रममा गौमुल र खप्तड छेडेदह गाउँपालिकाको लागिनिम्न विवरण अनुसार शिक्षा सहजकर्ता (Education Educator)  को आवश्यकता भएकोले यो विज्ञापन गरिएको छ । 

पद:  शिक्षा सहजकर्ता (Education Educator)

संख्याः

कार्यक्षेत्रः गौमुल र खप्तड छेडेदह गाउँपालिका, बाजुरा

शैक्षिक योग्यताः शिक्षा विषयमा +२ वा सो सरह उतिर्ण भएको र कम्तीमा एक वर्ष सामाजिक परिचालनको क्षेत्रमा कार्य अनुभव भएको

तलब सुविधाः  सहास नेपालको नियम अनुसार 

सम्पादन गर्नुपर्ने मुख्य कार्यहरुः

१.   विद्यालयजाने उमेर भएका र विद्यालय जान छोडेका वालवालिकालाई विद्यालय जान उत्प्रेरण गर्ने

२.   समुह तथा संवाद केन्द्रको बैठक सहजिकरण र कार्य योजना बनाई कार्यन्वयन गर्न सहयोग गर्ने

३.   बिद्यालय ब्यबस्थापन समिति अभिभाबक, शिक्षकको बैठकमा सहभागी भइ परियोजनाका कृयाकलाप कार्यन्वयन गर्न सकजिकरण गर्ने

र विद्यालयको शैक्षिक गतिविधि संचालनमा सहयोग र  सहजिकरण गर्ने

४ .   गाउँपालिका वार्ड, शिक्षा ईकाइ, विद्यालय व्यवस्थापन समितिसंग समन्वय गर्ने

५.   कृयाकलापहरुको अनुगमन तथा प्रतिवेदन तयारी

६.   परियोजनाले आयोजना गर्ने तालिम गोष्ठीमा सहयोग पुर्याउने

७    घरधुरी र विद्यालयको तथ्याङ्क संकलन गर्ने

८.   संस्थाले तोकेका अन्य कार्यहरु गर्ने

पेश गर्नु पर्ने आवश्यक कागजातहरुः नेपाली नागरिकता, शैक्षिक प्रमाणपत्र, अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि योग्यता पुगेका इच्छुक व्यक्तिको सम्पर्क फोन नं समेतको व्यक्तिगत विवरण (बायोडाटा) र निवेदन सहास नेपालको इमेल ठेगाना sahasnepalvacancy@gmail.com मा मिति २०७८ असार २० गते भित्र पेश गरि सक्नु पर्ने छ ।

(दलित, महिला र जनजातिलाई प्रथामिकतादिइने छ । छोटो सुचिमा छनोट भएकाव्यक्तिलाई मात्र छनोट प्रकृयामा सामेल गराइने छ । )

Overview

Category Education, Development and Project
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 20 Jun, 2021
Apply Before 04 Jul, 2021
City Bajura