शिलबन्दी दरभाऊ पत्र आह्वान सम्बन्धी सुचना
Digo Bikas Samaj (DBS) was established in the year 2063 B.S. to provide development services to people of remote and flood prone wards of Kailali district namely Lalbhoji, Bhajani, Khailad, Narayanpur,Dhansinghpur, Thapaput, Munuwa, Joshipur, Janakinagar and Pathriya. From the very beginning of its establishment, this organization has been working with poor and disadvantaged people in these wards. It is an umbrella organization of 9 community based organizations (CBOs) which is governed by people from the Dalit and Tharu communities.
Details / requirements:
शिलबन्दी दरभाऊ पत्र आह्वान सम्बन्धी सुचना ।
प्रथम पटक प्रकाशित मिति २०८२।१२।२४
दिगो विकास समाज भजनी–१, कैलाली कैलाली जिल्लमा क्रियाशिल गैर नाफामुलक समुदायमा आधारित (सि.वि.ओ) संस्थाह रूको छाता संगठन हो । यो संस्था विगत १९ वर्ष देखि विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा दिगो जिविकोपार्जन, लैंगिक समाजिक समाबेशीकरण तथा बाल समृद्धिका क्षेत्रमा सहकार्य कार्य गर्दै आइरहेको छ । हाल वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVIN) को साझेदारीमा बाल समृद्धि र एकिकृत विकासका लागि हातेमालो परियोजना संचालन भैरहेको र आ.व. सन् २०२६ अन्तर्गत Promote green resilient & environment friendly livelihood job opportunities in the community कार्यक्रम सञ्चालनका लागि तल उल्लेखित अनुसुची अनुसार सामग्री दिर्घकालिन सम्झौता (Long Term Agreement) गरि खरिद आपूर्ति लिनु पर्ने भएकोले सुचना प्रकाशन भएको मितिले १० दिन सम्म इच्छुक तथा योग्य आपूर्तिकर्ता/फर्मह रूबाट तपसिलमा उल्लेखित शर्तहरू पुरा गरि शिलबन्दी दरभाऊपत्र आह्वानका लागि यो सुचना प्रकाशन गरिएको छ ।
शिलबन्दी दरभाऊ पत्र सम्बन्धि शर्तहरू :
१. शिलबन्दी कोटेशनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू :
- आशय पत्र फारम भरेर प्रत्येक पानामा हस्ताक्षर र छाप लगाई पेश गर्नुपर्ने ।
- व्यवसाय दर्ता, प्यान तथा भ्याट प्रमाण पत्रको प्रतिलिपि ।
- बस्तु तथा सेवा बिक्री बितरणका लागि लाईसेन्स वा इजाजत आवश्यक पर्ने भएमा सो प्रमाणपत्रको नविकरण प्रतिलिपि ।
- करचुक्ता प्रमाण पत्र (२०८१।२०८२) को प्रतिलिपि ।
- फोटो वारेन्टी सहितको Catalog जानकारी (बिद्युतीय उपकरण, गाडी तथा मेसिनको हकमा मात्र) ।
- Suppliers Code of Conduct पढेर बुझेर हस्ताक्षर सहित प्रत्येक पानामा छाप लगाउनु पर्ने ।
- कालो सुचीमा नपरेको स्वघोषणा पत्रमा छाप तथा हस्ताक्षर गरेको ।
२. छनौटका आधारहरू :
२.१ किफायत दररेट, वस्तु तथा सेवाको गुणस्तर, वस्तु तथा सेवाको उपलब्धता, ढुवानी सुविधा, कम्पनी तथा फर्मको आवश्यक दर्ता तथा नविकरण प्रलेखहरू, बिद्युतीय उपकरण तथा मेसिनको हकमा वारेन्टी, सोको Catalog फोटो जानकारी, संस्थाले उपलब्ध गराएको प्रत्येक फारम पूर्ण र स्पष्ट रूपले अनिवार्य भरेको ।
३. अनुसुची १ मा उल्लेखित विवरण अनुसार वस्तु वा सामाग्रीको खरिद बिक्री गर्न अधिकार प्राप्त फर्म वा कम्पनीले कोटेशन पेश गर्न सक्नेछन् ।
अनुसुची १ Paper Making Semi-Automatic Machine
Form and formats:
४. कोटेशनसँगै आवश्यक कागजातहरूमा हस्ताक्षर र छाप लगाई शिलबन्दी कोटेशन संस्थाको कार्यालयमा आई दर्ता गराउनु पर्ने छ अथवा ईमेलद्वारा पठाउदा PDF बनाई पासवर्ड राखी पठाउनु पर्नेछ ।
५. सामाग्रीहरूको गुण, विशेषता र प्रति एकाई मुल्य, आपूर्ति हुने समय आदि अनिवार्य रूपमा खुलाउनु पर्नेछ । प्रति इकाई मुल्य र परिमाणको गुणनमा र जोडमा फरक परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ । प्रति इकाई मूल्यमा केरमेट भएमा सही छाप लगाउनु पर्नेछ ।
६. शिलबन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगाना :
मितिः २०८३।१।३ गते दिउँसो ५ बजे सम्म दिगो विकास समाज भजनी १ कैलालीको कार्यालय वा इमेल scm.dbs@gmail.com PDF बनाई पासवर्ड राखि पठाउनु पर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन कार्यालय समय भित्र पेश गरिसक्नु पर्ने छ ।
७. शिलबन्दी कोटेशन पुर्ण वा आशिक रुपमा रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
नोटः संस्थालाई अनुसुची १ मा उल्लेख भए बमोजिम भन्दा बढी सामग्रीहरू पनि आवश्यक पर्न सक्ने भएको हुंदा विक्रेता छनौट पश्चात् कम्तिमा पनि १ बर्ष सम्मका लागि सम्झौता गर्न सक्नेछ ।
थप जानकारीका लागि
दिगो विकास समाज, भजनी १ कैलाली
फोन नं. ०९१– ५८०२१४
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 07 Apr, 2026 |
| Apply Before | 16 Apr, 2026 |
| City | Kailali |