शिलबन्दी दरभाउपत्रको सूचना आह्वान

Kalika Self Reliance Social Center

Details / requirements:

शिलबन्दी दरभाउपत्रको सूचना आह्वान

यस कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा Welthungerhilfe सँगको संयुक्त साझेदारीमा संचालित NPL 1083-22 परियोजना अन्तर्गत कपिलवस्तु जिल्लाको शुद्धोधन गाँउपालिका वार्ड नं.०४, महादेवमा अवस्थित आदर्श आधारभुत बिद्यालयमा तपसिल बमोजिमको निर्माण कार्यहरु गर्नको लागि तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली फर्महरुबाट फर्म पान/ भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नबिकरण, आ.ब. २०८१।०८२ को करचुक्ता वा म्याद थपको प्रमाणपत्रको प्रतिलिपी सहित पेश गर्नको लागि शिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ ।

तपसिलः

SNType of WorkSNType of WorkSNType of Work
1Construction of Incinerator4Kitchen Garden Barbed7Toilet Renovation
2Construction of Recharge Pit5School Barbed with Gate8Water Tank Installation & Hand- Washing Point Construction
3

Construction of Waste Disposal Pit

6Supply & Installation of Shallow Tubewell

प्राप्त शिलबन्दी दरभाउपत्र रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC-Nepal) तौलिहवा, कपिलवस्तुमा मिति २०८३ मंसिर १५ गते तदानुसार 1st December 2026 बेलुका ४:०० बजे भित्र बुझाई सक्नु पर्नेछ । सिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन शनिवार, आईतबार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलीपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ ।

मिति २०८३ मंसिर १६ गते तदानुसार 2nd December 2026 बिहान ११:०० बजे शिलबन्दी दरभाउपत्रदाताको प्रस्तावना खोलिने छ तथा सम्पुर्ण शिलबन्दी दरभाउपत्र पेश गर्ने दरभाउपत्रदातालाई यसै सुचनालाई आधार मानी सिलबन्दी दरभाउपत्र खोलिने मितिमा संस्थाको केन्द्रिय कार्यालय, तौलिहवामा उपस्थित हुन जानकारी गराइन्छ ।

शर्तहरुः

१. निर्माणकर्ताले कार्यालयले उपलब्ध गराएको दरभाउपत्रमा आफुले तोकेको प्रति इकाई दर रेट (भ्याट सहित) भ्याट लाग्ने सामाग्रीमा मात्र प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।

२. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।

३. दरभाउपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि किसिमको खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।

४. निर्माण गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ ।

५. निर्माण कार्य कपिलवस्तु जिल्लाको शुद्धोधन गाँउपालिका वार्ड नं. ०४, महादेव स्थित आदर्श आधारभुत बिद्यालयमा गर्नु पर्नेछ ।

६. निर्माण कार्य सम्झौता भएको मिति ले २५ दिन भित्र सम्पन्न गरी सक्नु पर्नेछ ।

७. निर्माण स्थल अवलोकन गरी मात्र दरभाउपत्र भर्न जानकारी गराइन्छ ।

८. निर्माण कार्य गर्नको लागि कुनै पनि किसिमको पेश्की उपलब्ध गराईने छैन साथै रनिङ्ग बिलको आधारमा पनि भुक्तानी गरिने छैन, कार्य सम्पन्न पश्चात प्राबिधिकको मुल्याङ्कन अनुसार आउने रकममा नेपाल सरकारको नियमानुसारको कर कट्टी गरी हुन आउने रकम एकमुष्ट भुक्तानी गरिने छ ।

९. म्याद नाघेको, रित नपुगेको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।

१०. इमेलबाट पठाइएको दरभाउपत्र Password Protected हुनु पर्नेछ तथा दरभाउपत्र खोलिने समयमा Password मागेको खण्डमा मात्र Password दिनु पर्नेछ । बिना Password पठाइएको दरभाउपत्र स्वीकार गरिने छैन तसर्थ इमेलबाट पठाइएको दरभाउपत्र अनिवार्य रुपमा Password Protected हुनु पर्नेछ ।

११. दररेट पूर्ण वा आंशिक रुपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने सम्पुर्ण अधिकार यस कालिका स्वावलम्बन सामाजिक केन्द्रको खरिद तथा लिलाम बिक्री उप-समितिमा निहित रहने छ ।

१२. माथि उल्लेखित भएका कुराहरु बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।

१३. दरभाउपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा Jobs Nepal को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ ।

१४. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरु यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरुको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।

Links:

BOQs

Self Declaration # स्व घोषणापत्र

सम्पर्कःगुनासो गर्नको लागिः

खरिद तथा लिलाम बिक्री उप-समिति

कालिका स्वावलम्बन सामाजिक केन्द्र

कपिलवस्तु नगरपालिका ०३, कालिका गाउँ, तौलिहवा

सम्पर्क नम्बरः ०७६-५६०२८२

इमेलः ksscnepal.procurement@gmail.com

टोल फ्री नम्बरः १८१०५०००२८२

इमेलः cfm.kssc@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 17 Nov, 2026
Apply Before 01 Dec, 2026
City Kapilvastu