शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना । (Capture Photo and Video using the Drone)

Social Awareness Center SAC Nepal

Details / requirements:

प्रथम पटक प्रकाशित मिति २०८३ असोज ०२

शिलबन्दी दरभाउपत्र  आह्वान सम्बन्धी सूचना ।

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत ३० वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । Save the children को आर्थिक सहयोग र यस संस्थाको साझेदारीमा सुर्खेत जिल्लाको वराहताल गाउँपालिका तथा जाजरकोट जिल्लाको छेडागाड नगरपालिकामा संचालित भएको My Forest Child कार्यक्रम अन्तरगत ड्रोनको प्रयोग गरी कार्यक्रम सञ्चालन भएका क्षेत्रहरूमा भएका परिवर्तनका (Before and after) भिडिया र तस्बिरहरू तथा परियोजनाका गतिविधिका (Project interventions) भिडियो र तस्बिरहरू संकलनको लागी परामर्शदाता आवश्यक परेकोले उक्त सेवा उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०८३।०६।०८ गतेसम्म मध्यान्ह ५ बजेसम्म कोटेशन पेश गर्न आह्वान गरिन्छ । 

शिलवन्दी दरभाउपत्र सम्बन्धि शर्तहरुः

१. शिलवन्दी दरभाउ पत्रसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः 

  • कर चुक्ताको प्रमाण पत्र (२०८२/२०८३) को प्रतिलिपि
  • भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • कम्पनी घरेलु वाणिज्य दर्ता प्रमाण पत्रको प्रतिलिपि

२.भूक्तानीः 

  • संलग्न विवरण बमोजिमको सम्पुर्ण उल्लेखित शर्तहरु पालना गरी पूर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।

३ छनौटका आधारहरु

  • कानुनी प्रक्रिया पुरा गरेको
  • प्राविधिक प्रस्ताव ४० प्रतिशत
  • आर्थिक प्रस्ताव ६० प्रतिशत

४. कार्यअनुभव (कार्यअनुभव स्पष्ट खुलाउनु पर्नेछ) 

  • कार्यअनुभव छ - कार्यअनुभव छैन (यदि छ भने सम्झौता वा विल को नमुना कपी राख्नुपर्नेछ)

५.शिलवन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगानाः 

शिलबन्दी कोटेशन पठाउनु पर्ने अन्तिम मिति र समयः २०८३ असोज ०८ गते अपरान्ह ५ बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर १२ दिपनगर सुर्खेत वा इमेल बाट पेश गर्नु परेमा सिलवन्दी दरभाउ पत्र पठाउदा पिडिएफ (PDF) फाइललाई पासवर्डले लक गरी वा पासवर्ड नभई खोल्न नमिल्ने गरी पठाउनु पर्ने छ, साथै लक गरिएको Password प्रस्तवना खोल्ने दिनमा Email मार्फत Request गरिसके पछि मात्र पठाउनु पर्ने छ, दरभाउ पत्र र पासवर्ड पठाउनु पर्ने इमेल ठेगाना  sacquotation@gmail.com

  • कोटेशन खोल्ने समय २०८३ असोज १२ गते दिनको ११ बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । प्राप्त कोटेशनहरु आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन ।
  • कोटेशन पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार समाज जागरण केन्द्र (स्याक) नेपालमा निहित रहनेछ ।

LINKS: 

Terms of Reference (ToR)

CoI declaration form

Consultancy Proposal Form

थप जानकारीका लागी

खरिद उप समिती

समाज जागरण केन्द्र (स्याक) नेपाल

फोन नं. ०८३५२१२८२

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 18 Sep, 2026
Apply Before 24 Sep, 2026
City Surkhet