शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना
Details / requirements:
सेतो गुराँस राष्ट्रिय बालविकास सेवा
झम्सीखेल, ललितपुर
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८१ माघ १९ गते
दोस्रो पटक प्रकाशित मिति: २०८१ फागुन ४ गते, आइतबार
यो सूचना दोस्रो पटक प्रकाशित गरिएको हो ।
सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले Childaid Network Foundation को सहयोगमा रामेछाप तथा सोलुखुम्बु जिल्लाका ३/३ वटा पालिकाका विद्यालय तथा बालविकास केन्द्रहरूलाई आवश्यक सिकाई तथा खेल सामग्रीहरू उपलब्ध गराउने उद्देश्यले शिलबन्दी दरभाउपत्र आह्वान गर्ने निर्णय गरेको छ। इच्छुक कम्पनी तथा सप्लायर्सहरूबाट निम्न शर्तहरूको अधीनमा रही दरभाउपत्र पेश गर्न आह्वान गरिन्छ ।
१. सामग्री र दरभाउपत्र सम्बन्धी विवरण
- आवश्यक सामग्रीहरूको विस्तृत विवरण तथा शिलबन्दी दरभाउपत्रको कागजात [यहाँ क्लिक गरी डाउनलोड गर्न सकिन्छ] वा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको कार्यालयबाट प्राप्त गर्न सकिन्छ।
२. दरभाउपत्र खरिद र पेश गर्ने मिति
- शिलबन्दी दरभाउपत्र कागजात: २०८१ फागुन ११ गते अपरान्ह १२:०० बजेसम्म संस्थाको कार्यालयबाट वितरण गरिनेछ।
- दरभाउपत्र पेश गर्ने अन्तिम मिति: २०८१ फागुन ११ गते कार्यालय समयभित्र बुझाइसक्नुपर्नेछ।
आवश्यक सामग्री र सेवा विवरण:
| क्रस | विवरण | सामाग्री विवरण |
| १ | बालविकास केन्द्रको बसाइ व्यवस्थापनका लागि सामाग्री |
|
| २ | सामाग्री ढुवानी सेवा |
|
| ३ | चारपाङग्रे सवारी साधन भाडामा लिने (नेपाल अधिराज्य भरी आवश्यकता अनुसार)-Scorpio, Land-Cruiser, Bolero Single/ Double Cab, Hi-Lux/ Hi-Lander etc.) |
|
खरिद गरिने सामाग्रीहरुको विवरण:
३. दरभाउपत्र खोल्ने प्रक्रिया
- रित पुर्वक पेश गरिएका दरभाउपत्रहरू सेतो गुराँस राष्ट्रिय बालविकास सेवा, Childaid Network Foundation का प्रतिनिधिहरू, तथा उपस्थित सप्लायर्सका प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ।
- सप्लायर्सको प्रतिनिधि उपस्थित हुन नसके पनि दरभाउपत्र खोल्ने कार्यमा कुनै बाधा पर्ने छैन।
- पेश गरिएका दरभाउपत्र कागजात स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार सेतो गुराँस राष्ट्रिय बालविकास सेवामा सुरक्षित रहनेछ।
४. दरभाउपत्र खोल्ने मिति, स्थान र समय
- मिति: २०८१ फागुन १३ गते मंगलबार
- स्थान: सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको कार्यालय, झम्सिखेल–३, ललितपुर
- समय: अपरान्ह १२:०० बजे
५. सम्पर्क विवरण
फोन: ०१-५४५४०१९, ०१-५४५२९७५
इमेल: setogurans@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | Please check details |
| Education | Please check details |
| Posted Date | 16 Feb, 2025 |
| Apply Before | 23 Feb, 2025 |
| City | Lalitpur |