शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना आह्वान
Details / requirements:
शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना आह्वान ।
प्रथम पटक प्रकाशित मितिः २०८३ मंशीर ११ गते (November 27, 2026)
प्रस्तुत् विषयमा BMZ, WHH को आर्थिक सहयोग तथा RRN, MICN र FTGN को साझेदारिमा सञ्चालित SUSTAIN परियोजना अन्तर्गत नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (MIC Nepal) ले आठबिसकोट नगरपालिकामा सामुदायिक बीउ बैंक स्थापनाका लागि आवश्यक बीउ परीक्षण/तौल उपकरण, भण्डारण/प्याकेजिङ, प्रशोधन तथा कार्यालय व्यवस्थापन सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित कानुनी कागजातहरु सहित ईच्छुक आपूर्तिकर्ताहरुले यो सूचना प्रकाशित गरिएको मितिले ७ दिन भित्र शिलबन्दि कोटेशन दरभाउ पत्र पेश गर्नुहुन समबन्धित सबैमा जानकारीको गराईन्छ । शिलबन्दि दरभाउ पत्र भौतिक रुपमा यस संस्थाको कार्यालय सिस्ने गाउँपालिका- ६, रुकुम (पूर्वी भाग) र SUSTAIN परियोजना कार्यालय आठविसकोट नगरपालिका -९ राडीबजार, रुकुम (पश्चिम भाग) वा ईमेल ठेगाना procurement@micnepal.org.np मा Password Protected गरी यस संस्थामा पेश गर्न सकिने छ । सूचनाको अवधीमा अन्तिम दिन सार्बनजिक बिदा पर्न गएमा सो दिनको भोली पल्ट कार्यालय समय ५ बजेभित्र पेश गर्न सकिनेछ । शिलबन्दी दरभाउपत्र यस संस्थाले तयार पारेको Financial Proposal तथा आपूर्तिकर्ताले आफ्नै Letter Head मा तयार गरी पेश गर्न सकिने पनि सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
तपशीलः
संलग्न गर्नुपर्ने कागजातहरुः
१. फर्म तथा सप्लायर्स दर्ता प्रमाण पत्रको प्रतिलिपी थान ------- १
२. स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि कर प्रमाण पत्रको प्रतिलिपी थान ------ १
३. आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी थान ----- १
नोटः
१. कोटेशन पेश गर्दा दरभाउ रकम VAT सहित वा रहित सोबारे स्पष्ट रुपमा खुलाउनुपर्ने छ ।
२. आपूर्तिकर्ता छनौट गर्ने अधिकार मिक नेपालमा निहित रहने छ ।
३. रित नपुगी आएका शिलबन्दी दरभाउ पत्रहरु मान्य हुने छैनन् ।
४. शिलबन्दि दरभाउ पत्र पेश गर्दा आपूर्तिकर्ताले सोघोषणा पत्र पनि पेश गर्नुपर्ने छ ।
५. साथै थप जानकारीको लागि कार्यालयको सम्पर्क नं. ९८५७८२८५८८ मा सम्पर्क गर्न सकिनेछ ।
सदस्य-खरिद उप-समिति
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Salary | Rs. / |
| Position Type | Contract |
| Posted Date | 27 Nov, 2026 |
| Apply Before | 03 Dec, 2026 |
| City |