शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना आह्वान

Nepal Magar Society Service and Information Centre (MIC Nepal)

Details / requirements:

शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना आह्वान ।

प्रथम पटक प्रकाशित मितिः २०८३ मंशीर ७ गते (November 23, 2026)

प्रस्तुत विषयमा यस नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) सिस्ने गाउँपालिका वडा नं. ६, रुकुम (पूर्वी भाग) र Ipas Nepal को साझेदारीतामा रुकुम (पूर्वी भाग) जिल्लामा सञ्चालित नेपालमा जलवायु उत्थानशीलता र यौन तथा प्रजनन् स्वास्थ्य सबलीकरण (SRHR) परियोजना अन्तर्गत परियोजनाको लक्षित स्वास्थ्य संस्थाहरूलाई राहत, खानेपानी, सरसफाई तथा स्वच्छता सामग्री, सोलार ब्याकअप, विभिन्न स्वास्थ्य उपकरणहरू र विपद्को समयमा उद्धार तथा सूरक्षा सामग्रीहरू खरिद गरी सहयोग गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित कानुनी कागजातहरू सहित ईच्छुक आपूर्तिकर्ताहरूले यो सूचना प्रकाशित गरिएको मितिले ७ दिन भित्र शिलबन्दि कोटेशन दरभाउ पत्र पेश गर्नुहुन समबन्धित सबैमा जानकारीको गराईन्छ । शिलबन्दि दरभाउ पत्र भौतिक रुपमा यस संस्थाको कार्यालय सिस्ने गाउँपालिका- ६, रुकुम (पूर्वी भाग) वा ईमेल ठेगाना procurement@micnepal.org.np मा Password Protected गरी यस संस्थामा पेश गर्न सकिने छ । सूचनाको अवधीमा अन्तिम दिन सार्बनजिक बिदा पर्न गएमा सो दिनको भोली पल्ट कार्यालय समय ५ बजेभित्र पेश गर्न सकिनेछ । शिलबन्दी दरभाउपत्र यस संस्थाले तयार पारेको Financial Proposal तथा आपूर्तिकर्ताले आफ्नै Letter Head मा तयार गरी पेश गर्न सकिने पनि सम्बन्धित सबैमा जानकारी गराईन्छ । 

तपशीलः

संलग्न गर्नुपर्ने कागजातहरू:

१. फर्म तथा सप्लायर्स दर्ता प्रमाण पत्रको प्रतिलिपी थान ------- १

२. स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि कर प्रमाण पत्रको प्रतिलिपी थान ------ १

३. आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी थान ----- १

नोटः 

१. कोटेशन पेश गर्दा दरभाउ रकम VAT सहित वा रहित सोबारे स्पष्ट रुपमा खुलाउनुपर्ने छ । 

२. आपूर्तिकर्ता छनौट गर्ने अधिकार मिक नेपालमा निहित रहने छ ।

३. रित नपुगी आएका शिलबन्दी दरभाउ पत्रहरु मान्य हुने छैनन् ।

४. शिलबन्दि दरभाउ पत्र पेश गर्दा आपूर्तिकर्ताले सोघोषणा पत्र पनि पेश गर्नुपर्ने छ ।

५. साथै थप जानकारीको लागि कार्यालयको सम्पर्क नं. ९८५७८२८५८८ मा सम्पर्क गर्न सकिनेछ ।

LINKS:

  1. Financial proposal for Solar Backup System 
  2. Financial proposal for Medical Equipment 
  3. Financial proposal for Relief and WASH Materials 
  4. Financial proposal for Rescue and Safety Materials

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 23 Nov, 2026
Apply Before 29 Nov, 2026
City Rukum East