शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

Community Development & Advocacy Forum Nepal

Details / requirements:

सामुदायिक विकास तथा पैरवी मन्च नेपाल

बर्दिबास १, महोत्तरी

शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिती २०८२०६२२

यस सामुदायिक विकास तथा पैरवी मन्च नेपालले महोत्तरी जिल्लाको औरहीलोहारपट्टी नगरपालिकामा सन्चालन गरीरहेको INSPIRE परियोजना अन्तर्गत बिभिन्न बिद्यालयहरूको कक्षा कोठाहरू, हात धुने स्थान, शौचालयको मर्मत र नयाँ हात धुने स्थान निर्माण गर्नुपर्ने भएकोले निम्न लिखित शर्तहरूको अधिनमा रही शिलबन्दी दरभाउ पत्र आह्वान गरिन्छ ।

शर्तहरू

१. शिलबन्दी दरभाउ पत्र यस कार्यालय बाट यो सूचना प्रकाशित भएको २१ दिन सम्म कार्यालय समय भित्र निःशुल्क प्राप्त गर्न सकिने छ ।

२. यो सूचना प्रकाशित भएको २१ औ दिन सम्म दिनको ४ बजे सम्ममा सामुदायिक विकास तथा पैरवी मन्च नेपालको कार्यालय औरहीमा शिलबन्दी दरभाउ पत्र पेश गरिसक्नु पर्नेछ र २२ औ दिन दिनको ४ बजे सामुदायिक विकास तथा पैरवी मन्च नेपालको औरही कार्यालय मा खोलिने छ ।

३. शिलबन्दी दरभाउपत्र बुझाउने अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा बुझाउन सकिने छ ।

४. हुलाक, कुरियर र ईन्टरनेट बाट पठाईएको शिलबन्दी दरभाउ पत्रलाई मान्यता दिईने छैन ।

५. इच्छुक बोलपत्रदाताहरूले शिलबन्दी दरभाउ पत्र लिङ्कबाट डाउनलोड गर्न सक्नेछन् ।

६. अन्य जानकारीका लागि यस कार्यालयमा कार्यालय समय भित्र फोन नम्बर ९८४८४९४३१० मा सम्पर्क गर्न सकिने छ ।

नोट: यस प्रक्रिया बाट छनौट हुने फर्म सँग सामुदायिक विकास तथा पैरवी मन्च नेपालले २ वर्षको Frame work agreement गर्नेछ ।

RFQ_Construction and Renovation

सम्पर्क का लागि

सामुदायिक विकास तथा पैरवी मन्च नेपाल

बर्दिबास १, महोत्तरी अथवा

परियोजना कार्यालय औरही १, महोत्तरी

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 07 Oct, 2025
Apply Before 26 Oct, 2025
City Mahottari