शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

Relief Nepal

Details / requirements:

शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मिति: २०८२ भदौ ०३ गते

सूचना नं. : CAN/RN/FY-2082/083/SQ-1

रिलिफ नेपाल, वि.स. २०६५ मा सिन्धुलीमा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । यस संस्थाले बालबालिकालाई केन्द्रमा राखेर बाल अधिकार तथा बाल संरक्षण, खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्धन, शिक्षा तथा स्वास्थ्य, कृषि तथा आर्थिक विकास, र विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

रिलिफ नेपाल, सिन्धुली र Childaid Network Foundation Nepal को साझेदारीमा सञ्चालित ELEVATE: Equitable Learning Environment for All परियोजना अन्तर्गत यस संस्थाको चालु आ.ब.०८२/०८३ मा हुने परियोजना कार्यान्वयन तथा कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने तपसिलमा उल्लेखित सेवा तथा सामाग्रीहरू खरिद गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक आपूर्तिकर्ताहरूलाई मिति २०८२ भदौ १७ गते दिनको १२:०० बजे भित्र रित पूर्वक सिलबन्दी दरभाउ पत्र पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक सामाग्रीको विवरण

क) तालिम गोष्ठी लगायतका कार्यक्रमहरूको लागि होटेल सेवा (सिन्धुली जिल्लाको सदरमुकाम र दुधौली नगरपालिका वडा नं.१ र २ मा हुने कार्यक्रमहरूको लागि )

ख) स्टेशनरी सामाग्रीहरू (सिन्धुली जिल्लाको सदरमुकाम र दुधौली नगरपालिका वडा नं.१ र २ मा हुने कार्यक्रमहरूको लागि )

ग) विद्यालय कक्षाकोठाको लागि फर्निचर तथा फर्निसिङ्ग सामग्रीहरू (दुधौली नगरपालिका वडा नं.१ र २,सिन्धुली मा अवस्थित विद्यालयहरूका लागि )

सर्त तथा बन्देजहरू:

१) इच्छुक आपूर्तिकर्ताहरूले तपसिलमा उल्लेखित कागजातहरू अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

    क) फर्म वा कम्पनी दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।

    ख) स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि करमा दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।

    ग) आर्थिक वर्ष २०८०/८१ (वा उपलब्ध भएमा २०८१/८२ ) को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।

२) सिलबन्दी दरभाउ फारम इमेल scm@reliefnepal.org.np बाट वा कार्यालयमा सम्पर्क गरी मिति २०८२ भदौ १६ गते सम्म कार्यालय समय (१०:०० देखि ५:०० बजे ) भित्र प्राप्त गर्न सकिने छ ।

३) फर्निचर तथा फर्निसिङ्गको लागि दरभाउ पत्र जमानत बापत १३% VAT सहितको अनुमानित लागत रु.१०,८४ ,०००/ को २.५% ले हुन आउने रकम (पछि फिर्ता हुने) 'क' वर्गको बैङ्कले रिलिफ नेपालको नाममा जारी गरेको कम्तीमा ७५ दिनको बैङ्क जमानत (Bank Guarantee) पेस गर्नुपर्ने छ ।

४) फर्निचर तथा फर्निसिङ्गको लागि सिलबन्दी दरभाउ पत्र स्वीकृत भएपछि सम्झौता गर्नु पूर्व स्वीकृत रकमको ५% ले हुन आउने रकम 'क' वर्गको बैङ्कले रिलिफ नेपालको नाममा,कम्तीमा ६ महिना अवधिको लागि जारी गरेको Performance Guarantee पेस गर्नुपर्ने छ ।

५) सिलबन्दी दरभाउ पत्र खरिद गर्ने, पेस गर्ने वा खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको लगतै कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिने छ ।

६) फर्निचर तथा फर्निसिङ्गको लागि कम्तिमा २ वटा संस्थाहरूसँग काम गरेको अनुभवपत्र र कोटेशन फर्मममा उल्लेखि सम्पूर्ण सामग्रीहरुको sample सिलबन्दी दरभाउपत्र खोल्ने दिन सम्ममा अनिवार्य रुपमा पेश गर्नु पर्ने छ ।

७) प्राप्त भएका सिलबन्दी दरभाउ पत्रहरू, मिति २०८२ भदौ १७ गते दिनको २:०० बजे उपस्थित हुन चाहने आपूर्तिकर्ताहरूको प्रतिनिधिहरूको रोहबरमा रिलिफ नेपालको कार्यालयमा खोलिने छ ।

८) यस कार्यालयको हितलाई ध्यानमा राखी दरभाउ पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार रिलिफ नेपालमा निहित हुनेछ ।

थप जानकारीका लागि:

रिलिफ नेपाल, कमलामाई-६, सिन्धुली

इमेल: scm@reliefnepal.org.np

टेलिफोन: ०४७५२०९१५