शिलबन्दी टेण्डर आह्वानको सूचना

Human and National Development Society (HANDS) Nepal

Details / requirements:

मानव तथा राष्ट्रिय विकास समाज

(ह्यान्ड्स नेपाल)

कमलामाई नगरपालिका वडा नं. ६, सिन्धुली

शिलबन्दी टेण्डर आह्वानको सूचना

दोस्रो पटक प्रकाशित मिति २०८३ मंसिर ३ गते बिहिबार

मानव तथा राष्ट्रिय विकास समाज (ह्यान्ड्स) नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत Dignity & Hygiene Kits सम्बन्धि सामाग्री (HANDS/TDR/02/2083-84) खरिद गर्न आवश्यक भएकोले मान्यता प्राप्त फर्म तथा सप्लार्यसहरूले देहाय अनुसारका बुँदा र शर्तहरूको अधिनमा रही शिलवन्दी टेण्डर पेश गर्न आह्वान गरिन्छ ।

शर्तहरू :

१. सूचना प्रकाशन भएको मितिले ७ (सातौं) दिन, मिति २०८३ मंसिर ९ गते दिनको ४:०० बजे सम्म शिलबन्दी टेण्डर फाराम यस संस्थाको सिन्धुली शाखा कार्यालयमा प्रत्यक्ष उपस्थितिमा वा इमेल मार्फत आधिकारिक निवेदन दिई प्राप्त गर्न सकिनेछ । शिलबन्दी टेण्डर बुझाउने/पेश गर्ने अन्तिम मिति सूचना प्रकाशित भएको ८ (आठौं) दिन अर्थात मिति २०८३ मंसिर १० गते दिनको १२:०० बजे सम्म मात्र हुनेछ ।

२. शिलबन्दि टेन्डर फाराम प्राप्त गर्ने वा पेश गर्ने कार्यका लागि अनुभव प्राप्त तथा न्युनतम आधार पुरा भएका फर्म/सप्लायर्स/कम्पनीले आवश्यक फर्म/सप्लायर्स/कम्पनी दर्ताको प्रमाण पत्रको प्रतिलिपी, कर चुक्ता भएको कागजातको प्रतिलिपी, भ्याट/प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपी, नविकरणको कागजात र निवेदन सहित माग फाराम पत्र पेश गर्नुपर्ने छ ।

३. उल्लिखित कार्यको लागि ह्यान्ड्स नेपालको शाखा कार्यालय, सिन्धुली सम्म पुर्याउँदा लाग्ने ढुवानी र अन्य खर्च समेत सम्वन्धित फर्म/सप्लायर्स/कम्पनीले व्यहोर्नू पर्नेछ ।

४.खरिद गरिने सामग्री तथा सेवासम्बन्धी सम्पूर्ण कार्य Bid Document मा उल्लेख भएबमोजिम सम्पन्न गर्नुपर्नेछ । तथापि, परियोजनाको समयावधि तथा उपलब्ध स्रोतसाधनमा कुनै परिवर्तन भएमा यस संस्थालाई उक्त खरिद प्रक्रिया वा कार्य रद्द गर्ने पूर्ण अधिकार रहनेछ ।

५. शिलबन्दी टेण्डर पेश गर्ने फर्म/सप्लायर्सले शिलबन्दी टेण्डरमा भएका सबै कार्यको कर सहितको मूल्य स्पष्ट उल्लेख गरि कार्यालयमा पेश गर्नुपर्ने छ । अंक केरमेट भएमा अक्षरलाई मान्यता दिइने छ । अंक र अक्षर सुविधा अनुसार नेपाली वा अंग्रेजीमा लेख्न सकिने छ ।

६.शिलबन्दी टेण्डर बुझाउँदा खामको बाहिर नाम अंकित गरि प्राविधिक र आर्थिक प्रस्तावना छुट्टा छुट्टै खाममा शिलबन्दि सहित एकमुस्ट रूपमा एउटै शिलबन्दि खाममा  HANDS Nepal शाखा कार्यालय सिन्धुलीमा प्रत्यक्ष उपस्थित भई HARD COPY पेश/दर्ता/गर्नुपर्ने छ ।

७. पेश भएका शिलबन्दी टेण्डर फारम सूचना प्रकाशन भएको मितिले ८ (आठौं) दिन अर्थात मिति २०८३ मंसिर १० गते  दिनको २:०० बजे संस्थाको शाखा कार्यालय क.न.पा.–६, सिन्धुलीमा आवेदक प्रतिनिधिहरूको उपस्थितिमा खोलिने छ । तर फर्म/सप्लायर्सका प्रतिनिधिहरू उपस्थित नहुँदा पनि टेण्डर खोल्न कुनै बाधा हुनेछैन । साथै, माथि उल्लेखित बुँदाहरूको आधारमा क्रमश पेश भएका शिलबन्दी टेण्डर फारमहरू खोलिने छ ।

८. शिलबन्दी टेण्डर फारम पेश गर्ने वा खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलि पल्ट पेश गर्न/खोल्न सकिने छ ।

९. म्याद नाघि आएका वा रित नपुयाई पेश भएका शिलबन्दी टेण्डर माथि कुनै कारवाही गरिने छैन ।

१०. एक व्यक्ति, फर्म/सप्लायर्सको नाममा एकमात्र शिलबन्दी टेण्डर पेश गर्न सकिने छ ।

११. Bid Document अनुसार शिलबन्दी दरभाउ पत्रमा उल्लिखित सामग्री र कार्य सुचना प्रकाशित भएको मितिले चालु आ.व.का लागि आह्वान गरिएको छ । साथै, आंसिक वा पूर्ण खरीद गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुनेछ ।

१२. सामग्री खरिद गर्दा वा फर्म सप्लायर्स छनौट गर्दा आर्थिक मूल्याङ्कन र प्राविधिक मूल्याङ्कनको आधारमा छनोट गरिने छ । प्राविधिक मूल्याङ्कनको आधारहरू शिलबन्दी टेण्डर फारममा उल्लेख भए अनुसार हुनेछ । विद्यालय मर्मत सम्भार ठेक्कापट्टाको हकमा प्राविधिक मूल्याङ्कनमा छनोट भएका फर्म तथा सप्लार्यस माथि मात्रै आर्थिक मूल्याङ्कन गरिने छ ।

१३. टेण्डर पेस गर्ने फर्म/सप्लायर्सले आफुले कबोल गरेको जम्मा रकम (मु.अ.कर विनाको) को २.५ प्रतिशत रकम BID AMOUNT को रुपमा ह्यान्ड्स नेपालको राष्ट्रिय बाणिज्य बैक सिन्धुली शाखामा रहेको चल्ती खाता नं. 1060100015887001 र खाता नाम अंग्रेजीमाः MANAB TATHA RASTRIYA SAMAJ मा जम्मा गरी भौचर फाराम वा सो रकम बराबरको बैक ग्यारेन्टी (कम्तिमा ३ महिना अवधिको) पत्र सहित पेश गर्नुपर्ने छ । बैंक ग्यारेन्टीलाई बढी प्राथमिकता दिइने छ । यदि फर्म/सप्लायर्सले आफुले कबोल गरेको रकममा टेण्डरमा छनौट भएपछि बस्तु आपूर्ति गर्न नसक्ने भए BID AMOUNT जफत गरिने छ ।

१४. माथि जुनसुकै कुरा लेखिएको भएतापनि पेश भएका फर्म/सप्लायर्स मध्ये छनौट गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुनेछ ।

सम्पर्कका लागिः

मानव तथा राष्ट्रिय विकास समाज (ह्यान्ड्स नेपाल)

कमलामाई नगरपालिका–६, २ नं बजार, सिन्धुली

सम्पर्क : ०४७–५२०९६७

इमेल ठेगानाः dudhaulihandsnepal@gmail.com