शिलबन्दी प्रस्तावना आह्वान सम्बन्धी सूचना
Details / requirements:
शिलबन्दी प्रस्तावना आह्वान सम्बन्धी सूचना
पहिलो पटक प्रकाशित गरिएको मिति २०८३/०१/२३ (6th May 2026)
रिलिफ नेपाल, वि.स. २०६५ मा सिन्धुलीमा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । यस संस्थाले बालबालिकालाई केन्द्रमा राखेर बाल अधिकार तथा बाल संरक्षण, खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धन, शिक्षा तथा स्वास्थ्य, कृषि तथा आर्थिक विकास, र विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।
रिलिफ नेपाल तथा World Vision International Nepal को संयुक्त साझेदारीमा संचालित HATEMALO for child wellbeing and integrated development project अन्तर्गत बाल अधिकार समितिलाई तल उल्लेखित तपसिल बमोजिमका सम्बन्धित बिषयमा तालिम दिनु परेको हुदा योग्य इजाजत प्राप्त आपूर्तिकर्ता, फर्म, सप्लायर्स कम्पनी तथा संस्थाहरू वा व्यक्तिहरूले पहिलो पटक प्रकाशित गरिएको सूचना मिति भएको मितिले ५ (२०८३/०१/२७) दिन भित्र रित पुर्वक निवेदन कार्यालय समय भित्रमा स्व्यं उपस्थित भई वा इमेल मार्फत शिलबन्दी प्रस्तावना पेश गर्न आह्वान गर्दछौ ।
तपसिलका तालिम विषयहरू:
- Capacity Building of Child Right Committee on Child Protection Issues, Case Management, Reporting and referral Mechanisms
- Training on Case Management for Palika and Ward level Child rights Committee Member
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू तथा आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी
१. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको) वा व्यतिगत प्रमाण (नेपाली नागरिकता तथा राष्ट्रिय परिचय पत्र) प्रत्रको प्रतिलिपि ।
२. VAT/PAN दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि वा व्यक्तिको हकमा व्यक्तिगत CV,स्थाई लेखा नं.लगायत अनुभव सम्बन्धी कागजातहरू ।
३. आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि कम्पनी वा संस्थाको हकमा ।
४.आर्थिक तथा प्राविधिक प्रस्तावाना पत्र को खाम छुटा – छुटै खाम मा राखी उपलब्ध गराउनु को साथै Financial Proposal संस्थाले उपलब्ध गराएको Format मा उपलब्ध गराउनुपर्ने छ साथै email मार्फत पठाउदा Financial Proposal फोल्डरमा lock गरेर बुझाउनु पर्ने छ वा स्यंम उपस्थित भई बुझाउनु पर्ने छ ।
५. कम्पनी तथा फर्मको प्रोफाइल ।
६. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र ।
७. यो सुचनामा उल्लेख भए बाहेक थप केही सम्बन्धीत अनुभव सम्बन्धि प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
८. कुने एक वा दुइ वा छुट्टा छुट्टैको पनि आवेदन दिन सकिनेछ ।
९. यस शिलबन्दी प्रस्तावना सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।
नोट: आवश्यक पर्ने फारम तथा TOR तलको लिंक बात प्राप्त गर्न सकिनेछ ।
TOR and Financial Documents of Trainer
थप जानकारीका लागि:
रिलिफ नेपाल, कमलामाई-६, सिन्धुली
ईमेल: scm@reliefnepal.org.np
टेलिफोनः +९७७–४७–५२०९१५
९८०४७४०३७२, ९७६७७३७९९७
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 06 May, 2026 |
| Apply Before | 10 May, 2026 |
| City | Sindhuli |