शिलबन्दी बोलपत्र आह्वानको सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल, सिन्धुली

शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रकाशित मिती २०८३/०१/२३ गते

वल्र्ड भिजन इन्टरनेशनल नेपाल र सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल सिन्धुलीको साझेदारीमा बाल सम्बृद्धि तथा एकीकृत विकासको लागि हातेमालो परियोजना अन्तर्गत बाख्रा तथा बोका खरिद गर्नु पर्ने भएको हुनाले यस संस्थामा सूचीकृत हुनु भएका तथा इजाजत प्राप्त पशुपंक्षी बिक्रि वितरण गर्ने फर्महरुबाट रीतपूर्वक शिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

क्र.सं.बोलपत्र नम्बरसामाग्रीविशेषताबोलपत्र पेश गर्ने तरिका
SIDS-BID-2026-00Goat

Khari Breed good health she goat with at least 15 to 20 Kg weight, good health with insurance, more preferred black, white, brown, red color ( 362 goat in number)

संस्थामा स्वयं उपस्थितभई
SIDS-BID-2026-001Buck

50 % Jamunapari cross Buck for breeding purpose with atleast of 20 to 25 Kg weight, Vaccinee details, good health with insurance and regular service providing, more preferred black, brown and red color (40 Bucks in Number)

संस्थामा स्वयं उपस्थित भई

१.यो सूचना प्रकाशन भएको मितीले ७ दिन भित्र ईच्छुक ईजाजतप्राप्त पशुपंक्षी बिक्रि वितरण गर्ने फर्म वा कम्पनीहरूले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर वा पान दर्ता प्रमाणपत्र, (३) आर्र्थिक बर्ष २०८१/८२ को कर चुक्ता प्रमाण पत्र साथै सम्बन्धीत काम गरेको कार्य अनुभवपत्रको प्रतिलिपिका साथ बुझाई कोटेशन सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ । 

२. फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ ।

३. बोलपत्र सम्बन्धी फारम र कागजात यस संस्थाको मुख्य कार्यालय कमलामाई ६, धुराबजार सिन्धुलीबाट प्राप्त गर्न सकिनेछ । साथै तल उल्लेखित इमेलमा कोटेशन फारमका लागि आवेदन पेश गरि अनुरोध गर्न सकिन्छ र सकलप्रति टेण्डर कागजात संगै अनिवार्य पेश गर्नु पर्नेछ। 

४. बोलपत्र सम्बन्धी कागजात रीतपूर्वक भरि प्रत्येक पानामा सहीछाप गरि लाहाछाप सहित शिलबन्दी गरि संस्थाको कमलामाई ६, धुराबजार स्थित कार्यालयमा मिती २०८३/०१/२९ गते दिनको ५:०० बजे सम्म बुझाई सक्नु पर्नेछ । समयावधी भन्दा पछि प्राप्त भएको कोटेशन मान्य हुने छैन । यदि कोटेशन बुझाउने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदाको दिन परेमा सो को भोलिपल्ट दिनको १२: ०० बजे सम्ममा कोटेशन बुझाई सक्नु पर्नेछ ।

४. कोटेशन खोल्ने तथा निर्णय गर्ने सम्पूर्ण अधिकार संस्थाको खरिद समितीमा निहित हुनेछ । कुनै वा सवै कोटेशन पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार पनि खरिद समितीमा निहित हुनेछ । 

५. कोटेशन सँग सम्बन्धी थप कुनै जानकारी आवस्यक भएमा यस परियोजना अन्तर्गतको खरिद तथा प्रशासन सहायकलाई सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको scm.sids@gmail.com इमेल मार्फत जानकारी प्राप्त गर्न सकिनेछ । 

आवश्यक सूची दर्ता फाराम तथा बोलपत्र सम्बन्धी कागजात तलको लिंक बाट, कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ । 

https://drive.google.com/drive/folders/1dAfcgrBWin4YSxLwyAq1XFhCP_rsIaxP?usp=sharing

सम्पर्क तथा शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना:(Accepted and Valid only Hardcopy)

सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली

कमलामाई–०६, सिन्धुली  

फोन नं. ९८५२०७३२४१

इमेल: scm.sids@gmail.com