शिलबन्दी कोटेशन सम्बन्धी सूचना
Details / requirements:
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) केन्द्र,सर्लाही
वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) सर्लाही द्वारा सञ्चालि सिकाइ प्लस परियोजना कार्यालय चपूरमा WVIN संगको सयुक्त साझेदारीमा सञ्चालित सिकाइ प्लस परियोजना अन्तर्गत Learning Materials खरिदको लागि यस कार्यक्रम अन्तर्गत तोकिएको नगरपालिका÷ गाउँपालिकामा भित्र रहेका बिधालयहरु लाई बाल शिक्षा समाग्री खरिद तथा किताब प्रिन्टिङ्ग कार्य गर्नुपर्ने भएकोले ईच्छुक सम्बन्धित आपुर्ती कर्ता/विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।
क्र.स | कोटेशन नं | सामाग्रीको विवरण | परिमाण |
१ | RFQ NO. RRPK-2025-WVIN-RFQ-14 | शैक्षणिक तथा सिकाई समाग्री सेट | ९० सेट |
२ | RFQ NO. RRPK-2025-WVIN-RFQ-15 | सिकाई समाग्री सेट प्रिन्ट कक्षा १ देखि ३ सम्म | ३०० सेट |
कोटेशन पेश गर्ने तरिकाः संस्थामा स्वयंम वा प्रतिनिधी उपस्थित भइ
नोटः माथि उल्लेखित परिमाण र तोकिएको शैक्षणिक समाग्री हरु को नमुना ५० प्रतिशत कार्यालयमा उपलब्ध गराउनुपर्ने छ तर कोटेशन नं. १५ को हकमा नमुना पदैन ।
१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरीन्छ ।अ
२. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी उल्लेख गरिएको संस्थाहरुको सम्पर्क कार्यालयमा मिति २०८२/३/०१ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।
३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरुको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।
४. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
५. संस्थाको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठ्कमा तोकिएको समयमा कोटेशन खोल्ने जानकारी समेत गरिन्छ ।
६. कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा र कोटशनको सँग सम्बनिधत आवश्यक कागजातहरु माग गर्नका लागि बुदाँ १ मा रहेको आवश्यक कागजात संलग्न गराई यस संस्थाको खरिद शाखामा सम्पर्क गरी माग गर्न सकिन्छ वा संस्थाको Email ID procurement.sikai@rrpk.org.np बाट पनि बुदाँ १ मा रहेको आवश्यक कागजात संलग्न गराइ कोटेशन माग गर्न सकिन्छ ।
Attachments
Annex -3.0_Supplier Registration Form General
प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगानाः
कार्यालयको सम्पर्क ठेगाना
राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र , चपुर, रौतहट
सम्पर्क नं. ९८०१६७७१३४
Email: procurement.sikai@rrpk.org.np
Overview
Category | Expression of Interests, Tender Notice, Bid, Development / INGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 12 Jun, 2025 |
Apply Before | 15 Jun, 2025 |
City | Sarlahi |