शिलबन्दी बोलपत्र आह्वानको सूचना
Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.
Details / requirements:
ग्रामीण विकास केन्द्र नेपाल
रौतहट
प्रथम पटक प्रकाशित मिति २०८२/०२/३०
अक्सफाम नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालद्वारा यस रौतहट जिल्लामा संचालित “जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना (BCRC)” अन्तर्गत विभिन्न कृषि जन्य सामाग्री र उपकरणहरु खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आह्वान गरिन्छ ।
क्र.सं. | बोलपत्र नं. | विवरण | थप जानकारी |
१ | TRN/FY2024/25-13 | कृषि जन्य सामाग्री र उपकरणहरु | तल दिईएको फोन नम्वर अथवा ईमेल बाट सम्पर्क गर्न सकिनेछ । |
१. आवेदन फारम तथा अन्य कागजात प्राप्तिका लागि सम्बन्धीत विषयको ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताले व्यवसाय दर्ताको प्रमाणपत्र (नविकरण सहित), पान/मु.अ.कर दर्ता प्रमाण पत्र र आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपीसहित निवेदन अनिवार्य रुपमा पेशगरी यस संस्थाको मुख्य कार्यालय चंद्रपुर–४, रौतहटमा स्वयं अथवा अख्तियारनामा प्राप्त व्यक्ति उपस्थित भई माग गर्नु पर्नेछ अथवा तल दिईएको इमेलमा सम्बन्धित फर्मको इमेलवाट इमेल गरि सूचना प्रकाशन भएको मितिले २० दिन (मिति: २०८२/०३/१८) गते भित्र माँग गर्न सक्नेछन । मिति: २०८२/०३/१९ गते विहान ११:०० वजेदेखि आवेदन प्राप्तकर्तासंग टेन्डर प्रक्रिया तथा यसको नियम र सर्तवारे अनलाइन मिटिंग गरि छलफल गरिनेछ ।
२. यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र रितपूर्वक भरिे बोलपत्र फारमको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी संस्थाको मुख्य कार्यालय चंद्रपुर–४, रौतहटमा आपुर्तिकर्ताको स्वंम भौतिक उपस्थिति वा आधिकारिक अख्तियारनामा प्राप्त प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी मिति २०८२/०३/२८ गते बेलुकी ४ बजे भित्र बुझाउन सकिनेछ । अनलाईन मार्फत प्राप्त भएका बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन ।
३. बोलपत्र फारम प्राप्त गर्ने अन्तिम र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ । शिलबन्दी बोलपत्र खोल्ने मिति २०८२/०३/३० गते बिहान ११ बजे देखि सबै आपूर्तिकर्ताहरुको भौतिक उपस्थितीमा खोलिनेछ ।
४. बोलपत्रसँग सम्बन्धीत थप अन्य कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट पनि उक्त जानकारी तथा सुचनाहरु प्राप्त गर्न सकिनेछ ।
५. बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस ग्रामिण विकास केन्द्र नेपाल रौतहटको खरिद समितिमा निहित रहने छ ।
६. रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरुलाई स्वत: रद्द भएको मानिनेछ ।
७. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०२३ बमोजिम हुनेछ ।
ग्रामीण विकास केन्द्र नेपाल
चन्द्रपुर ४, रौतहट, मधेश प्रदेश
फोन.नं. ०५५–५४०२०३, ९८६५४११८३३
ईमेल: procurement@rdcnepal.org
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 13 Jun, 2025 |
Apply Before | 12 Jul, 2025 |
City | Rautahat, Chandrauta |