शिलबन्दी कोटेशन आह्वानको सूचना
Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.
Details / requirements:
ग्रामीण विकास केन्द्र नेपाल
रौतहट
शिलबन्दी कोटेशन आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०५/१६
OXFAM नेपाल तथा KOICA को सहयोग र ग्रामीण विकास केन्द्र नेपालद्वारा यस रौतहट जिल्लामा संचालित “Empowering Her: Advancing Women’s Economic and Poltical Leadrership For Climate Resilient Communities Project”अन्तर्गत तपसिल बमोजिमका सेवाहरु खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आह्वान गरिन्छ ।
| क्र.सं. | कोटेशन सुचना नम्बर | सेवाको विवरण Vocational Skill Training | कोटेशन पेश गर्ने तरिका |
| १ | RDC-TN-2026-027-006 |
| संस्थामा स्वयम् उपस्थित भई अथवा संस्थाको इमेलमा समेत पासवर्ड राखी पेश गर्न सकिनेछ । |
नोटः माथि उल्लेखित ताकिएको सबै सेवाको लागि दररेट भ्याट सहित पेश गर्नुपर्नेछ
- यो सूचना प्रथम पटक प्रकाशित भएको मिति ०८ दिन भित्र इच्छुक इजाजत प्राप्त फर्म/व्यवसाय/कम्पनीहरूले तल दिईएको LINK बाट Download गरेर वा संस्थामा उपस्थित भई बोलपत्र माग गर्न सकिनेछ ।
- RFQ Proposal शिलबन्दी सहित प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. र ठेगाना उल्लेख गरेर Procurement Committee - RDC Nepal" लाई सम्बोधन गरी संस्थाको चन्द्रपुर स्थित प्रधान कार्यालयमा उपस्थित भई अथवा संस्थाको इमेल procurement@rdcnepal.org मा Financial Proposal मा पासवर्ड राखी Vocational Skill Training विषय राखेर पेश गर्न सकिनेछ ।
- सम्बन्धीत विषयको ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेर्ता/व्यक्तिगत प्रशिक्षहरूले व्यवसाय दर्ताको प्रमाणपत्र (नविकरण सहित), प्रशिक्षकहरूको सिप विकास तालिम केन्द्र अथवा पान/मु.अ.कर दर्ता प्रमाण पत्र र आर्थिक वर्ष २०८१/८२ का कर बुझाएको प्रमाण –पत्रको प्रतिलिपी अनिवार्य रुपमा पेशगरी यस संस्थाको मुख्य कार्यालय चंद्रपुर–४, रौतहटमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ ।
- यो सूचना प्रकाशित भएको मितिले ०८ दिन (२०८३।०५।२३ गते भित्र ) रितपूर्वक भरिे बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी संस्थाको मुख्य कार्यालय चंद्रपुर–४, रौतहटमा आपुर्तिकर्ताको स्वंम भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी कार्यालय खुल्ने समयभित्र बुझाउन सकिनेछ ।
- शिलबन्दी बोलपत्र खोल्ने मिति २०८३/०५/२४ गते बिहान ०२ बजे देखि सबै आपूर्तिकर्ताहरूको भौतिक उपस्थितीमा संस्थाको मुख्य कार्यालय चंद्रपुर–४, रौतहटमा खोलिने छ । बोलपत्र खोल्ने बखत आपूर्तिकर्ताहरूको भौतिक उपस्थिती नभए पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
- बोलपत्रसँग सम्बन्धीत थप अन्य कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट पनि उक्त जानकारी तथा सुचनाहरू प्राप्त गर्न सकिनेछ ।
- बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस ग्रामिण बिकाश केन्द्र नेपाल रौतहटको खरिद समितिमा निहित रहने छ ।
- रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरूलाई स्वतः रद्द भएको मानिनेछ ।
- यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुरारूहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०२६ बमोजिम हुनेछ ।
Links:
Tech & Financial Proposal Empowering Her Vocational
परामर्शदाता सेवा खरिदका लागि कार्यसर्त Vocational Training.pdf
ग्रामीण विकास केन्द्र नेपाल
चन्द्रपुर ४, रौतहट, मधेश प्रदेश
फोन.नं. ०५५–५४०२०३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 01 Sep, 2026 |
| Apply Before | 08 Sep, 2026 |
| City | Rautahat |