शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८३/०६/२२)

राष्ट्रिय कृषक समूह महासंघ, नेपालद्वारा केयर नेपालको सहयोगमा सिरहाको भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, लक्ष्मीपुरपतारी गाउँपालिका, धनगढीमाई नगरपालिका र सप्तरीको रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा मा  संचालित जलवायुमैत्रीगाउँ मधेश प्रदेश नेपाल परियोजना सञ्चालनका क्रममा देहायका सामग्रीहरू खरिद गर्नुपर्नेभएकोले मूल्य अभिवृद्धिकर (VAT वाप्यानमा दर्ता भई कानूनले तोकिदिए बमोजिम व्यवसाय सञ्चालन गर्न पाउने इच्छुक अधिकृतवि क्रेता, आपूर्तिकर्ता तथा वितरकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र तपसिलका शर्तहरूकोअधीनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी कोटेशन पेश गर्नुहुन वा इमेल ठेगाना (nfgfmadeshpradesh2075@gmail.com) मार्फत आवेदन दिनुहुन यो सूचनाप्र काशित गरिएको छ ।

आपूर्ति गरिने सामग्रीहरूको विवरण:

Link: BOQ

नोट: माथि सिफारिस गरिएको जातको बीउ नै उल्लेखित हुनुपर्नेछ । परिमाण खरिद समितिको आवश्यकता अनुसार घटबढ हुन सक्नेछ।

तपसिल:

१. इच्छुक इच्छुक अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा वितरकहरूले महासंघको कार्यालयमा उपस्थित भई वा इमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत यसै सूचना साथ छुट्टै संलग्न गरिएको BOQ फर्मेटमा दरभाउ तथा शर्तहरू उल्लेख गरी यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन कार्यालय समयसम्म ( २०८३ असोज,२८ दिउँसो ५:०० बजेभित्र) यसमहासंघको कार्यालयमा कोटेशन पेश गर्न सकिनेछ ।

२. कोटेशन पेश गर्दा फर्म दर्ता प्रमाण-पत्रको प्रतिलिपि १ थान, फर्मभ्याटमा दर्ता भएको प्रमाण-पत्रको प्रतिलिपि १ थान, चालु आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि १ थान, व्यवसायीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ थान, बैंक खाता नं., सम्पर्क नं., इमेल ठेगाना संलग्न गरी पेश गर्नुपर्नेछ। शिलबन्दी खाम बाहिर कोटेशनदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य उल्लेख गर्नुपर्नेछ खाम लाहाछापले शिलबन्द गरिएको हुनुपर्नेछ, अन्यथा उक्त कोटेशन दर्ता गर्न महासंघ बाध्य हुनेछैन ।

३. पेश गरिएका कोटेशनहरू यो सूचना प्रकाशन भएको ८औं दिन बिहान ११:०० बजे संस्थाका प्रतिनिधिहरू र कोटेशन पेश गर्ने आपूर्तीकर्ताहरु वा निजको प्रतिनिधिको उपस्थितिमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा कोटेशन पेश गर्ने आपूर्तीकर्ताहरु वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि टेन्डर शिलबन्दी कोटेशन खोल्न कुनै बाधा पर्नेछैन । तर सो दिन सार्वजनिक बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन कोटेशन खोलिनेछ ।

४. कोटेशन फाराम शुल्करु १,०००।- (अक्षरेपी एक हजार रुपैयाँ मात्र) प्रतिफाराम (फिर्ता नहुने गरी) तिरेको रसिद/भौचर एकप्रति अनिवार्य रूपमा कोटेशन साथ संलग्न गर्नुपर्नेछ । साथै कोटेशनमा उल्लेख गरिएको कुल दरभाउ रकमको २% (दुईप्रतिशत) रकम धरौटी वापत तल उल्लेखित बैंक खातामा जम्मा गरी सोको बैंक भौचर (Deposit Slip) समेत कोटेशन साथ अनिवार्य संलग्न गर्नुपर्नेछ । (आपूर्ति सम्पन्न भई सामग्री बुझाइ सकेपछि धरौटी रकम फिर्ता हुने गरी)।

बैंकको नाम :कृषि विकास बैंक, बानेश्वर शाखा

खाताको नाम : National Farmers Group Federation Nepal

खाता नम्बर : 0210201600857019

५ म्याद नाघी वा रीत नपुगी आएका कोटेशनहरू उपर कुनै कारबाही हुनेछैन । थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

६. ढुवानी तथा प्याकिङ: आपूर्ति गरिने सामग्री (आलु बीउ तथा ट्राइकोडर्मा) लहानस्थित यस कार्यालय/कार्यालयले तोकेको स्थानसम्म आपूर्तिकर्ताले आफ्नै खर्चमा ढुवानी गरी पुर्याउनु पर्नेछ । दररेटमा ढुवानी, लोडिङ-अनलोडिङ तथा प्याकिङ खर्च समावेश हुनुपर्नेछ । ढुवानी गरी पुरयाउनुपर्ने स्थानहरुको विवरण उल्लेख गर्नुहोस ।

७. प्याकिङ तथा ढुवानी सुरक्षित हुनुपर्नेछ । ढुवानीको क्रममा कुनै बोरा/प्याकेट फाटेको, फुटेको, चुहिएको, भिजेको, बिग्रिएको वा तोकिएको स्पेसिफिकेशन भन्दा फरक (गलत) सामग्री भेटिएमा आपूर्तिकर्ताले आफ्नै खर्चमा तुरुन्त बदलेर दिनुपर्नेछ।

८. अन्य शर्तहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति, नियमावली र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ। सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा निहित रहनेछ।

कोटेशन प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:

खरिद समिति

राष्ट्रिय कृषक समूह महासंघ नेपाल,

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.-१, सिराहा (लहान छेउमा रहेको तरकारी बजारभन्दा ५० मिटर भित्र)

फोन नं.: ०३३-५६४०७३

इमेल: nfgfmadeshpradesh2075@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 08 Oct, 2026
Apply Before 14 Oct, 2026
City Siraha