शिलबन्दी कोटेशन आह्वान (Call for Seal quotation)
Details / requirements:
PeaceWin Nepal
शिलबन्दी कोटेशन आह्वान (Call for Seal quotation)
प्रकाशित मितिः २०८३/०३/७ (२१ जुन २०२६)
पीसविन नेपाल महिला नेतृत्वमा आधारित गैर सरकारी र गैर नाफामुलक संस्था हो । वि.सं. २०४७ मा स्थापना भई वि.सं. २०४९ पुस ५ मा बाजुरा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । सक्षम व्यक्ति सुखी परिवार र समृद्ध समाज भन्ने दृष्टिकोणका साथ संस्था मुख्यतः महिलाहरू र बालबालिका सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारको प्रवद्र्धनमा काम गर्दै आईरहेको छ । यस संस्थाले छाउपडी, बालबिबाह, कुपोषण, लैँगिक हिँसा र विभेद जस्ता समस्याहरू न्यनिकरणका लागि समन्वित प्रयास गर्दै आएको छ । BMZ / WHH को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालले डिसेम्बर २०२४ देखि पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता परियोजना (WE-CAN Project-NPL-1093) साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको अवगत नै छ । यो परियोजनाले जलवायु उत्थानशिल र पोषणमुखी कृषिलाई सुदृढ गरी समुदायको जीविकोपार्जन सुधार र पोषण सुरक्षामा सुधार गर्ने मुख्य उद्देश्य राखेको छ । पीसविन नेपाल संचालित WE-CAN Project लागि स्रोत सिचाई पोखरी निर्माण सामाग्रीहरू खरिद गर्नुपर्ने भएकाले ईच्छुक तथा योग्य विक्रेतालाई यो सुचना प्रकाशित भएकोले मितिले ७ दिन (सात) दिन भित्र पीसविन नेपालको केन्द्रिय कार्यालय, मार्तडी, बाजुरा अथवा पीसविन नेपालको कार्यक्रम सहयोग कार्यालय, साँफेबगर नगरपालिका, अछाममा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
ईच्छुक आवेदकहरूले कोटेशन शिलबन्दी संस्थाको केन्द्रिय कार्यालय, मार्तडी, बाजुरा अथवा कार्यक्रमको सहयोग कार्यालय, साँफेबगर अछाम वा peacewin.calls@gmail.com मा पासवर्ड सहित मिति २०८३ असार १३ गते (२७ जुन २०२६) बेलुका ५:०० बजे भित्र दर्ता गराउनु पर्नेछ । तोकिएको समयसीमा पछि प्राप्त भएका कोटेशनहरु स्वीकार गरिनेछ छैन । कुनै पनि वा सबै कोटेशनहरू स्वीकार वा अस्वीकार गर्ने तथा उल्लेखित सामाग्रीहरूको पुर्ण वा आंशिक खरिद गर्ने अधिकार पीसविन नेपालसंग सुरक्षित रहनेछ । पीसविन नेपाल न्युनतम मूल्य पेश गर्ने वा कुनै पनि कोटेशनलाई करार प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा कोटेशनहरू पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा कोटेशन पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थको द्धन्द्ध (Conflict of Interest) रहेको पाईएमा वा पछि पुष्टि भएमा त्यस्तो कोटेशन जुनसुकै चरणमा अस्विकार गरिनेछ । कोटेशनको तयारीसंग सम्बन्धित सम्पुर्ण खर्चहरू खरिद प्रक्रियाको परिणाम जे सुकै भएता पनि सम्बन्धित कम्पनीले आफै व्यहोर्नु पर्नेछ । यदि कोटेशन पेश गर्ने अन्तिम दिन विदा परेमा अर्को दिन पेश गर्न सकिने छ ।
पेश गर्नु पर्ने आवश्यक कागजातहरू
१.फर्म दर्ता प्रमाण–पत्र प्रतिलिपि
२.आपूर्तिकर्ताको पान दर्ता/भ्याट दर्ता प्रतिलिपि
३. फर्म नविकरण र कर चुक्ता प्रमाण–पत्र प्रतिलिपि
४.संचालकको नागरिकताको प्रमाण–पत्र प्रतिलिपि
५. अन्तिम दुई आ.व.को लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि
६. अन्य सम्पुर्ण कागजातहरू(यदि छन भने)
Link: Quotation_Sheet_Source harvesting Tank (Irrigation Scheme)
नोट: आपुर्तिकर्ताहरूले आवश्यक सामान वा सामाग्रीहरू आफ्नै भाडामा परियोजनाको कार्यक्षेत्रहरू साँफेबगर नगरपालिका वडा नं. १०, ११ र १४ मा पुर्याउनु पर्नेछ । सामाग्रीहरु ढुवानीको क्रममा कुनै पनि क्षति वा नोक्शानी भएमा त्यसको सम्पुर्ण जिम्मेवारी आपुर्तिकर्ताको हुनेछ, पीसविन नेपाल त्यसका लागि जिम्मेवार रहने छैन । कोटेशनमा उल्लेखित सामाग्रीहरूको परिमाण वा संख्यामा थपघट हुन सक्नेछ साथै शिलबन्दी बाहेकको कोटेशन प्राप्त भएमा समावेश गरिने छैन ।
थप जानकारीका लागि ०९७–५४१११३ वा ०९७–५९०४८० मा सम्पर्क गर्न सकिनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 21 Jun, 2026 |
| Apply Before | 27 Jun, 2026 |
| City | Bajura |