शिलबन्दी कोटेशन आह्वान (Call for quotations)

PeaceWin Nepal

Details / requirements:

शिलबन्दी कोटेशन आह्वान (Call for quotations)

प्रकाशित मितिः २०८३/०६/२२ (८ अक्टोबर २०२६)

BMZ र WHH को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालले डिसेम्बर २०२४ देखि पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता परियोजना ( WE-CAN Project-NPL-1093) साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको अवगत नै छ । यो परियोजनाले जलवायु उत्थानशिल र पोषणमुखी कृषिलाई सुदृढ गरी समुदायको जीविकोपार्जन सुधार र पोषण सुरक्षामा सुधार गर्ने मुख्य उद्देश्य राखेको छ ।

पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालद्धारा  संचालित WE-CAN Project परियोजनाका अन्तर्गत सामुदायिक बीउ बैंकका लागि आवश्यक फर्निचर र्याक खरिद गर्नुपर्ने भएकोले ईच्छुक तथा योग्य फर्म, कम्पनी, फर्निचर उधोग वा आपुर्तिकर्ताहरुलाई यो सुचना प्रकाशित भएको मितिले ७ दिन (सात) दिन भित्र पीसविन नेपाल वा वाक नेपालको केन्द्रिय कार्यालय, मार्तडी, बाजुरा अथवा पीसविन नेपालको कार्यक्रम सहयोग कार्यालय, साँफेबगर नगरपालिका, अछाममा र वाक नेपालको कार्यालय, साँफेबगर अछाममा गोप्य शिलबन्दी कोटेशन पेश गर्नको लागि आह्वान गरिन्छ ।

पेश भएका कोटेशन स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार पीसविन नेपाल र वाक नेपालमा सुनिश्चित रहनेछ । कोटेशनमा उल्लेखित विवरणहरु तथा तिनमा उल्लेखित शर्तहरुलाई यसै सुचनाको अभिन्न अङग मानी अनिवार्य रुपमा पुरा गर्नुपर्नेछ कोटेशन र अन्य फारम तल उल्लेखित लिङकबाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ ।

  1. Download Quotation form for furniture Items
  2. Download Declaration form

ईच्छुक आवेदकहरुले  यदि शिल कोटेशन पठाउन टाढा पर्ने भएकोले वा धेरै समय लाग्ने अवस्था भएमा, कृपय सबै आवश्यक कागजातहरु  पासवर्ड सुरक्षित (Password Protected) गरी jpc26pwc.calls@gmail.com ईमेलमा मिति २०८३।०६। २८ गते बेलुका ५:०० बजे भित्र दर्ता गराउनु र पठाई सक्नुपर्नेछ । तोकिएको समयसीमा पछि प्राप्त भएका कोटेशनहरु स्वीकार गरिनेछ छैन ।

पीसविन नेपाल र वाक नेपाल न्युनतम मूल्य पेश गर्ने वा कुनै पनि कोटेशनहरुलाई करार प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा कोटेशन पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा कोटेशन पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थको द्धान्द्ध(Conflict of Interest) रहेको पाईएमा वा पछि पुष्टि भएमा त्यस्तो कोटेशन जुनसुकै चरणमा अस्विकार गरिनेछ । कोटेशनको तयारीसंग सम्बन्धित सम्पुर्ण खर्चहरु खरिद प्रक्रियाको परिणाम जे सुकै भएता पनि सम्बन्धित कम्पनीले आफै व्यहोर्नपर्नेछ ।  यदि कोटेशनहरु पेश गर्ने अन्तिम दिन विदा परेमा अर्को दिन पेश गर्न सकिने छ ।

पेश गर्नु पर्ने आवश्यक कागजातहरु: फर्म संस्था वा व्यक्तिगत रुपमा आवेदन दिन सकिनेछ ।

१. फर्म वा सप्लार्यसको दर्ता प्रमाणपत्रको प्रतिलिपि      

२. आपूर्तिकर्ताको पान दर्ता/भ्याट दर्ता प्रतिलिपि

३. फर्म नविकरण र कर चुक्ता प्रमाण–पत्र प्रतिलिपि

४. संचालकको नागरिकताको प्रमाण–पत्र प्रतिलिपि

५. अध्यावधिक कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

६. अन्य सम्पुर्ण कागजातहरु (यदि छन भने)

नोटः आपुर्तिकर्ताले र्याकहरु वा सामाग्रीहरु चौरपाटी गाउँपालिकाको कार्यालय र साँफेबगर नगरपालिकास्थित हातेमालो सहकारी सम्म ढुवानी गर्नु पर्नेछ ।

थप जानकारीका लागि  ०९७–५९०४८० वा ०९७–६२५०३२ jpc26pwc.calls@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 08 Oct, 2026
Apply Before 14 Oct, 2026
City Far-Western Region