शिलबन्दी बोलपत्र आह्वानको सूचना

Lumbini Integrated Development Organization

Details / requirements:

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO)

तौलिहवा, कपिलवस्तु

“न्यून आय भएका र संकटासन्न समुदायहरूको उत्थानशिलता अभिबृद्धि” परियोजना

शिलबन्दी बोलपत्र आह्वानको सूचना

Bid No.- 18/2024/025

प्रथम पटक सूचना प्रकाशन मितिः २०८२।०४।२९

दोश्रो पटक सूचना प्रकाशन मितिः २०८२।०५।११

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा “न्यून आय भएका र संकटासन्न समुदायहरूको उत्थानशिलता अभिबृद्धि” परियोजना अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका र सम्मरीमाई गाँउपालिका तथा कपिलवस्तु जिल्लाको मायादेबी र शुद्धोधन गाँउपालिकामा लाभग्रहीहरूका लागि स-साना ह्युमपाईप कल्भर्ट निर्माण/ मरम्मत, च्यानल गेट निर्माण/ मरम्मत, Retaining Wall निर्माण/ मरम्मत कार्यका लागि शिलबन्दी बोलपत्र प्रस्ताव आह्वान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरूलाई बोलपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरूको अधिनमा रही रितपुर्वक शिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

प्राप्त बोलपत्र सम्बन्धित प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा शिलबन्दी  गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८२।०५।१८ गते तदानुसार ०३ सेप्टेम्बर २०२५ बेलुका ४.०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।

मिति २०८२।०५।१९ गते तदानुसार ०४ सेप्टेम्बर २०२५  बिहान ११.०० बजे प्राबिधिक प्रस्तावना खोलिनेछ र सो प्रस्तावनामा सफल हुने बोलपत्र दाताको आर्थिक प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिबार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र सम्बन्धी प्राबिधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु, इमेल lidoprocurementofficer@gmail.com वा दिईएको लिंकबाट प्राप्त गर्न सकिने छ । तर दिईएको प्राबिधिक र आर्थिक प्रस्तावना फर्मेटमा कुनै परिवर्तन गर्न पाईने छैन । परिवर्तन गरिएको प्राबिधिक र आर्थिक प्रस्तावना मान्य हुने छैन ।

नोटः

१. सम्पुर्ण निर्माण तथा मरम्मत कार्य कपिलवस्तुको मायादेबी र शुद्धोधन गाँउपालिका तथा रुपन्देहीको सम्मरीमाई गाँउपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा गर्नु पर्नेछ ।

२. सम्पुर्ण निर्माण तथा मरम्मत कार्यको लागि कार्यादेशा पाएको मितिले समय सिमा भित्र कार्य सम्पन्न गरी सक्नु पर्नेछ । समय सिमा भित्र कार्य सम्पन्न हुन नसकेको उपयुक्त कारण देखिएमा संस्थाले थप समय दिन सक्नेछ ।

३. दररेट पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस लुम्बिनी एकिकृत बिकास संस्थाको खरिद समितिमा निहित रहने छ ।

४. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरू उल्लेख गर्ने बिक्रेताहरू स्वतः अयोग्य हुनेछन ।

५. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरू हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरू पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछन ।

६. शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।

७. बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५% एकमुष्ट रकम  Bid सुरक्षण बापत Bank Guarantee यस कार्यालयको नाममा जारी भएको पत्र पेश गर्नुपर्ने छ । Bid सुरक्षण सम्बन्धी थप विवरण बोलपत्र फाराममा उल्लेख गरिएको छ ।

८. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली बमोजिम हुनेछ ।

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)

ईमेलः lidoprocurementofficer@gmail.com

सम्पर्क नम्बरः ०७६-५६११४५


लिङ्कहरू:

1. Financial-Proposal

2. Technical-Proposal

3. Self Declaration Form

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Posted Date 27 Aug, 2025
Apply Before 03 Sep, 2025
City Kapilvastu