शिलबन्दी बोलपत्र आह्वानको सूचना

RadhaKrishna Tharu Jana-Sewa Kendra (RKJS)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वानको सूचना

राधाकृष्ण थारु जनसेवा केन्द्र, गुलरिया बर्दिया

प्रथम पटक प्रकाशित मितिः– २०८३।०७।१२ गते (२९ अक्टोवर २०२६)

राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को कल्व को साझेदारी तथा प्लान ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालीत सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दिया जिल्लाको गुलरिया, मधुवन राजापुर, बारबर्दिया, ठाकुरबाबा नगरपालिका तथा गेरूवा र बढैयाताल गाँउपालिकाका बिद्यालयहरुमा विद्यार्थीहरूको लागि विशेष गरी आधारभुत तथा माध्यमिक विद्यालयका बालबालिकाहरूलाई व्यवहारमा–आधारित गणित शिक्षामा पहुँच बढाउनका लागि गणित प्रयोगशाला सामाग्रीहरू तथा कार्यक्षेत्र भित्रका विद्यालयहरूलाई नमुना विद्यालय बनाउने तथा प्रत्याभुत बालबालिकाहरूको शिक्षामा पहुँच हुने उद्देश्यका साथ फर्निचर तथा फर्निसिंग सामग्रीहरू आपुर्ति गर्न आवश्यक भएकाले र शिलवन्दी दरभाउपत्रको माध्यमबाट सामाग्रीहरू बन्दोवस्त गराउनु पर्ने भएको हुदा  नेपाल सरकारबाट ईजाजत प्राप्त आपुर्तीकर्ताहरूबाट रितपुर्वकको शिलवन्दी बोलपत्र पेश गर्नका लागि देहाय बमोजिम शर्तहरूको अधिनमा रही शिलबन्दी बोलपत्रको प्रस्तावना पत्र पेश गर्नका लागि यो सुचना आह्वान गरिन्छ ।

शर्त तथा बन्देजहरू

१. शिलवन्दी बोलपत्र सम्वन्धि कागजातहरू यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १९ दिन भित्र चालु आ.व. का लागि नविकरण भएको ईजाजतपत्र, प्यान तथा मु.अ.कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको  प्रतिलिपी सहित बोलपत्र पेश गर्नुपर्ने छ ।

२. रितपूर्वक भरिएको उक्त बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक दस्तखत र छाप लगाई लाहा छापबाट शिलबन्दी गरी संस्थाको गुलरिया नगरपालिका वडा नं. ५ मातङ्गीदेवी टोलमा रहेको परियोजना कार्यालयमा मिति २०८३/०७/३० गते साँझ ४:०० बजे भित्र भौतिक रूपमा उपस्थित भई हार्डकपी नै दर्ता गर्नु पर्नेछ । भौतिक रुपमा हार्डकपी दर्ता गराउने अवस्था नभएमा समयावधि भित्र कुरियर मार्फत कुरियर स्लिप सहित प्राप्त भएको बोल पत्र दर्ता गर्न सकिनेछ ।

३. रीत नपुगेको वा ढिलो गरी प्राप्त भएको बोलपत्र उपर कुनै कारवाही हुने छैन । उल्लेख गरिएको दररेटमा अंक र अक्षरमा फरक भएमा अक्षरको रकमलाई मान्यता दिइनेछ ।

४. बोलपत्रदाताले सामग्रीहरुको तपशिल बमोजिमको स्थानहरूमा ढुवानी सहितको दररेट पेश गर्नुपर्ने छ ।

गणित प्रयोगशाला सामग्रीहरूफर्निचर तथा फर्निसिंग सामग्रीहरू
गेरुवा गा.पा, बढैयाताल गा.पा, राजापुर, बारबर्दिया र गुलरिया नगरपालिकागेरुवा गा.पा, बढैयाताल गा.पा, मधुवन, ठाकुरवावा,राजापुर, गुलरिया र बारबर्दिया नगरपालिका

५. बोलपत्रदाताले संस्थाले उपलब्ध गराएको Conflict of Interest disclosure form र सामाग्रीहरूको विवरण सहितको TOR तल दिइएको लिंकबाट डाउनलोड गरि पेश गर्नुपर्नेछ । 

६. संस्थाको दरभाउपत्र स्वीकृत गर्ने,नगर्ने, आंशिक रुपमा स्वीकृत गर्ने वा स्थगन गर्ने सर्वाधिकार संस्थामा सुरक्षित रहनेछ ।

७. बोलपत्रसँग सम्बन्धी थप अन्य कुनै जानकारी तथा सूचना आवश्यक भएमा यस संस्थाको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ । साथै संस्थाको ईमेलः rkjs.procurement@gmail.com, वा ९८४८०२५३६० मा सम्पर्क गरि उक्त जानकारी तथा सूचनाहरू प्राप्त गर्न सकिनेछ ।

८. आपुर्तिकर्ताले यस संस्थाको बाल संरक्षण नीति ( Child protection  ) र संरक्षण नीति ( Safeguarding policy ) का प्रावधानलाई पालना गर्न प्रतिवद्ध हुनु पर्ने छ । 

९. तल लिंकमा क्लिक गरि TOR तथा COI फर्म डाउनलोड गरि बोलपत्र पेश गर्न सकिनेछ । 

क) गणित प्रयोगशाला सामग्रीहरू आपुर्तिका लागी : Terms of Reference of Math Lab Materials

ख) फर्निचर तथा फर्निसिंग सामग्रीहरू आपुर्तिका लागी : Terms of Reference of Furniture and Furnishing  Materials

ग) Conflict of Interest disclosure form : COI_English - Fill up

बोलपत्रका लागी आवश्यक कागजातहरू

  • सुरक्षण जमानत ( Bank Guarantee ) पत्र ( भ्याट बाहेकको रकमको २.५ प्रतिशत भन्दा कम नहुने गरी ) कम्तीमा ४५ दिनको म्याद भएको । 
  • कम्पनिदर्ताको प्रमाणपत्र भ्याट/प्यानको प्रतिलिपि
  • दर्ता नविकरण तथा करचुक्ता प्रमाण पत्रको प्रतिलीपी आ.ब. २०८२/२०८३ वा आ.व २०८१/२०८२ ( नविकरण म्याद थपको पत्र सहित )
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।

राधाकृष्ण थारू जनसेवा केन्द्र गुलरिया , बर्दिया

गुलरिया नगरपालिका वार्ड नं. ५ मातंगीदेवी  मार्ग  

सम्पर्क ब्यक्ति :- ९८४८०२५३६०

Email : rkjs.procurement@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 29 Oct, 2026
Apply Before 16 Nov, 2026
City Bardiya