शिलबन्दी बोलपत्र आह्वानको सुचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल

रौतहट

शिलबन्दी बोलपत्र आह्वानको सुचना

प्रकाशित मिति २०८३/०१/१५

ईस्लामिक रिलिफ वर्ल्डवाईड  को सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालद्वारा यस रौतहट जिल्लामा संचालित पोषण आहार सहयोग कार्यक्रम (Nutritional Food Support Program) अन्तर्गत रॉगा तथा खसी खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्ती कर्ता/विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आह्वान गरिन्छ ।

१. सम्बन्धीत विषयको ईजाजत प्राप्त पशुपालन तथा कृषि फार्मले व्यवसाय दर्ताको प्रमाण पत्र (नविकरण सहित), पान/मु.अ.कर दर्ता प्रमाण पत्र र आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी अनिवार्य रुपमा पेशगरी यस संस्थाको शाखा कार्यालय गौर ५, रौतहटमा सम्पर्क गरी बोलपत्र सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ अथवा यसै साथ रहेको लिङ्कबाट download बोलपत्र फारम प्राप्त  गर्न सकिनेछ ।

२. यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र रितपूर्वक भरिे बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै खाममा संस्थाको शाखा कार्यालय गौर ५, रौतहटमा आपुर्तिकर्ताको स्वंम भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी मिति २०८३/०१/२४ गते बेलुकी ४ बजे भित्र बुझाउन सकिनेछ । अनलाईन मार्फत प्राप्त भएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन । 

३. फर्म वा कम्पनीले फर्म दर्ता प्रमाण् पत्रको प्रतिलिपी (नबिकरण सहित),आर्थिक बर्ष २०८१/८२ को कर चुक्ताको प्रमाण त्रको प्रतिलिपी, PAN/VAT दर्ता प्रमाण पत्रको प्रतिलिपी,प्रतिनिधिको हकमा अख्तियारी पत्र, आचार संहिता लगायतका बैद्यानिक कागजातहरु प्राबिधिक प्रस्तावना सँगै पेश गर्नुपर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।

४. बोलपत्र फारम प्राप्त गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ । शिलबन्दी बोलपत्र खोल्ने मिति २०८३/०१/२५ गते दिउसो ३ बजे देखि सबै आपूर्तिकर्ताहरुको भौतिक उपस्थितीमा संस्थाको शाखा कार्यालय गौर ५, रौतहटमा खोलिने छ ।  बोलपत्र खोल्ने बखत आपूर्तिकर्ताहरुको भौतिक वा अनलाइन उपस्थिती नभए पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।

५. बोलपत्रसँग सम्बन्धीत थप अन्य कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट पनि उक्त जानकारी तथा सुचनाहरु प्राप्त गर्न सकिनेछ ।

६. बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस ग्रामिण बिकाश केन्द्र नेपाल रौतहटको खरिद समितिमा निहित रहने छ ।

७. रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरुलाई स्वतः रद्द भएको मानिनेछ ।

८. कार्यक्रम संचालन हुने स्थानमा पशु स्वास्थ्य प्राविधिकबाट खसी तथा राँगाको स्वास्थ्य अवस्थाको जाँच गरिनेछ ।

९. दरभाउ सम्बन्धि थप जानकारी प्रदान गर्नका लागि आपूर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पूर्व बैठक (Pre-Bid Meeting) मिति २०८२/०१/२० गते बिहान ११ बजे संस्थाको शाखा कार्यालय गौर ५, रौतहटमा संचालन गरिनेछ । यो बैठक भौतिक उपस्थिती वा अनलाईन मार्फत उपस्थित हुन सकिन्छ । मिति २०८२/०१/१९ गते सम्म दर्ता भएका फार्महरुलाई मात्र यस पुर्व बैठकमा समावेश र जानकारी गराईने छ ।

LINKS:

Financial Purposal Final-RDC

Technical_Proposal_Qurbani 2026-RDC

ग्रामीण विकास केन्द्र नेपाल

शाखा कार्यालय गौर ५, रौतहट, मधेश प्रदेश

फोन.नं. : ०५५–५२०२४०

इमेल : procurement@rdcnepal.org