शिलबन्दी बोलपत्र आह्वानको सूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल

रौतहट

शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रकाशित मिति २०८३/०१/१५

ईस्लामिक रिलिफ नेपालको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपाल द्वारा यस रौतहट जिल्लामा संचालित लैङ्किक हिंसा न्युनीकरण परियोजना अन्तर्गत लैङ्गिक हिंसाबाट प्रभावित वा उच्च जोखिममा रहेका गरिब तथा विपन्न घरधुरीलाई आय आर्जनको लागि सहयोग कार्यक्रममा विभिन्न सामाग्रीहरू खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आह्वान गरिन्छ । यो परियोजना रौतहट जिल्लाको राजपुर र चन्द्रपुर नगरपालिकामा विभिन्न क्षेत्रहरू जस्तै  महिला हिंसा रोकथाम, महिला सशक्तिकरण, घरेलु हिंसा न्युनिकरण, जिविकोपार्जन, सरसफाई र संरक्षण लगायतका कामहरूमा स्थानिय सरकार र समुदायलाई सहयोग पुर्याउने उद्देश्यले संचालित रहेकोछ ।

क्र.सं.बोलपत्र नं.विवरणथप जानकारी
TRN/FY2025/26-015आय आर्जनको लागि सहयोग सामाग्रीतल दिईएको ईमेल वा फोन नम्बरमा समपर्क गर्न सकिनेछ ।

१. यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिन भित्र सम्बन्धीत विषयको ईजाजत प्राप्त पशुपालन तथा कृषि फार्मले व्यवसाय दर्ताको प्रमाण पत्र (नविकरण सहित), पान/मु.अ.कर दर्ता प्रमाण पत्र र आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी अनिवार्य रुपमा पेशगरी यस संस्थाको शाखा कार्यालय गौर ५, रौतहटमा सम्पर्क गरी बोलपत्र सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ । बोलपत्र सम्बन्धी फारम तल उल्लेखित इमेल वा स्वयं उपस्थित भई माग गर्न पर्नेछ ।

 २. यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र रितपूर्वक भरिे बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै खाममा संस्थाको शाखा कार्यालय गौर ५, रौतहटमा आपुर्तिकर्ताको स्वंम भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी मिति २०८३/०१/२४ गते बेलुकी ४ बजे भित्र बुझाउन सकिनेछ । अनलाईन मार्फत प्राप्त भएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।

३. फर्म वा कम्पनीले सम्पूर्ण बैद्यानिक कागजातहरू हालसम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नुपर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरू पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।

४. बोलपत्र फारम प्राप्त गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ । शिलबन्दी बोलपत्र खोल्ने मिति २०८३/०१/२५ गते बिहान ११ बजे देखि सबै आपूर्तिकर्ताहरूको भौतिक उपस्थितीमा संस्थाको शाखा कार्यालय गौर ५, रौतहटमा खोलिने छ। बोलपत्र खोल्ने बखत आपूर्तिकर्ताहरूको भौतिक उपस्थिती नभए पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।

५. बोलपत्रसँग सम्बन्धीत थप अन्य कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट पनि उक्त जानकारी तथा सुचनाहरू प्राप्त गर्न सकिनेछ ।

६. बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस ग्रामिण बिकाश केन्द्र नेपाल रौतहटको खरिद समितिमा निहित रहने छ ।

७. रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरूलाई स्वतः रद्द भएको मानिनेछ ।

८. दरभाउ सम्बन्धि थप जानकारी प्रदान गर्नका लागि आपूर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पूर्व बैठक (Pre-Bid Meeting) मिती २०८३/०१/२० गते दिउँसो २ बजे संस्थाको शाखा कार्यालय गौर ५, रौतहटमा संचालन गरिनेछ । यो बैठक भौतिक उपस्थिती वा अनलाईन मार्फत उपस्थित हुन सकिन्छ । मिती २०८२/०१/१९ गते सम्म दर्ता भएका फार्महरूलाई मात्र यस पुर्व बैठकमा समावेश र जानकारी गराईने छ ।

९. शिलबन्दी बोलपत्र फारामका साथ बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५% एकमुष्ट रकम Bid security को रुपमा यस कार्यालयको नाममा Bank guaranty  जम्मा गर्नुपर्ने छ । Bid security सम्बन्धी थप विवरण बोलपत्र फाराममा उल्लेख गरिएको छ ।

१०.यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०२३ बमोजिम हुनेछ ।

ग्रामीण विकास केन्द्र नेपाल

शाखा कार्यालय गौर ५, रौतहट, मधेश प्रदेश

फोन.नं. ०५५–५२०२४०

इमेल: procurement@rdcnepal.org