शिलबन्दी बोलपत्र आह्वान सम्वन्धी सूचना

Nepal Red Cross Society

Details / requirements:

नेपाल रेडक्रस सोसाइटी

जुम्ला जिल्ला शाखा, जुम्ला

शिलबन्दी बोलपत्र आह्वान सम्वन्धी सूचना

पहिलो पटक प्रकाशित मिती २०८२ /०२ /२३ गते

पुन: प्रकाशित मिति २०८२ /०३ / १६ गते

नेपाल रेडक्रस सोसाइटी, जुम्ला जिल्ला शाखाद्धारा संचालित शहरी पुर्वतयारी तथा आपत्कालिन प्रतिकार्य प्रवर्धन परियोजना (Sternthening Urban Preparedness & Emergency Response Project-SUPER Project) को लागि आवश्यक पर्ने अडियो आपतकालीन चेतावनी र सूचना प्रणाली Audio Emergency Notification System (Smart Siron) सामाग्रीहरु निर्माण/खरीद/जडान गर्नुपर्ने भएकोले अनुमती प्राप्त इच्छुक उत्पादक, अधिकृत विक्रेता तथा वितरकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र तपसिलको शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरु

१. बोलपत्र फाराम नगद रु. २,०००/–अक्षेरेपी दुई हजार मात्र) (फिर्ता नहुने गरी) भुक्तानी गरी तपसिलमा उल्लेखित स्थानबाट प्राप्त गर्न सकिनेछ । जम्मा गरेको रकमको नगदी रसिदको प्रति बोलपत्र फाराम साथ पेश गर्नु पर्नेछ । 

२. बोलपत्र फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाणपत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएको प्रमाणपत्र, आर्थिक वर्ष २०८०/२०८१ को करचुक्ता प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र सार्वजनिक खरिद नियमावली अनुसार पेश गर्नुपर्ने स्वघोषणपत्र पेशगर्नु पर्नेछ । शिलबन्दी बोलपत्र खाम वाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । 

३. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामाग्रीको निर्माण/खरीद/जडान र ढुवानी सहित दररेट अंक र अक्षर दुवैमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरबीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन । 

४. बोलपत्र फाराममा उल्लेख गरिएका सामाग्रीहरु जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वार्ड नं. ६ को घामडाँडामा जडान गर्नुपर्नेछ ।

५. बोलपत्र फाराम खाम बन्द गरी लाहा छापले शिलबन्दी गरिएको हुनु पर्नेछ, अन्यथा संस्थाले उक्त बोलपत्र दर्ता गर्न वाध्य हुने छैन ।

६. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट दिउँसो ११:३० बजे बोलपत्रदाता स्वयं वा निजको प्रतिनीधिको उपस्थितिमा यस कार्यालयमा बोलपत्र खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थितमा पनि शिलबन्दी बोलपत्र खोल्न बाधा पर्नेछैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिनको उक्त समयमा नै बोलपत्र खोलिनेछ । 

७. बोलपत्रमा आफूले कबोल गरेको रकमको २.५ प्रतिशतले हुने रकम बराबर धरौटी नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाको नाममा रहेको लक्ष्मी सनराइज बैंकमा रहेको खाता नं. 0980720258701001  मा रकम दाखिला गरेको बैंक भौचर पेश गर्नुपर्नेछ । 

८. बोलपत्र स्वीकृत भएपछि धरौटी बाहेक कबोल गरेको रकमको कम्तीमा १० प्रतिशतको रकममा नघट्ने गरी कार्य सम्पादन जमानी (परफरमेन्स बण्ड) जम्मा गर्नु पर्नेछ ।

९. सामान आपुर्ती गर्दा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टा गरी भुक्तानी गरिनेछ ।

१०. बजेटको उपलब्धताको आधारमा माग गरिएको सामाग्रीको संख्यामा थपघट हुन सक्नेछ । साथै बोलपत्र आंशिक वा पुर्ण रुपमा स्वीकार गर्ने वा पुर्ण रुपमा अस्वीकार गर्ने अधिकार यस कार्यालयमा रहनेछ ।

११. थप जानकारी आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटी, जुम्ला जिल्ला शाखा, जुम्लामा सम्पर्क राख्न सकिनेछ ।

१२. फाराम बुझाउने अन्तिम मिति २०८२/०३/२२ गते कार्यालय समय ५ बजे सम्म हुनेछ ।

१३. विस्तृत विवरण बोलपत्र फाराममा उल्लेख गरिएको छ ।

१४. टेन्डर फाराम नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयबाट समेत खरिद गर्न सकिने छ । तर तोकिएको समयभित्र नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखामा बुझाउनु पर्नेछ ।

Link: Tender Specification

शिलबन्दी बोलपत्र फाराम प्राप्त तथा पेश गर्ने ठेगाना/स्थान

नेपाल रेडक्रस सोसाइटी,

जुम्ला जिल्ला शाखा,  भारतीबाडा, जुम्ला

फोन नं. ०८७—५२००३६

इमेल: nepalredcrosssocietyjumla@gmail.com

इश्वरा सुवेदी जिल्ला परियोजना अधिकृत मो नं. ९८५७८३३०८१ र ले/प्र सहायक बसन्ती थापा मो.नं. ९८४८३३४४६०

तीर्थराज पाण्डे मोबाइल नम्बर ९८५१०१२३०७

नेपाल रेडक्रस सोसाइटी 

केन्द्रीय कार्यालय काठमाण्डौ

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 30 Jun, 2025
Apply Before 06 Jul, 2025
City Jumla