शिलबन्दी बोलपत्र आह्वान

Dalit Society Welfare Committee Nepal

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मिति २०८०/१२/०४ 

पुनः प्रकाशन मिति २०८१/०१/११

दलित समाज उत्थान समिति नेपाल एक गैर नाफामुखी, गैर धार्मिक र गैर राजनैतिक संस्था हो । ईस्लामिक रिलिफ USA को आर्थिक सहयोग, ईस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोग तथा दलित समाज उत्थान समिति नेपालको साझेदारिमा संचालित उत्थानशिल समुदायको निर्माण परियोजना (BRC) अन्तर्गत महोत्तरी जिल्लाको बलवा नगरपालिका वडा नं. १ र ३ तथा लोहारपट्टी नगरपालिका वडा नं. २ र ७ का गरिब, दलित, सिमान्तकृत र जोखिममा परेको समुदायका अति विपन्न घर परिवारहरुको आय आर्जनमा बृद्धि गर्नको लागि साना व्यवसायीहरुलाई व्यवसायीक सहयोग गर्ने उद्धेश्यले खाद्यय वस्तु, सौन्दर्य सामग्री र पार्चुन, खाजा घर, टेलर, भाँडावर्तन, चप्पल जुता पसल, र किराना पसल र आपुर्तिकर्ताहरुको लागि आवश्यक सामाग्री खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आव्हान गरिन्छ ।

बोलपत्र न.सामग्री विवरणस्थान
०३/२०८०/८१साना व्यवसायिहरुलाई व्यवसायिक सहयोगमहोत्तरी जिल्लाको बलबा नगरपालिका वडा नं. १ र ३ तथा लोहारपट्टी नगरपालिका वडा नं. २ र ७

१.     सम्बन्धीत विषयको ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताले व्यवसाय दर्ताको प्रमाण पत्र (नविकरण सहित), पान/मु.अ.कर दर्ता प्रमाण पत्र र आर्थिक वर्ष २०७९/८० को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी अनिवार्य रुपमा पेशगरी यस संस्थाको मुख्य कार्यालय जनकपुरधाम उपमहानगरपालिका–४, विश्वकर्मा चोक, धनुषामा सम्पर्क गरी वा तल उल्लेखित इमेल मार्फत बोलपत्र सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ ।

२.     यो सूचना पुनः प्रकाशित भएको मितिले ७ दिन भित्र रितपूर्वक भरिे बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक व्यक्तिको हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी संस्थाको मुख्य कार्यालय जनकपुरधाम उपमहानगरपालिका–४, विश्वकर्मा चोक, धनुषामा मिति २०८१/१/१७ गते बेलुकी ५ बजे भित्र हार्डकपी बुझाउन सकिनेछ । अनलाईन मार्फत् प्राप्त भएका बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन ।

३.     शिलबन्दी बोलपत्र फारामका साथ बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५% एकमुष्ट रकम  Bid Security (Refundable) को रुपमा यस कार्यालयको नाममा जम्मा गर्नुपर्ने छ । Bid Security सम्बन्धी थप विवरण बोलपत्र फाराममा उल्लेख गरिएको छ ।

४.     बोलपत्र फारम प्राप्त गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ । शिलबन्दी बोलपत्र खोल्ने मिति २०८१/१/१८ गते बिहान ११ बजे देखि सबै आपूर्तिकर्ताहरुको अनिवार्य भौत्तिक उपस्थितीमा खोलिनेछ । वा कुनै कारणबश उक्त मितिमा बोलपत्र खोल्न नसकिएमा खरिद समितिले निर्णय गरे बमोजिम हुनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । 

५.     बोलपत्रको प्राविधिक र आर्थिक प्रस्तावलाई छुट्टा छुट्टै खाममा लाहाछाप शिलबन्दी गरी खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुका साथै हस्ताक्षर र फर्मको छाप अनिवार्य खाममा लगाई पेश गर्नु पर्नेछ । 

६.    मुल्याङ्कनको  क्रममा सामाग्रिहरुको प्राप्त दर, अधिकतम खुद्रा मुल्य (Maximum Retail Price) भन्दा माथि देखिएमा त्यस्तो दरभाउ उपर कुनै कारवाही हुनेछ्रैन ।

७.    शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।

८.    शिलबन्दी आशयपत्रको आर्थिक तथा प्राविधिक प्रस्तावनाको मुल्यांकनको आधारमा पूर्ण रुपमा खारेज वा अस्विकृत गर्ने पुर्ण अधिकार संस्थाको खरिद समितीमा निहीत रहनेछ । 

९.     रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरुलाई स्वतः रद्द भएको मानिनेछ ।

१०.    बोलपत्रसँग सम्बन्धीत थप अन्य कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट पनि उक्त जानकारी तथा सुचनाहरु प्राप्त गर्न सकिनेछ ।

ठेगाना

दलित समाज उत्थान समिति नेपाल (DSWCN), महोत्तरी

जनकपुरधाम उपमहानगरपालिका–४, विश्वकर्मा चोक, धनुषा

सम्पर्क नं.: ९८४४०५१५१९/९८४१४००८९३

ईमेलः dswcn.procurement@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 23 Apr, 2024
Apply Before 29 Apr, 2024
City Janakpurdham