कार्यक्रम संयोजक (Project Coordinator)

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०८१ बैशाख १९ गते बुधलवार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २३ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाका विभिन्न निकायहरूसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगाएत  बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यहरू सञ्चालन गर्दै आइरहेको छ । 

वर्ल्ड भिजन इन्टरनेशलन (World Vision International Nepal)सँगको सहकार्यमा यस महोत्तरी जिल्लाको सम्सी र एकडाँरा गाउँपालिकामा संरक्षण–समुदाय संलग्नता तथा बालस्पोन्सारसीप कार्यक्रम (Protection-Community Engagement and Sponsorship Programme) सञ्चान गर्न गइरहेको हुँदा कर्मचारी पदपुर्ती गर्नु पर्ने भएकोले तल उल्लेखित पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि आह्वान गरिन्छ ।

पद

शैक्षिक योग्यता

आवश्यक योग्यता तथा सीपहरू

कार्यक्रम संयोजक 

(Project Coordinator)

१ (एक) जना

स्नातक उतिर्ण

(Bachelor Degree in Social Science or relevant discipline)

  • समाजिक क्षेत्रमा कम्तीमा पनि ५ वर्षको अनुभव प्राप्त गरेको
  • क्षमता अभिवृद्धि तालिम, कार्यक्रम व्यवस्थापन र  संस्थागत कर्मचारी विकास तथा विभिन्न सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्न सक्ने क्षमता भएको
  • परिणात्मक तथा गुणात्मक तथ्याङ्क संड्ढलन गर्न सक्ने तथा विभिन्न किसिमका विधि/प्रकृया विकास गर्न सक्ने सीप भएको
  • जिल्लामा रहेको सरकारी तथा गैरसरकारी संघ संस्थाहरूसँग आत्म विश्वासी तथा मैत्रीपुर्ण वातावरणमा काम गर्न सक्ने
  • अन्तर वैयक्तिक कला र सहजीकरण सीप भएको र कार्य तनावमा पनि व्यवस्थापन गर्न सक्ने दक्षता भएको
  • जिल्लाको सामाजिक, आर्थिक एवमं सांस्कृतिक विषयहरूमा राम्रो ज्ञान भएको
  • अंग्रेजी र नेपाली भाषमा प्रतिवेदन लेख्ने तथा बोल्न सक्ने क्षमता भएको
  • कम्प्युटरको Office package; World, Excel, Power point, English Nepali typing and email internet राम्रो दक्षता भएको
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू

१) व्यक्तिगत विवरण (Personal bio-data),

२) हस्त लिखीत निवेदन (Hand written application),

३) नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship),

४) शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि (Copy of educational certificates),

५) तालिम तथा कार्य अनुभव पत्रहरूको प्रतिलिपि (Copy of training certificate and experience letter)

६) दुई जना सन्दर्भ व्यक्तिहरूको विस्तृत विवरण (Two reference Persons details)

आवेदन दिने अन्तिम मिति

सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।

आवेदन पेश गर्ने स्थान र तरिका

स्थान:- दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम ४, (विश्वक्रमा चोक)

ईमेलः- dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।

सम्पर्क नं. ९८०१६६६४६१ र ९८०१६६६४६२

संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रस्तुतीकरण प्रक्रियामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।

संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

बेटी पढाउ बेटी बचाऔँ । विवाह २० वर्ष पछाडि गरौँ  । बालविवाह मुक्त समाज निर्माण गरौँ  ।

Overview

Category Social Science, Development and Project
Openings 1
Position Type Full Time
Experience 5+ years
Education Bachelor's degree in social science
Posted Date 02 May, 2024
Apply Before 08 May, 2024
City Janakpur