स्वास्थ्य तथा सरसफाइ सहजकर्ता / कृषि तथा बजारीकरण अधिकृत
Details / requirements:
सुन्दर नेपाल संस्था, सुर्खेत
कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
विज्ञापन नम्बर: ०७/२०८२/०८३
प्रथम पटक सूचना प्रकाशन मिति: ०६ चैत्र २०८२, (२० मार्च २०२६)
सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र iDE Nepal को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Nurture Every Future - Poshan Nepal Project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरूमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागी सुर्खेत जिल्लाको वराहताल गाउपालिका, वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा Nurture Every Future - Poshan Nepal परियोजना लागू गरेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।
| क्र.स. | पद | संख्या | योग्यता | बिषय क्षेत्र तथा अनुभव |
| १ | स्वास्थ्य तथा सरसफाइ सहजकर्ता | १ | मान्यताप्राप्त शिक्षण संस्थाबाट CMA / ANM/HA/Staff Nurse पास गरेका | स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएका (लेकवेशी नगरपालिकामा स्थाइ बसोबास भएका, दुई पाग्रे सवारि साधनको ईजाजत पत्र भएका लाई विशेष प्राथामिकता दिईने छ ) |
| २ | कृषि तथा बजारीकरण अधिकृत | १ | मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा Bsc. Ag पास गरेका | कृषी तथा बजारीकरण का क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएका (दुई पाग्रे सवारि साधनको ईजाजत पत्र भएका लाई विशेष प्राथामिकता दिईने छ ) |
नोट: उल्लेखित पदहरुको लागि बिस्तृत कार्य विवरण (detailed job description) सुन्दर नेपाल संस्थाको वेबसाईट https://www.sundarnepal.org.np. मा notices हेर्न सकिन्छ ।
JD Link: https://drive.google.com/file/d/1rUbCAxf5cAFCIGt9LOuHh89As7G92vu0/view?usp=sharing
दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:
१. नेपाली नागरिकताको र सवारी चालकको प्रमाण—पत्र
२. शैक्षिक र तालिमको प्रमाण—पत्रको प्रतिलिपि
३. यस भन्दा अघि काम गरेको अनुभव पत्र ( experience letter) को साथमा नियुक्तिपत्र ।
४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV) र निवेदन (cover letter)
छनौटको किसिम: लिखित र अन्तरवार्ता (दुवै)
माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ ।
दरखास्त दिने अन्तिम मिति: १५ चैत्र, २०८२ ( २९ मार्च २०२६) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।
थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ।
सुन्दर नेपाल संस्था
वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत
फोन न: ०८३–५२०९२६/५२३५३० वा ईमेल: vacancy@sundarnepal.org.np
Overview
| Category | Agriculture, Development Project, Nutrition |
| Openings | 2 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 20 Mar, 2026 |
| Apply Before | 29 Mar, 2026 |
| City | Surkhet |