प्रस्ताव आह्वान सूचना (Request for Proposal – RFP)
Details / requirements:
सुन्दर नेपाल संस्था
ठाकुरबाबा नगरपालिका, बर्दिया
प्रस्ताव आह्वान सूचना (Request for Proposal – RFP)
मानव–वन्यजन्तु सहअस्तित्व बीमा योजना कार्यान्वयनका लागि बीमा कम्पनी छनोट
प्रकाशित मिति: १८ कार्तिक २०८३
सुन्दर नेपाल संस्था (Sundar Nepal Sanstha) द्वारा सञ्चालित Human-Wildlife Coexistence Insurance Scheme अन्तर्गत बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका को वडा न २ र ६ क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित समुदाय तथा घरधुरीको जोखिम न्यूनीकरण र आर्थिक सुरक्षाका लागि बीमा योजना कार्यान्वयन गर्न योग्य तथा इच्छुक बीमा कम्पनीहरूबाट प्राविधिक तथा आर्थिक प्रस्ताव (Technical and Financial Proposal) आह्वान गरिन्छ।
नेपाल बीमा प्राधिकरणबाट सम्बन्धित बीमा सेवा सञ्चालनका लागि वैध इजाजतपत्र प्राप्त तथा आवश्यक संस्थागत क्षमता र अनुभव भएका बीमा कम्पनीहरूले देहायबमोजिमका कागजातसहित प्रस्ताव पेश गर्न सक्नेछन्।
१. प्रस्ताव पेश गर्नुपर्ने मुख्य विवरण
- कम्पनीको परिचय तथा दर्ता प्रमाणपत्र।
- नेपाल बीमा प्राधिकरणबाट प्राप्त वैध इजाजतपत्र।
- PAN/VAT दर्ता प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र।
- सम्बन्धित बीमा सेवा तथा समान प्रकृतिका कार्यक्रमको अनुभव।
- प्रस्तावित बीमा कभरेज, बीमाङ्क, प्रिमियम दर तथा बीमा अवधि।
- बीमा दाबी दर्ता, क्षति मूल्याङ्कन तथा भुक्तानी प्रक्रिया।
- स्थानीय तह तथा समुदायस्तरमा सेवा प्रवाह र समन्वय गर्ने व्यवस्था।
- प्राविधिक तथा आर्थिक प्रस्ताव छुट्टाछुट्टै वा स्पष्ट खण्डमा पेश गर्नुपर्नेछ।
- ठाकुर बाबा नगरपालिकामा काम गरिरहेका बिमा कम्पनीहरुलाई बिशेस प्राथमिकता दीईने छ।
२. प्रस्ताव पेश गर्ने मिति तथा समय
प्रस्ताव प्रकाशित मिति: १८ कार्तिक २०८३
प्रस्ताव पेश गर्ने अन्तिम मिति: २४ कार्तिक २०८३
समय: कार्यालय समयभित्र
पेश गर्ने माध्यम: इमेल वा हार्ड कपी
इमेल: vacancy@sundarnepal.org.np
३. मूल्याङ्कन तथा छनोट प्रक्रिया
प्राप्त प्रस्तावहरूको मूल्याङ्कन संस्थाको मूल्याङ्कन समितिबाट कम्पनीको कानुनी योग्यता, सम्बन्धित अनुभव, प्रस्तावित बीमा कभरेज, प्रिमियम दर, दाबी व्यवस्थापन प्रणाली, स्थानीय सेवा प्रवाह तथा कार्यान्वयन क्षमताका आधारमा गरिनेछ।
संस्थाले आवश्यकताअनुसार थप कागजात वा स्पष्टीकरण माग गर्न तथा कुनै वा सबै प्रस्ताव स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राख्नेछ।
४. थप जानकारी तथा सम्पर्क
विस्तृत कार्यादेश (Terms of Reference – TOR) तथा अन्य जानकारीका लागि निम्न माध्यममा सम्पर्क गर्न सकिनेछ।
सुन्दर नेपाल संस्था
ठाकुरबाबा नगरपालिका, बर्दिया
सम्पर्क नम्बर: 9863575131 / 083-520926
इमेल: vacancy@sundarnepal.org.np
सुन्दर नेपाल संस्था
ठाकुरबाबा नगरपालिका, बर्दिया
LINKS:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 04 Nov, 2026 |
| Apply Before | 10 Nov, 2026 |
| City | Surkhet |