स्वास्थ्य तथा पोषण अधिकृत (Health and Nutrition Officer)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(पुनः प्रकाशित मिति २०८२ श्रावण २९ गते )
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ ।
महासंघले पोषण परियोजना (Nurture Every Future/Poshan) सँग सम्बन्धित गतिविधिहरू मार्फत लक्षित वर्गको पोषणमा पहुँच साथै जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले केएर नेपालसँगको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न गईरहेको छ । महासंघको मधेश प्रदेश कार्य समितिको कार्यालय सिरहामा एवं सम्बन्धित पालिकाहरूमा रही तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूले तपसिलमा उल्लेखित ठेगानामा २ भदौ २०८२ सम्ममा रीतपूर्वकको निवेदन एवं वायोडाटा पेश गर्न अनुरोध गरिन्छ ।
निवेदन पेश गर्दा अपेक्षिततलव समेत उल्लेख गर्नुपर्नेछ ।
पद | पद संख्या | शैक्षिक योग्यता | आवश्यक अनुभव |
स्वास्थ्य तथा पोषण अधिकृत (Health and Nutrition Officer) | १ | जन स्वास्थ्य वा पोषण विषयमा स्नातक तह उतिर्ण गरी कम्तिमा २ वर्ष पोषण तथा मातृशिशु स्वास्थ्यको क्षेत्रमा कार्य अनुभव भएको |
|
- महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ ।
- छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
दरखास्त साथ बुझाउनुपर्ने कागजातहरू
- रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरूको प्रतिलिपि
- दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
दरखास्त बुझाउने अन्तिम मितिः २ भदौ २०८२ सम्म
छनौट विधीः लिखित र मौखिक
..........................
पदपूर्ति समिति
Overview
Category | Public Health, Development Project, Nutrition |
Openings | 1 |
Position Type | Full Time |
Experience | 2+ years |
Education | B.P.H. (Bachelors in Public Health), BSc Nutrition |
Posted Date | 14 Aug, 2025 |
Apply Before | 18 Aug, 2025 |
City | Kathmandu |