सुरक्षा गार्ड

Mahila Sana Kisan Krisi Sahakari Sanstha Limited

Our cooperative short form is WSFACL .It is established in 2075 B.S.shrawan 25 gate .It is registered in the office of Rural Municipality of Laxminiya in cooperative Department .It is started by 30 womens .

Details / requirements:

मिति: २०८३।०५।२६

दोस्रो पटकको सुचना

विषय: सुरक्षा सेवा प्रदायक कम्पनीमार्फत सुरक्षा गार्ड सेवा करारका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

उपरोक्त सम्बन्धमा यस संस्थाको संचालक समितिको बैठक नं.३३२, मितिः २०८३/०५/०५ गतेको संचालक समितिको निर्णय बमोजिम यस संस्थाले आफ्नो कार्यालयको सुरक्षाका लागि लाइसेन्स प्राप्त सुरक्षा सेवा प्रदायक कम्पनी मार्फत सुरक्षा गार्ड सेवा करारमा नियुक्त गर्न इच्छुक रहेको हुँदा, योग्यता पुगेका सुरक्षा सेवा प्रदायक कम्पनीहरूबाट प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव आह्वान गरिन्छ । साथै पर्यापत आवेदन नआएको हुनाले संचालक समितिको निर्णय अनुसार म्याद थप गरिएकोछ ।

१. विवरणः

पदः सुरक्षा गार्ड

आवश्यक संख्याः

कार्यस्थलः यस संस्थाको कार्यालय , लक्ष्मीनियाँ गाउँपालिका–०७, लक्ष्मीनियाँ बजार

कार्य समयः दिन र रात २४ घण्टा

नियुक्ति प्रकृतिः सुरक्षा कम्पनी मार्फत सेवा करार

करार अवधिः (१ वर्ष वा कार्य सम्पादनका आधारमा नवीकरण हुन सक्ने)

२. कम्पनीको योग्यताः

  • नेपाल सरकारबाट दर्ता तथा लाइसेन्स प्राप्त
  • PAN/VAT दर्ता भएको
  • सुरक्षा सेवा अनुभव भएको
  • सुरक्षा गार्डहरू सक्षम, तालिम प्राप्त र आपराधिक पृष्ठभूमि नभएको

३. आवश्यक कागजातहरूः

क) प्राविधिक प्रस्तावः

  • कम्पनी दर्ता प्रमाणपत्र
  • सुरक्षा सेवा लाइसेन्स
  • PAN/VAT प्रमाणपत्र
  • कर चुक्ता प्रमाणपत्र
  • कम्पनी प्रोफाइल तथा अनुभव
  • सुरक्षा गार्ड परिचालन योजना
  • सुरक्षा गार्डहरूको विवरण र नागरिकता
  • तालिम प्रमाणपत्र (उपलब्ध भएमा)
  • श्रम ऐन तथा कानुनी दायित्व पालना गर्ने प्रतिबद्घता पत्र

४. छनोट प्रक्रियाः

  • पहिले प्राविधिक प्रस्ताव मूल्याङ्कन गरिनेछ ।
  • प्राविधिक रूपमा योग्य कम्पनीहरुको मात्र आर्थिक प्रस्ताव खोलिनेछ ।
  • प्राविधिक योग्यता र प्रतिस्पर्धी आर्थिक प्रस्तावका आधारमा छनोट गरिनेछ ।

५. प्रस्ताव पेश गर्ने म्यादः

मितिः २०८३ असोज ०१ गते बिहिबार बेलुका ५:०० बजे सम्म  कार्यालय समय भित्र 

स्थानः महिला साना किसान कृषि सहकारी संस्था लि.लक्ष्मीनियाँ गाउँपालिका–०७, लक्ष्मीनियाँ बजार, धनुषा ।

संस्थालाई कुनै पनि वा सबै प्रस्ताव स्वीकृत वा अस्वीकृत  गर्ने अधिकार सुरक्षित रहनेछ । 

ख) आर्थिक प्रस्तावः

  • छुट्टै बन्द लिफाफामा आर्थिक प्रस्ताव उल्लेख गरी पेश गर्नुपर्ने
  • प्रति सुरक्षा गार्ड मासिक सेवा शुल्क (कर, बीमा, पोशाक, उपकरण सहित)   

अन्य थप जानकारीका लागि कार्यालय सम्पर्क मोबाइल नं.: ९८०२३३४८४७,९८०२३३४८४९,                                             

भवदीय

सरोजकुमार यादव

Overview

Category Security, Development Project
Openings 1
Position Type Contract
Posted Date 11 Sep, 2026
Apply Before 17 Sep, 2026
City Janakpurdham