स्पोन्सरसिप कार्यक्रम सहायक (Sponsorship Program Assistant: SPA)

Ratauli Yuba Club (RYC)

Details / requirements:

कर्मचारी आवश्यकता

प्रकाशित मिति: २०८०/०२/२५

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको समुन्नति (Sponsorship) कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र आफ्नो व्यक्तिगत विवरण (Bio-data) सहितको निवेदनका साथ तल उल्लेखित ठेगाना वा लिंक मार्फत आवेदन फर्म भर्न आव्हान गरिन्छ ।

१.पद: स्पोन्सरसिप कार्यक्रम सहायक (Sponsorship Program Assistant: SPA)- १ जना (विज्ञापन नं: ६-०७९/०८०)

न्यूनतम् योग्यता

  • प्रविणता प्रमाण पत्र वा सो सरह, समुदाय परिचालन, तालीम/गोष्ठि/बैठक संचालन तथा सहजीकरण, वडास्तरको योजना तर्जुमा र कार्यान्वयन, स्पोन्सरसिप व्यवस्थापन सम्बन्धी कृयाकलापहरु (photography & data collection, data update, child facilitation, correspondence of children, reporting), प्रतिवेदन लेखन र सुपरिवेक्षण आदिमा कम्तिमा २ बर्षको व्यावहारिक अनुभव भएको, कम्प्यूटर र स्मार्ट फोन सम्बन्धि राम्रो व्यावहारिक ज्ञान भएको, नेपाली र स्थानीय भाषामा प्रतिवेदन लेख्न तथा बोल्न सक्ने । ६० प्रतिशत फिल्ड तथा ४० प्रतिशत कार्यालयमा काम गर्नुपर्ने छ ।

नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनुपर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत: अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

पदहरुको विस्तृत कार्य-विवरण: स्पोन्सरसिप कार्यक्रम सहायक (Sponsorship Program Assistant: SPA)

दरखास्त दिने अन्तिम मिति: २०८०।०२।२९ गते साँझ ५:०० बजेसम्म ।

आवेदनका लागि: https://forms.gle/kKCGQsoX2uKvZjACA (लिंक मार्फत)

वा

: रतौली युवा क्लव, टाउन प्लानिङ, जलेश्वर-२, महोतरी (भौतिक उपस्थितिमा)

Overview

Category Development and Project, Assistant
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 08 Jun, 2023
Apply Before 12 Jun, 2023
City Mohattari