सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल सिन्धुली

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल सिन्धुली

कमलामाई ६, सिन्धुली

सूचना सूचना सूचना

वल्र्ड भिजन इन्टरनेश्नल नेपाल र सिड्स नेपाल सिन्धुलीको को सहकार्यमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना (आ.व २०२४/२५) समापन सम्बन्धमा ।

प्रथम पटक प्रकाशित मितिः २०८२/०५/२० गते

सिड्स नेपाल सिन्धुली, सिन्धुली जिल्लामा दर्ता भई विगत ३१ वर्ष देखि संचालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूसँगको समन्वय सहकार्यमा वालवालिका तथा महिला संरक्षण, शिक्षा, जीविकोपार्जन, खानेपानी स्वास्थ्य तथा सरसफाई, विपद व्यवस्थापन,जलवायू परिवर्तन, प्रकृति स्रोत साधन व्यवस्थापन, सुशासन, सामाजिक परिचालन, लघु उद्यम विकास जस्ता कार्यहरूमा सुदृढीकरण तथा समाजिक सुशासन दिगोपना बढाउने हेतुले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई, सहयोग गर्न विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आइरहेको छ । यस संस्थाले संचालन गर्दै आएको परियोजनाहरू मध्ये वल्र्ड भिजन इन्टरनेशनल नेपाल र सिड्स नेपाल सिन्धुलीको सहकार्यमा सिन्धुली जिल्लाका तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकाहरूमा  सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन  परियोजना कार्यान्वयन गरि संचालन गरिरहेको  छ । यस वर्ष यस परियोजना लागु गर्न तथा सफल बनाउनको लागि सहयोग गर्नु हुने प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय अन्य सरकारी कार्यालयहरू, कमलामाई नगरपालिका, तीनपाटन गाँउपालिका, फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिका, सुरक्षा निकाय, संचार माध्यमहरू, व्यवसायीहरू, बालबालिकाहरू, अभिभावकहरू साथै अन्य साझेदार निकायहरूको सक्रिय सहभागिता तथा सहयोगका निम्ति सिड्स नेपाल सिन्धुली आभारी छ ।

यस परियोजनाले यसवर्ष सञ्चालन गर्ने कार्यक्रम तथा गतिविधिहरू ३० सेप्टेम्वर २०२५ तदनुसार २०८२, असोज १४ सम्ममा समापन हुने जानकारी गराउन चाहान्छौ । साथै यस परियोजनामार्फत संचालन र सम्पन्न भएका गतिविधिहरूको प्रतिवेदन आउदो असोज मसान्तभित्र सम्बन्धित निकायहरूमा पेश गरिने र हामीले सेवा प्रदान गर्ने समुदायप्रति हाम्रो जवाफदेहिता सुनिश्चित गर्नेछौ भन्ने कुरा यसै सुचना मार्फत जानकारी गराउन चहान्छौ ।

साथै, यसै सुचना मार्फत परियोजनासँग सम्बन्धित यसवर्षको सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान भइ भुक्तानी चुक्ता वा फर्छ्यौट भईसकेको जानकारी गराउन चाहान्छौ । यदि कुनै संस्था वा व्यक्तिसँग परियोजनासँग सम्बन्धित सेवा वा वस्तु वापतको हिसाब मिलान र भुक्तानी हुन बाँकी भए, यस सुचनालाई आधार मानी पहिलो पटक सूचना प्रकाशित भएको मितिबाट ७ दिन भित्र दाबी गर्न आउन अनुरोध गर्दछौ । म्याद नाघी आएको दाबी उपर यस संस्था वा संस्थाको साझेदार संस्थाहरू जवाफदेही हुन असमर्थ हुने व्यहोरा यसै सूचना मार्फत अवगत गराउँदछौ ।

थप जाकारीका लागिः

संस्थाको नाम : सिड्स नेपाल सिन्धुली

कमलामाई ६, धुराबजार, सिन्धुली

फोन नंः ०४७–५२००३६ ÷ ९८५२०७३२४१

ईमेलः scm.sids@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 05 Sep, 2025
Apply Before 11 Sep, 2025
City Sindhuli