सामाजिक परीक्षण लागि स्वतन्त्र सहजकर्ता आवश्यकता सम्बन्धी सुचना

Centre for Mental Health & Counselling Nepal

Details / requirements:

प्रकाशित मितिः २०८३ कार्तिक ९ गते

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र-नेपाल (सी.एम.सी.-नेपाल) सन् २००३ मा स्थापना भएको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको गैरसरकारी संस्था हो। सी.एम.सी.-नेपाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता नं. ८३८-०५९/०६० मा दर्ता भई सामाजिक कल्याण परिषद्‌को सम्बन्धन (सम्बन्धन नं. १४८२२) प्राप्त गरेको छ ।


यस संस्था अन्तर्गत संचालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम (KMHP) कर्णाली प्रदेशको जुम्ला, दैलेख र रुकुम पश्चिम जिल्लाहरुमा स्थानीय तहहरूसंगको सहकार्य तथा CBM Global को प्राविधिक र आर्थिक सहयोगमा संचालन भईरहेको छ । यसको मुख्य लक्ष्य मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपाङ्गता भएका वा त्यसको जोखिममा रहेका व्यक्तिहरूले स्वतन्त्र जीवनको आनन्द लिनसक्ने र समान आधारमा समुदायमा समावेश हुनसक्ने समावेशी समुदाय निर्माण गर्न योगदान पुर्याउनु हो ।

यसै परियोजना अन्तर्गत दैलेख जिल्ला (नौमुले गाउँपालिका र चामुण्डा बिन्द्रसैनी नगरपालिका ) र रुकुम पश्चिम जिल्ला (सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिका)मा सामाजिक परीक्षण गर्नका लागि स्वतन्त्र सहजकर्ता आवश्यक परेकाले तपसिल बमोजिमका योग्यता पुगेका व्यक्तिले २०८३ कार्तिक १६ गते भित्र cmcnepal@mos.com.np मा निवेदन तथा व्यक्तिगत विवरण सहित दरखास्तका लागि आव्हान गरिएको छ ।


योग्यताः

·       स्नाकोत्तर तह उतीर्ण गरी सामाजिक क्षेत्रमा कार्य अनुभव भएको ।

·       सामाजिक परीक्षणको तालिम लिई गैरसरकारी/सरकारी संघसंस्थाको कम्तीमा ५ वटा सामाजिक परीक्षण गरेको अनुभव भएको ।

·       कर्णाली प्रदेशमा सामाजिक परीक्षण गरेका तथा स्थानीयलार्इ विशेष प्राथमिकता दिइने छ ।

 

 सी.एम.सी.-नेपाल

Overview

Category Development / NGO, Development / INGO, NGO/INGO/Social work
Salary Rs. /
Experience Please check details
Education Please check details
Posted Date 26 Oct, 2026
Apply Before 02 Nov, 2026
City