सामाग्री खरिदको कोटेशन आह्वान सम्बन्धमा
Detailed Job description / requirements:
सामाग्री खरिदको कोटेशन आह्वान सम्बन्धमा ।
सूचना प्रकाशित मिति: २०७९/१०/१२ गते (२६ जनवरी २०२३)
सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँके र प्लान इन्टरनेशनल नेपालसँगको साझेदारिमा सञ्चालित सिकाइ परियोजना अन्तरगत बर्दिया जिल्लाका ठाकुरवावा, राजापुर, मधुवन, बारबर्दिया, गुलरिया नगरपालीका र गेरुवा गाउपालिका तथा बाँकेको खजुरा गाउँपालीकामा परियोजना सञ्चालन भइरहेको र उक्त परियोजना सञ्चालन बिधालयम अपाङ्गता भएका बालबालिका, प्रायायाजित बालबालिका तथा बिपन्न परिवारका बालबालिकाहरुको अध्यानका लागि आवश्यक पर्ने स्टेशनरी सामाग्री, खरिद गर्नुपर्ने भएकाले कोटेशन आह्वान सहित यो सूचना प्रकाशित गरिएको छ ।
१) यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सम्बन्धित कार्य गर्नका लागि प्राप्त गरेको (इजाजत पत्र,स्थायी लेखा प्रमाणपत्रको प्रतिलिपी,वाणिज्य संघमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी,सस्था नविकरणको प्रमाणपत्रको प्रतिलिपी, करचुक्ताको प्रमाण (२०७९/०८०) को प्रतिलिपी सहित निवेदनका साथ शिलबन्दी पेश गर्नु पर्नेछ ।
२) उक्त कोटेशन को सुचना प्रथम पटक प्रकाशित मितीले ७ औं मिति २०७९/१०/१८ गते दिनको ४ बजे भित्र सामाजिक सचेतन सरोकार मञ्च (स्याक) शाखा कार्यालय गुलरियामा दर्ता भईसक्नु पर्नेछ ।
३) सो कोटेशनको सूचना प्रथम पटक प्रकाशित मितिले ८ औं दिनमा खरिद समितीले खरिद प्रकृया पुरा गरि छनौट भएको सप्लार्यसलाई सूचना गराइने छ ।
४) कोटेशनको पुर्ण वा आशिंक रुपमा स्वीकृती गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित हुनेछ।
५) बालबालिकालाई बालश्रमको रुपमा प्रयोग गरिएका फर्म, सप्लार्यस तथा कम्पनीहरुको दरभाउ प्रतिस्पर्धामा समावेश गरिने छैन ।
६) ढुवानी सम्बन्धीत कार्यालय सम्म सप्लायर्सले नै गर्नुपर्ने भएको हुदा दररेट पेश गर्दा ढुवानी भाडा समेत समाबेश गर्नुपर्ने छ । साथै पेश गरेको दरभाउको मान्य हुने समयवधि समेत उल्लेख गर्नुपर्नेछ ।
७) थप जानकारीका लागि सामाजिक सचेतन सरोकार मञ्च स्याक नेपाल शाखा कार्यालय बर्दियामा ०८४-४२००७२ मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै खरिदका लागी कोटेशन फाम यसैसाथमा सञ्कलन गरिएको छ ।
Quotation link:
आवश्यक सामाग्रीहरु:
सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँके शाखा कार्यालय गुलरिया बर्दिया
फोन नं ०८४-४२००७२
Job Overview
Category | Development and Project, Expression of Interest |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 26 Jan, 2023 |
Apply Before | 01 Feb, 2023 |
City | Banke |