सामाग्री खरीद सम्वन्धि शिलबन्दी दरभाउ पत्रको सूचना

Kalika Development Center Nepal

Details / requirements:

विषय:– सामाग्री खरीद सम्वन्धि शिलबन्दी दरभाउ पत्रको सूचना ।।।

(प्रथम पटक प्रकाशित मिति २०८२ चैत्र ०१)

कालिका विकास केन्द्र नेपाल र Stromme Foundation को साझेदारी र ऐरावती गाउँपालिकाको समन्वयमा प्यूठान जिल्लाको ऐरावती गाउँपालिकामा संचालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन र शिक्षा सवलिकरण (BELIEF) कार्यक्रम अन्र्तगतका बाल विकास केन्द्र तथा विद्यालयहरूका कक्षा १ देखि कक्षा ३ सम्मका लागि बालमैत्री सिकाई तथा खेलकूदका सामाग्रीहरू खरीद गर्नुपर्ने भएकोले उक्त सामाग्रीहरू उपलब्ध गराउन सक्ने इच्छुक फर्म वा व्यवसायीबाट यहि मिति २०८२।१२।१५ गते कार्यालय समय भित्र शिलबन्दी बोल पत्र पेश गर्नुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Link: सामग्री विवरण (Materials)

शिलबन्दी दरभाउ पत्र सम्बन्धि शर्तहरू:

१. शिलबन्दी दरभाउ पत्र साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू:

  • कर चुक्ता प्रमाण पत्र (२०८१/२०८२) को प्रतिलिपि
  • पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • कम्पनी/घरेलु/वाणिज्य दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • कुनै पनि कालो सूचीमा नपरेको हुनुपर्ने
  • सम्वन्धित कार्यमा सेवा प्रदायको रुपमा कार्य गरेको अनुभव भएको
  • आपूर्तिकर्ता प्रचलित कानून बमोजिम उल्लेखित सामाग्री आपूर्ति गर्न योग्य हुनु पर्नेछ । 

२. ढुवानी/आपूर्तिका शर्तहरू:

  • उक्त सामाग्रीहरू ऐरावती गाउँपालिकाको वडा नं. २,४,५ र ६ का सम्वन्धित बाल विकास केन्द्र तथा विद्यालयसम्म आपूर्ती र ढुवानी गर्नु पर्नेछ र कक्षा कोठामा सेटिङ्ग गर्नु पर्नेछ । उक्त सामाग्रीहरू ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड/अनलोड तथा अन्य खर्च आपूर्ती कर्ता स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।
  • सामाग्रीहरूको विवरण यस संस्थाको ईमेल ID kdcnepal.pyuthan@gmail.com मा माग गरी प्राप्त गर्न सकिने छ ।
  • दरभाउ पत्र पठाउदा दिइएको सामाग्रीको दरभाउ शिलबन्दी गरी पठाउनु पर्नेछ, । अन्यथा मान्यहुने छैन । 
  • तोकिएको समय भन्दा पछाडी पेश भएका दरभाउ पत्र मान्य हुने छैन र उक्त दरभाउ पत्र रद्द हुनेछ । 
  • यदी संस्थालाई थप सामाग्री आवश्यक भएमा ६ महिना भित्र थप अर्डर गर्न सक्ने छ । थप अर्डर गर्दा आपूर्ती कर्ताले सोही दररेटमा समाग्रीहरू उपलब्ध गराउनु पर्नेछ ।
  • सामाग्रीको गुणस्तर, विशेषता वा विशिष्टिकरण अनिवार्य रुपमा खुलाउनु पर्नेछ ।

३. भुक्तानीः

  • संलग्न विवरण बमोजिमको सम्पूर्ण सामाग्रीहरू उल्लेखित शर्तहरू पालना गरी पूर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।

४. छनौटका आधारहरू:

  • कानूनी प्रक्रिया पुरा गरेको ।
  • सामाग्रीको मूल्य, क्षमता र गुणस्तरको आधारमा छनौट गरिने छ । 

५. सामाग्रीको मौज्दात (मौज्दात परिमाण स्पष्ट खुलाउनु पर्नेछ) 

  • छ वा छैन 

६. सामाग्री उपलब्ध गराउने समय (समय स्पष्ट खुलाउनु पर्नेछ) 

७. कार्य अनुभव (कार्य अनुभव स्पष्ट खुलाउनु पर्नेछ) 

१) कार्य अनुभव छ/छैन (यदि छ भने सम्झौता वा विलको नमूना कपी राख्नु पर्नेछ)

८. शिलबन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगानाः

  • शिलबन्दी कोटेशन पठाउनु पर्ने अन्तिम मिति र समयः २०८२ चैत्र १५ गते कार्यालय समय भित्र वा उक्त दिन विदा परे कार्यालय खुल्ने पहिलो दिनको १ बजे भित्र कालिका विकास केन्द्र नेपालको कार्यालय प्यूठान नगरपालिका वडा नं. ४ विजुवार, प्यूठान वा इमेलबाट पेश गर्नु परेमा शिलबन्दी दरभाउ पत्र पठाउदा पिडिएफ (PDF) फाइललाई पासवर्डले लक गरी वा पासवर्ड नभई खोल्न नमिल्ने गरी पठाउनु सकिने छ । दरभाउ पत्र खोल्ने समयमा भने protect गरेका files को password उपलब्ध गराउनु पर्ने छ ।  । दरभाउ पत्र र पासवर्ड पठाउनु पर्ने इमेल ठेगाना kdcnepal.pyuthan@gmail.com
  • कोटेशन खोल्ने समय २०८२ चैत्र १७ गते दिनको ११:०० बजे र स्थान कालिका विकास केन्द्र नेपालको कार्यालय प्यूठान न.पा. ४ विजुवार, प्यूठान । प्राप्त कोटेशनहरू आपूर्ती कर्ताको प्रतिनिधिको रोहवरमा खोलिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन ।
  • कोटेशन पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार कालिका विकास केन्द्र नेपालमा निहित रहनेछ ।

थप जानकारीका लागि

कालिका विकास केन्द्र नेपाल विजुवार, प्यूठान ।

सम्पर्क नं. ०८६४६०१७७

राजेन्द्र प्रसाद राजभण्डारी

कार्यकारी निर्देश

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 13 Mar, 2026
Apply Before 29 Mar, 2026
City Pyuthan