समुदाय स्तरमा होटल सेवा सुविधा खरिदको लागि बोलपत्र आह्वान
Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region
Detailed Job description / requirements:
बागमती सेवा समाज नेपाल
हरिवन–११, सर्लाही
समुदाय स्तरमा होटल सेवा सुविधा खरिदको लागि बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित मितिः ११ जेष्ठ २०८०)
बागमती सेवा समाज नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो र CARE Nepal को आर्थिक/प्राविधिक सहयोगमा सर्लाही जिल्लाको हरिपुर नगरपालिका, चन्द्रनगर गाउपालिका, इश्वरपुर नगरपालिका, मलंगवा नगरपालिका, बरथावा नगरपालिका, ब्रमपुरी गाउपलिका, कविलासी नगरपालिका र हरिपूर्वा नगरपालिकामा USAID ARH परियोजना संचालन गरिरहेको छ । यसै सन्दर्भमा, परियोजना संचालनका क्रममा बिभिन्न समयमा कार्यक्रम हुँदा खाजा, खाना, नास्ता तथा बिभिन्न होटल सेवा सुविधा आवश्यक रहने हुँदा उक्त प्रकारको सेवा सुविधा दिन इच्छुक आपूर्तिकर्ताहरुलाई तोकिएको ढाँचामा कबोल दर रेट उल्लेख गरी यस सूचना प्रकाशित मितिले ७ दिनभित्र यस कार्यालयमा आइपुग्ने गरी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
S.No | Tender | Description of Item |
1 | BWSN-ARH-03-2079-80 | Supply of Hotel Services |
- बोलपत्रमा खरिद गर्न चाहेको सामाग्रि/सेवा सुविधाको बिस्तृत स्फेसिफिकेशन सहितको जानकारी दिईएको छ जुन बागमति सेवा समाजको कार्यालयमा गई लिन सकिनेछ तथा तल उल्लेखित लिंकमा गई डाउनलोड गर्न सकिनेछ ।
- बोलपत्र सम्बन्धि कागजात मिति २०८० जेठ ११ गतेबाट प्राप्त गर्न सकिनेछ ।
- बोलपत्रदाताले मिति २०८० जेठ १७ गते बेलुका ५:०० बजेभित्र यस संस्थाको केन्द्रीय कार्यालय, हरिवन, सर्लाहीमा आफ्नो बोलपत्र बुझाइसक्नु पर्नेछ ।
- बोलपत्र बुझाउँदा लाहा छाप सिलबन्दी गरी बागमति सेवा समाजको कार्यालयमा बोलपत्रको Hard Copy बुझाउनुपर्नेछ ।
- बोलपत्र सावर्जनिक विदाको दिनबाहेक आइतबारदेखि शुक्रबारसम्म विहान १०:०० देखि बेलुका ५:०० बजेसम्म बुझाउन र बुझ्न सकिनेछ । बोलपत्र बुझाउने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोली पल्ट बोलपत्र पेश गर्ने अन्तिम दिन हुनेछ ।
- बोलपत्र पेश गर्न ईच्छुक फर्म, कम्पनी वा सप्लायर्स रहेको हुनुपर्ने छ ।
- समय भित्र प्राप्त नभएको, रित नपुगेको साथै बोल पत्रको शर्त विपरित भएको बोलपत्र माथि कुनै कार्वाही हुनेछैन ।
- बोलपत्र पेश गर्न ईच्छुक फर्म, कम्पनी वा सप्लायर्सले कम्पनी दर्ता प्रमाण पत्र, PAN/VAT दर्ता प्रमाणपत्र, आ.व. २०७८/०७९ को करचुक्ता प्रमाणपत्र आदि पेश गर्नु पर्नेछ । नयाँ दर्ता भएको फर्मको हकमा करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने छैन ।
- तोकिएको मिति तथा समय पश्चात आउने बोलपत्र लाई दर्ता गरिने छैन ।
- बोलपत्र बुझाउने अन्तिम दिनको लगतै भलिपल्ट बिहान ११:०० बजे बोलपत्र दाता वा निजको प्रतिनिधीहरुको रोहवरमा बोलपत्र खोलिने छ । बोलपत्र दाता वा निजको प्रतिनिधी अनुपस्थित भएमा पनि बोलपत्र खोलीनेछ ।
- होटल सेवा सुविधा खरिद सम्बन्धि पूर्ण अधिकार बागमती सेवा समाज नेपालमा निहित रहनेछ ।
- बोलपत्रको तयारी वा पेश गर्ने शिलशिलामा बोल–पत्र दाताले गर्ने कुनैपनि प्रकारको खर्च बागमती सेवा समाज नेपालले ब्यहोर्ने छैन् ।
शिलबन्दी बोलपत्रको प्राविधिक र आर्थिक प्रस्तावको लागि तलको लिंकमा जानुहोसः–
Tender Documents for supplying the Hotel Services
ठेगाना
बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही
फोनः ०४६–५३०५०१/
ईमेलः queries.bwsn@gmail.com
Job Overview
Category | Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 25 May, 2023 |
Apply Before | 31 May, 2023 |
City | Sarlahi |