सिलाई तालिम प्रशिक्षकको आवश्यकता
Details / requirements:
सिलाई तालिम प्रशिक्षकको आवश्यकता
(प्रकाशन मिति: 09/05/2025)
छिमेकी संस्था नेपाल, तालिम प्राप्त छिमेकी महिला स्वंयसेविकाहरु संगठित भई २००४ मा स्थापना भएको गैर सरकारी संस्था हो । यसले स्थापनाकाल देखि नै काठमाण्डौ महानगरपालिका अंतर्गत आफ्नो कार्यक्षेत्र भित्र रहेका महिला तथा बालबालिकाहरुको स्वास्थ्य र पोषणमा सुधार ल्याउन र महिलाहरुलाई सीप विकास तालिम मार्फत आय–आर्जन सम्बन्धी गतिविधिहरुमा सहभागी गराई उनीहरुलाई आत्मनिर्भर बनाउने काममा सहयोग गर्दै आईरहेको छ । यसै सन्दर्भमा हाल संस्थाले महिलाहरुलाई एड्भान्स लेवल सिलाई तालिम संचालनका लागी यस संस्थालाई एक इमान्दार तथा अनुभवि सिलाई तालिम प्रशिक्षकको आवश्यक परेको हुदाँ सो पदको लागि तल उल्लेखित आवश्यक योग्यता र दक्षता भएका उम्मेद्धारहरुलाई आवेदनको लागि आव्हान गरिन्छ ।
पद: सिलाई तालिम प्रशिक्षक
संख्या: १
कार्यक्षेत्र: का.म.पा, वडा नं १३, कालिमाटी
कार्य अवधि: सात (७) महिना
प्रमुख जिम्मेवारीहरु:
- सहभागीहरुको सिलाई सम्बन्धि ज्ञान र सीपमा अभिवृद्धि गर्न उनिहरुलाई एड्भान्स तहको सिलाई तालिम संचालन गर्नुपर्नेछ ।
- तालिम अवधी भर प्रत्येक दिन सिलाई सम्बन्धी सैदान्तिक/प्रयोगात्मक ज्ञान र सीप सिकाउनु पर्नेछ ।
- सहभागीहरुको दैनिक क्रियाकलापहरुको निगरानी गरी आवश्यकता अनुसार सुधार गर्न सहभागीहरुलाई सहयोग गर्नुपर्ने छ ।
- संस्थालाई मासिक प्रतिवेदन बुझाउनु पर्ने छ ।
योग्यता र सीपहरु:
- मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी TOT प्रमाण पत्र भएको ।
- मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी तेस्रो तह (3rd Level ) प्रमाण पत्र प्राप्त भएको र सिलाईको क्षेत्रमा प्रशिक्षकको रुपमा कम्तिमा तिन वर्ष कार्य अनुभव भएको ।
- मान्यता प्राप्त संस्थाबाट मुल्याङ्कनकर्ता को प्रमाण पत्र प्राप्त भएको ।
उल्लेखित पदको लागी इच्छुक तथा योग्य उम्मेद्धारहरुले निवेदन, आफ्नो CV र कार्य अनुभव सम्बन्धी कागजातहरु/प्रमाण–पत्रहरु सहित २० मे २०२५, बेलुकी ५:०० बजेसम्म chhimekijobs@gmail.com, अथवा छिमेकी संस्था नेपालको कार्यलयमा आवेदन दिनको लागी अनुरोध छ ।
Overview
Category | Development and Project, Development / NGO, Instructor |
Openings | 1 |
Salary | As per organization rules / |
Position Type | Full Time, Contract |
Position Level | Trainee |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 09 May, 2025 |
Apply Before | 20 May, 2025 |
City | Kathmandu |