सिलबन्दी दरभाउपत्रको पुनः सूचना आव्हान

Kalika Self Reliance Social Center

Details / requirements:

प्रथम पटक प्रकाशित मितिः २०८२ माघ ८ गते

दोश्रो पटक प्रकाशित मितिः २०८२ माघ २५ गते

सिलबन्दी दरभाउपत्रको पुनः सूचना आव्हान

यस कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित NPL 1083-22 परियोजना अन्तर्गत कपिलवस्तु जिल्लाको शुद्धोधन, मायादेबी र यशोधरा गाँउपालिकाका लाभग्राहीहरुको लागि तपसिल बमोजिमको सामाग्रीहरु खरिद गर्नको लागि तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरुबाट फर्म पान/भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नबिकरण, आ.ब. २०८१।०८२ को करचुक्ता सहित पेश गर्नको लागि पुनः सिलबन्दी दरभाउपत्र आव्हान गरिन्छ ।

तपसिलः

१. Bio-Sand Filter

प्राप्त सिलबन्दी दरभाउपत्र रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC-Nepal) तौलिहवा कपिलवस्तुमा मिति २०८२ फाल्गन ५ गते तदानुसार १७ फेब्रअरी २०२६ बेलुका ५:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।

मिति २०८२।११।०८ गते तदानुसार २० फेब्रुअरी २०२६ का दिन बिहान ११:०० बजे सिलबन्दी दरभाउपत्रदाताको प्रस्तावना खोलिने छ । सिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । 

शर्तहरुः

१. आपुर्तिकर्ताले कार्यालयले उपलब्ध गराएको दरभाउपत्रमा आफुले तोकेको प्रति इकाई दर रेट प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।

२. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।

३. सिलबन्दी दरभाउपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि किसिमको खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।

४. खरिद गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ ।

५. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वतः अयोग्य हुने छन् ।

६. सामाग्रीको ढुवानी तपसिल बमोजिम गर्नु पर्नेछ । सो बापत अन्य सुबिधा यस कार्यालयले दिने छैन ।

Bio-Sand Filter: शुद्दोधन, मायादेबी तथा यशोधरा गाँउपालिकाको सम्पुर्ण वार्डहरुमा पुर्‍याउनु पर्नेछ ।

७. इमेलबाट पठाइएको दरभाउपत्र स्वीकार गरिने छैन तसर्थ सिलबन्दी दरभाउपत्र फारम कार्यालय मै बुझाई दर्ता गराउनु पर्नेछ ।

८. म्याद नाघेको, रित नपुगेको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।

९. प्राप्त दरभाउपत्रहरु खोलिने मिति र समय सम्बन्धित दरभाउपत्र दातालाई जानकारी गराईने छ । दरभाउपत्र दाता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि दरभाउपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।

१०. दररेट पूर्ण वा आंशिक रुपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने सम्पुर्ण अधिकार यस कालिका स्वावलम्बन सामाजिक केन्द्रको खरिद तथा लिलाम बिक्री समितिमा निहित रहने छ ।

११. माथि उल्लेखित भएका कुराहरु बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।

१२. दरभाउपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा Jobs Nepal को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ । 

१३. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरु यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरुको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।

LINKS:

Financial Proposal - Bio-Sand Filter

Self Declaration

सम्पर्कः

खरिद तथा लिलाम बिक्री उप-समिति

कालिका स्वावलम्बन सामाजिक केन्द्र

कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा

सम्पर्क नम्बरः ०७६-५६०२८२

गुनासो गर्नको लागिः

टोल फ्री नम्बरः १८१०५०००२८२

इमेलः cfm.kssc@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 22 Jan, 2026
Apply Before 17 Feb, 2026
City Kapilvastu