सिलबन्दी दरभाउपत्र सम्बन्धी सूचना
Job posted on 13 Jan, 2026
Apply before 27 Jan, 2026
SETO GURANS NATIONAL CHILD DEVELOPMENT SERVICES
Details / requirements:
सिलबन्दी दरभाउपत्र सम्बन्धी सूचना
सूचना नं: SGNCDS/०६ – २०८२/८३
प्रथम पटक प्रकाशित मिति: २०८२ पुस २९ गते (तद्नुसार १३ जनवरी २०२६)
यस सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, ललितपुरबाट यस वर्ष (२०२६) भरि विभिन्न कार्यक्रमका लागि आवासीय तथा गैर-आवासीय होटल सेवा तथा विविध सामग्रीहरू आवश्यक पर्ने भएकाले तपसिल बमोजिमका सामग्रीका लागि इच्छुक व्यवसायीहरूबाट सिलबन्दी दरभाउपत्र पेश गर्नहुन आह्वान गरिन्छ।
१. आवश्यक सेवा सुविधाहरू तथा सामग्रीहरू:
| क्र.सं. | विवरण | माग गरिएको क्षेत्र तथा स्पेसिफिकेसन | कोटेसन अवधि | कैफियत |
| १ | होटल सम्बन्धी सेवाहरू (आवासीय तथा गैर-आवासीय) |
| १ वर्ष | |
| २ | स्टेशनरी तथा तालिम सामग्री |
| १ वर्ष | |
| ३ | चार पाङ्ग्रे सवारी साधन भाडामा प्रयोगका लागि |
| १ वर्ष | |
| ४ | छपाइ सम्बन्धी सामग्रीहरू |
| १ वर्ष |
२. अन्य शर्तहरू:
- दरभाउपत्र अनिवार्य रूपमा सिलबन्दी खाममा बुझाउनुपर्नेछ।
- तोकिएको म्याद नाघी आएका वा रीत नपुगी आएका दरभाउपत्रहरू दर्ता गर्न कार्यालय बाध्य हुने छैन।
- दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने तथा आंशिक वा पूर्ण रूपमा बदर गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ।
- आर्थिक प्रस्ताव पेश गर्दा कार्यालयले उपलब्ध गराएको आधिकारिक फाराममै भरी बुझाउनुपर्नेछ। उक्त फाराम कार्यालयबाट समेत प्राप्त गर्न सकिनेछ।
- यदि कतै केरेमेट भएमा त्यसमा छाप तथा हस्ताक्षर अनिवार्य हुनुपर्नेछ।
- दरभाउपत्र बुझाउँदा केरेमेट गरिएको पाइएमा प्रति एकाई दरलाई मात्र मान्यता दिइनेछ।
३. दरभाउपत्रका साथमा संलग्न हुनुपर्ने अनिवार्य कागजातहरू:
- आधिकारिक लेटरप्याडमा निवेदन।
- फर्म दर्ता प्रमाणपत्र (Company Registration) को प्रतिलिपि।
- प्यान/भ्याट (PAN/VAT) दर्ता प्रमाणपत्र (भ्याटमा दर्ता अनिवार्य)।
- आ.व. २०८१/८२ को कर चुक्ता प्रमाणपत्र वा म्याद थप गरेको प्रमाण।
४. दरभाउपत्र बुझाउने प्रक्रिया:
- अन्तिम मिति: २०८२ माघ १३ गते (२७ जनवरी २०२६), कार्यालय समय भित्र।
- स्थान: सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, झम्सिखेल-०३, ललितपुर।
- थप जानकारीका लागि सम्पर्क नं: ९७७-०१-५४५२९७५, ५४५४०१९
दरभाउपत्र (Quotation) सम्बन्धी कागजात तथा फारामहरू:
इच्छुक व्यवसायीहरूले नियम, शर्त र दररेट भर्ने फारामहरू तलका लिङ्कहरूबाट प्राप्त गर्न सक्नुहुनेछ:
- होटल सेवा (आवासीय तथा गैर-आवासीय):
- A-1-Revised Hotel RFQ Notice [यहाँ क्लिक गर्नुहोस् ]
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 13 Jan, 2026 |
| Apply Before | 27 Jan, 2026 |
| City | Lalitpur |