सिलबन्दी टेन्डर आह्वानको सूचना

Social Awareness Center SAC Nepal

Details / requirements:

माज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर, सुर्खेत

“सिलबन्दी टेन्डर आह्वानको सूचना”

प्रथम पटक प्रकाशित २०८२/०८/०९ गते

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत ३० वर्षदेखि सामाजिक रूपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । प्लान इन्टरनेशलन नेपालको, आर्थिक सहयोगमा डोल्पा जिल्लामा सञ्चालित किशोरी शसक्तिकरण परियोजनाका लागि आवश्यक पर्ने किताव छपाई गर्नु पर्ने भएकोले इन्छुक फर्महरुले आवश्यक कागजात सहित सिलन्दी टेन्डरपेश गर्न आब्हान गरिन्छ ।

शर्तहरू:

१. छपाई सम्बन्धी टेन्डर आपूर्तिकर्ता, फर्म वा कम्पनिबाट यहि मिति २०८२।०९।२९ देखि २०८२/१०/०७ गते १:०० बजेसम्म आवश्यक कागजात सहित (फर्म दर्ता प्रमाणपत्रका फोटोकपी, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रका फोटोकपि,  आ.व.२०८१/८२ को कर चुक्ताका प्रमाणपत्रका फोटोकपि) टेण्डर पेश गर्नु पर्ने छ ।

२. सिलबन्दी टेन्डरपेश गर्दा आपूर्तिकताका आधिकारिक प्रतिनिधि आफै उपस्थित भइ वा हुलाक वा कुरियर मार्फत समेत पेश गर्न सकिनेछ । हुलाक वा कुरियर मार्फत पठाइएका सिलबन्दी टेन्डरसूचना प्रकाशित भएको  मितिबाट २०८२।१०।०७ दिनका १:०० बजे भित्र प्राप्त भैसक्नुपर्नेछ।

३.  म्याद नाघी वा रित नपुगी आएका टेन्डरउपर कुनै कारबाही हुने छैन ।

४.  दर्ता भएका दरभाउपत्रहरू २०८२।१०।७ गते दिनको २:०० बजेमा दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिन छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि टेन्डरखोल्न बाधा पर्ने छैन ।

५.  आपुर्तिकर्ताले तोकिएका स्थानसम्म सामाग्री ढुवानी गरी उपसमितिबाट चेकजाँच भएपछि मात्र संस्थाले भुक्तानी गर्नेछ ।

६.  एउटा फर्म वा कम्पनीका नाममा खरिद गरिएका टेन्डर अर्को फर्म वा कम्पनीका नामबाट पेश गर्न पाइने छैन ।

७.  टेन्डरसम्बन्धी कुनै कुरा बुझ्न परेमा केन्द्रिय कार्यालय वीरन्द्रनगर सुर्खेत वा परियोजना कार्यालय डोल्पामा सम्पर्क राख्न सकिनेछ ।

८.  यो सूचनामा केहि संसोधन गर्नु परेमा सो सूचना पहिले प्रकाशित भएका पत्रिकाहरू वा माध्यमबाट नै गरिने छ ।

९. टेन्डरपेश गर्दा टेन्डरका साथमा भ्याट बाहेकको रकमको मुल्यमा  २.५ प्रतिशत रकमको बैंक ग्यारेन्टी राख्नु पर्नेछ ।  टेन्डर खोलिन मिति देखि गणना हुनेगरी कम्तीमा ९० दिन उल्लेख गर्नु पर्नेछ । उक्त बैक ग्यारेन्टी  नेपाल राष्ट्र बैंकबाट “क” वर्गका इजाजत प्राप्त वाणिज्य बैंकबाट जारी गरेको सक्कल बैंक जमानत टेन्डरमा संलग्न गन पर्नेछ ।

१०. दर्ता भएका टेन्डरस्वीकृत गर्ने वा नगर्ने वा आंशिक रूपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार समाज जागरण केन्द्र (स्याक) नेपालमा सुरक्षित रहनेछ ।

थप जानकारीका लागि

समाज जागरण केन्द्र (स्याक) नेपाल, वीरेन्द्रनगर, सुर्खेत

सम्पर्क नं.: ०८३-५२१२८२

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 14 Jan, 2026
Apply Before 21 Jan, 2026
City Birendranagar Surkhet