सफ्टवेयर निर्माणको लागि प्राविधिक सेवाको लागि प्रस्ताव आह्वानको सूचना

Siddhartha Social Development Center

Details / requirements:

सिद्धार्थ सामाजिक विकास केन्द्र

बाणगंगा-४, जितपुर, कपिलवस्तु, लुम्बिनी प्रदेश

सफ्टवेयर निर्माणको लागि प्राविधिक सेवाको लागि प्रस्ताव आह्वानको सूचना

(प्रकाशित मिति: २५ जेठ २०८३ (८ जुन २०२६)

प्रस्ताव पेस गर्नुपर्ने अन्तिम मिति: ३१ जेठ २०८३ (१४ जुन २०२६)

यस सिद्धार्थ सामाजिक विकास केन्द्र (SSDC) द्वारा हेम्पेल फाउन्डेसनको आर्थिक सहयोग र VSO नेपालको साझेदारीमा लुम्बिनी प्रदेशका ४ वटा जिल्लामा सञ्चालित SIKAI-II परियोजनाको डेटा सङ्कलन, अनुगमन, रिपोर्टिङ र विश्लेषणका लागि एक केन्द्रीकृत सूचना व्यवस्थापन प्रणाली (Integrated Databased Management System ;Mobile Application and Web-based Dashboard information System) निर्माण गर्नुपर्ने भएको छ । तसर्थ, उक्त सफ्टवेयर तथा प्रणाली निर्माणको कार्य गर्न इच्छुक र आवश्यक योग्यता पुगेका, कानुनी रूपमा दर्ता भएका सफ्टवेयर निर्माण कम्पनी वा  सम्बन्धितफर्महरूबाट प्राविधिक र आर्थिक प्रस्ताव (Technical and Financial Proposal) पेस गर्न यो सूचना आह्वान गरिएको छ।

मुख्य ववरणहरू:

  • कार्यको विवरण: मोबाइल एप्लिकेसन र वेब-आधारित ड्यासबोर्ड प्रणालीको विकास।
  • आवश्यक अनुभव: सम्बन्धित क्षेत्रमा (Mobile App र Web Dashboard/MIS Development) कम्तीमा ३ देखि ५ वर्षको प्रमाणित अनुभव भएको।
  • प्रस्ताव पेस गर्नुपर्ने अन्तिम मिति: ३१ जेठ २०८३ (१४ जुन २०२६)
  • प्रस्ताव पेस गर्ने माध्यम: कार्यालय भित्र कार्यालय समय वा इमेल ssdcprocrument@gmail.com मार्फत मात्र पेश गर्न सकिने छ ।

पेस गर्नुपर्ने मुख्य कागजातहरू:

  • संस्थाको लेटरहेडमा कभर लेटर।
  • संस्थाको प्रोफाइल र अद्यावधिक कम्पनी दर्ता प्रमाणपत्र ।
  • भ्याट/प्यान (VAT/PAN) दर्ता प्रमाणपत्र र आ.व. २०८१/८२ को कर चुक्ता प्रमाणपत्र ।
  • विगतमा गरेका समान प्रकृतिका कार्य अनुभवका प्रमाणहरू ।
  • कार्ययोजनासहितको अधिकतम ५ पृष्ठको प्राविधिक प्रस्ताव ।
  • विस्तृत बजेट ब्रेकडाउन सहितको आर्थिक प्रस्ताव ।
  • विस्तृत कार्य सर्त-Terms of Reference (ToR): संस्थाको कार्यालय वा इमेलमार्फत अनुरोध गरी प्राप्त गर्न सकिने छ वा डाउलोड गर्न सकिने छ । )

LINK: Terms of Reference (ToR)

नोट : म्याद नाघी आएका वा रीत नपुगेका प्रस्तावहरूलाई मान्यता दिइने छैन । प्राप्त प्रस्तावहरूमध्ये पूर्ण वा आंशिक रूपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ। छनोटमा परेका निवेदकहरूलाई मात्र प्रस्तुतीकरण (Presentation) वा अन्तर्वार्ताका लागि सम्पर्क गरिनेछ ।

प्रस्ताव पठाउने ठेगाना तथा सम्पर्क विवरण: 

सिद्धार्थ सामाजिक विकास केन्द्र (SSDC) 

बाणगंगा-४, जितपुर, कपिलवस्तु, लुम्बिनी प्रदेश

इमेल: ssdcprocrument@gmail.com