सडक नाटक सम्बन्धी प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना
Details / requirements:
सडक नाटक सम्बन्धी प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना
कर्णाली गरिवी न्युनिकरण तथा बिकास मञ्च (KPADF) मुगु बिगत ६ बर्ष देखि मुगु जिल्लामा कार्यरत एक गैर सरकारी संस्था हो । यस सस्थाले सामुदायिक विकास, स्वास्थ्य तथा सरसफाई, गरिबी निवारण आदि लगायतको क्षेत्रमा विभिन्न दातृ निकायहरूसँगको साझेदारीमा मुगु जिल्लामा विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आईरहेको छ ।
हाल गुड नेवर्स जापानको आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली गरिबी न्यूनिकरण तथा विकास मञ्च, मुगुको सहजिकरणमा सञ्चालित विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता परियोजना अर्न्तगत छायाँनाथ रारा नगरपालिका, सोरु गाँउपालिका र खत्याड गाँउपालिकाका ६ स्थानमा महिनावारी स्वच्छता, मर्यादित महिनावारी, शौचालय सरसफाई, घर आगन तथा वातावरणीय सरसफाई, व्यक्तिगत सरसफाईको महत्व र फोहर व्यवस्थापनको महत्वका बारेमा समुदायका मानिसहरूलाई सडक नाटकका मध्यमबाट सचेतना गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक कम्पनी तथा फर्मबाट त्यच् मा उल्लेखित शर्तहरूको अधिनमा रही सिलबन्दी दरभाउ पत्र माग गरिएको छ ।
ईच्छुक कम्पनी तथा फर्महरूले आर्थिक र प्राविधिक प्रस्तावना पेश गर्दा तपसील बमोजिमका नियम तथा शर्तहरूको अधिनमा रहने गरी गर्नुपर्ने छ ।
आवेदन दर्ता गर्ने प्रक्रिया:
उपरोक्त बमोजिमको सिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात ३२ जेठ २०८० तद्नुसार १५ जुन २०२३ साँझ ५:०० बजे भित्र कर्णाली गरिवी न्युनिकरण तथा विकास मञ्च, मुगुको कार्यालय वा सम्पर्क कार्यालय खत्याड वा सम्पर्क कार्यालय सोरुकोट वा गुड नेवर्स जापानको परियोजना कार्यालय मुगुमा बुझाउन सकिने छ वा eoi.kpadf@gmail.com पनि पठाउन सकिनेछ ।
इमेल मार्फत पेश गरिएका दरभाउ पत्र अनिवार्य रुपमा पासवर्ड प्रोटेक्ट गरि पठाउनु पर्ने छ ।
नोट:
१.सेवा प्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
२.सेवा आपूर्तीकर्ता छनोट गर्दा परियोजना सञ्चालित सम्बन्धित स्थानिय तहको व्यक्ति,फर्म तथा आपुर्तिकतालाई विशेष प्रथामिकता दिईने छ ।
थप जानकारी तथा TOR लिनको लागि सम्पर्क विवरण
https://drive.google.com/file/d/1ZWiU1XuqHL8DHXRSWxquDEBlRo60mQF6/view?usp=sharing
१.कर्णाली गरिवी न्युनिकरण तथा विकास मञ्च मुगुको कार्यालय गमगढी- ०८७४६०१८५, ९८६८३१०५४१
खरिद समिती
कर्णाली गरिवी न्युनिकरण तथा विकास मञ्च
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 09 Jun, 2023 |
Apply Before | 13 Jun, 2023 |
City | Mugu |