सुची दर्ता गर्ने बारे सूचना

Restless Development

Details / requirements:

सुची दर्ता गर्ने बारे सूचना

यस संस्थालाई आर्थिक वर्ष अक्टोबर २०२० देखि सेप्टेम्बर २०२१ को लागी आवश्यक पर्ने तपसिलमा उल्लेखित समान तथा सेवाहरु आपूिर्त र प्रवाहगर्ने प्रयोजनको लागी सम्बन्धित बिषयमा कारोबार गर्न स्वीकृत प्राप्त गरेका इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरुको सुचीदर्ता गराउनु पर्ने भएकोले आफूले आपूिर्त / प्रवाहगर्ने समान एवं सेवाहरुको विवरण फर्म/ कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखानम्बर PAN दर्ता प्रमाणपत्र तथा मूल्य अभिबृद्धि कर VAT दर्ता, कर चुक्ता प्रमाणपत्र र कार्य दक्षता अनुभवको प्रमाणपत्रको प्रतिलिपी सहितको २०७७/०६/१२ गते भित्र यस संस्थामा पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको  लागि यो सूचना प्रकाशित गरिएको छ । 

आपूर्ति गर्नुपर्ने सामानहरू तथाउपलब्ध गराउनु पर्ने सेवाहरू

क) छपाई तथा स्टेशनरी सामान

छपाई सम्बन्धी कार्य (Manual नोटबुक, लिफलेट, Anual  रिपोर्ट) 

  • प्रोमोशनल मेटरियल (टिसर्ट, व्याग,क्याप, पेन ड्राइभ)
  • स्टेशनरी सामान

ख) कार्यालय उपकरण तथा ईलोक्टोनिक समान

  • प्रिन्टर काटेज 
  • फोटोकपीमसिन काटेज

ग) होटलव्यवस्थापन ( खानातथा बस्न मिटिङ्ग हल सहित)ललितपु, काठमाडौ, बाँके, वर्दिया, सिन्धुली र रामेछाप

घ) पिउने पानीतथा टयाङ्गर (मिनरल वाटर जार (H2O, Aqua 100) 

ड. आई टि रिपेयर सभिर्स

च) भेकलहार्यर सर्भिस ( टुरिष्ट ठूलो वस, जिप, भ्यान)

छ) ट्राभल एजेन्सी सर्भिस (Domestic & International)

ज) बिमा (इन्सुरेन्स)

झ) इन्टरनेट

ञ) गाडीमर्मत

ट) परामर्शदातातथा परामर्श दाताकम्पनी (सहजकर्ता सहित)

ठ) अडिट सेवा (आर्थिक विज्ञ)

अन्य जानकारीहरु

  • सूचीकृत हुन निवेदन दिनेहरु मध्येबाट योग्य ठहरिएका बिक्रेता, फर्म तथा कम्पनीहरुलाई मात्र सुचिकृत गरिनेछ । 
  • सूची दर्ताको समयमा आवश्यक सम्पूर्ण कागजात, अनुभवको प्रमाणपत्रको प्रतिलिपी तथा अन्यकागजात पेश गर्नु पर्नेछ । 
  • सुचीकृत भएका कम्पनी तथा फर्महरुले सन्तोषजनक सेवा तथा समयमा सामान सप्लाई नगरेको खण्डमा सुचीबाट विना सुचनानाम हटाउन सकिने छ । यस उपर कुनै दावी विरोध गर्न पाईने छैन । सुचीकृत गर्ने वा नगर्ने सम्वन्धी सम्पूर्ण अधिकार यस संस्थामा नै निहित रहने छ । 

कृपया इच्छुक रजिष्टर फर्म/कम्पनीहरुले निवेदन Po Box No. 4892  वा रेष्टलेस डेभलपमेन्टको कार्यालयमा कुपण्डोल, ज्वागल ललितपुरमा पठाउनु हुन अनुरोध गर्दछौ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 21 Sep, 2020
Apply Before 28 Sep, 2020
City Lalitpur