सुचीदर्ता गर्ने सम्बन्धी सूचना

Rural Community Development Center (RCDC) Besishahar

Details / requirements:

सुचीदर्ता गर्ने सम्बन्धी सूचना

(REF.: RCDC/EOI/2026/01)

प्रकाशित मिति: २०८२ कार्तिक १४ (31 October 2025)

ग्रामिण सामुदायिक विकास केन्द, नेपाल (RCDC, Nepal) जिल्ला प्रशासन कार्यलय लमजुङमा दर्ता नं. ४६२/०६२/०६३ मा दर्ता भएको र १८७१७ मा समाज कल्याण परिषदमा आवद्घता भएको गैर सरकारी संस्था  हो । सामाजिक न्याय, मर्यादा र सामाजिक रुपमा बहिष्कृत, विपन्न, विपद् पीडित र जोखिममा परेका व्यक्तिहरूको आधारभूत आवश्यकताहरूलाई समर्थन र प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ सन् २००५ मा स्थापना भएको संस्था हो । यस संस्थाले बाल विकास, महिला शसक्तिकरण र शुसासन संस्कार विकासमा सहजिकरण गर्दै आएको छ । यसै सन्दर्भमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाल स्पोन्सरसीप, विपद व्यवस्थापन तथा जिविकोपार्जन कार्यक्रमहरू सञ्चालन गर्न गईरहेकोले यस संस्थालाई आ.ब. २०२६ को निम्ति तल उल्लेखित सेवा तथा सामग्रीहरू आवश्यकता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गर्न आवश्यक भएको हुँदा ग्रामिण सामुदायिक विकास केन्द्र, नेपालले योग्य सम्भावित आपूर्तिकर्ताहरूलाई पूर्व योग्यता (Supplier pre-qualification  process) प्रक्रियामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरूबाट यस कार्यालयमा सुची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात सहित मिति २०८२ कार्तिक २१ (7 November 2025) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौँ । 

सेवा तथा सामग्री खरिद सम्बन्धी कार्यहरू 

  • होटल सेवा सम्बन्धी
  • सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, ट्रयाक्टर, अटो) भाडामा लिने सम्बन्धी
  • कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुद सामग्री आपूर्ति सम्बन्धी
  • छपाई सेवा सम्बन्धी (कपी, पोष्टर, टि–सर्ट, कप प्रिन्ट, किताब, फ्लेक्स ब्यानर, मायाको चिनो, होडिङ बोर्ड, भित्ते लेखन)
  • कृर्षि औजार, बिउ बिजन, मल, बाख्रा फर्म, कुखुरा फर्म सम्बन्धी
  • विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा सम्बन्धी
  • मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति सम्बन्धी
  • कम्प्युटर, ल्यापटप, प्रिन्टर, मोवाइल एवं इलेक्ट्रोनिक्स सामाग्रीहरूको आपूर्ति तथा मर्मत सम्बन्धी
  • फर्निचर तथा फर्निसिङ्ग सम्बन्धी
  • हार्डवेयर तथा निर्माण सामग्री आपूर्ति सम्बन्धी, ईट्टा, बालुवा, ढुङ्गा, गिटी, ब्लक आदि आपूर्ति सम्बन्धी
  • स्कुल पोशक तथा ब्याग, विभिन्न तयारी कपडा आपूर्ति सम्बन्धी
  • किराना, सौन्दर्य, चप्पल जुत्ता, भाडा वर्तन, ग्यासहरू, विजुलीका सामानहरू आपूर्ति सम्बन्धी
  • प्राथमिक उपचार तथा मेडीकाल औजार सामग्रीहरूको आपूर्ति सम्बन्धी
  • परामर्श सेवा तथा उद्यमशीलता एवम् सीपमूलक तालिम सेवा सम्बन्धी
  • भवन निर्माण, खानेपानी साथै सिचाई कार्यको लागि निर्माण व्यवसायी
  • स्वयंमसेवक तथा तथ्याङ्क संकलनकर्ता 

पेश गर्नुपर्ने आवश्यक कागजातहरू

  • निवेदन र संस्थाबाट उपलब्ध सुचिकृत फर्म
  • फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र
  • स्थायी लेखा नम्बर वा मू.अ.कर दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र कर चुक्ताको समय अवधि थप भए सो को प्रमाणपत्रको प्रतिलिपि

आवश्यक सुचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखी पाउन सकिनेछ वा इमेल मार्फत माग गर्न सकिनेछ साथै तल राखिएको लिङ्कबाट डाउन्लोड गर्न सकिनेछ ।

Suppliers Registration Forms

सम्पर्क ठेगाना:

ग्रामिण सामुदायिक विकास केन्द्र, नेपाल (RCDC, Nepal)

बेसीशहर नगरपालिका ०७, क्याम्पसरोड, लमजुङ       

फोन नं.: ०६६ ५२००६१, ९८४६५६७१३२         

इमेल: procurement@rcdcnepal.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 31 Oct, 2025
Apply Before 07 Nov, 2025
City Lamjung