सूची दर्ता तथा कोटेशन पेश गर्ने सम्बन्धी सूचना

Social Awareness and Development Academy SAADA-NEPAL

Details / requirements:

सामाजिक जागरण तथा विकास प्रतिष्ठान ‌सादा-नेपाल, कालिकोट

सूची दर्ता तथा कोटेशन पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०३/३१

यस सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाललाई आ.ब.२०८३/०८४ का लागि आवश्यक पर्ने तपशिलका वस्तु तथा सेवाका कार्यहरू उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त ब्यक्ति, फर्म, कम्पनी, संस्था, आपुर्तीकर्ता, परामर्शदाता/सेवाप्रदायक संस्थाहरुबाट यस संस्थाको खरिद निर्देशिका २०८१ को भाग ६ अनुसार मौजुदा सूची दर्ता गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशित भएको मितिले ९ दिन भित्र आफुले उपलब्ध गराउने वस्तु तथा/सेवाका कार्यहरूका लागि संस्थाले उपलब्ध गराएको सुची दर्ता फरमेट अनुसार आवश्यक कागजात सहित यस कार्यालयमा रित पुर्वक निबेदन पेश गर्न हुन जानकारी गराईन्छ । साथै स्टेशनरी र होटेल सेवा सम्बन्धि कार्यको लागि यसै सूचनामा संलग्न गरिएको कोटेशनको नमुना अनुसार मूल्यसुची पेश गर्नुपर्ने छ भने अन्य सेवाहरुको हकमा सूची दर्ता आपुर्तीकर्ता, परामर्शदाता/सेवाप्रदायकसँग आवश्यकता अनुसार कोटेशन मार्फत पछि लिईनेछ । मौजुदा सूचिको मान्य अबधि आ.ब. २०८३/०८४ को लागि मात्र रहनेछ भने उक्त सूचिमा समाबेश गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ । 

तपशिल

१) स्टेशनरी सम्बन्धि कार्य । कोटेशनको लागि यहा click गर्नुहोस् ।

२) होटेल (खाना, नास्ता, होटल, बास तथा तालिम हल) सम्बन्धी कार्य।  कोटेशनको लागि यहाँ click गर्नुहोस्।

३) पत्र पत्रिका, सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण र भिडियो डकुमेन्ट्री सम्बन्धि कार्य ।

४) सबारी साधन आपुर्ति तथा मर्मत सम्बन्धि कार्य ।

५) छपाई सम्बन्धि कार्य ।

६) रंग रोगन तथा भित्ते लेखन सम्बन्धिका कार्यहरू ।

७) अध्ययन, अनुसन्धान, गोष्ठी, सेमिनार, तालिम तथा परामर्श सेवा सञ्चालन सम्बन्धिका कार्य ।

८) व्यवसायिक सिपमुलक तालिमहरू सम्बन्धि कार्य

९) औषधी तथा औषधी उपकरण सम्बन्धि कार्य ।

१०) कृषिजन्य सामग्री आपूर्ति सम्बन्धि कार्य ।

११) पशु पंक्षीजन्य सामग्री आपूर्ति सम्बन्धि कार्य ।

१२) खेल सामाग्री, खेलौना तथा अन्य शैक्षिक सामाग्रीहरू ।

१३) प्रिन्ट फोटोकपी तथा ब्यानर सम्बन्धीका कार्यहरु ।

१४) खाद्यान्न तथा खुद्रा सामानहरूको बिक्रि वितरण सम्बन्धीका कार्यहरू ।

१५) सवारी साधन तथा ढुवानि सम्बन्धीका कार्यहरू ।

१६) नर्सरी जन्य कार्यहरू ।

१७) विभिन्न प्रकारका बिमा सम्बन्धीका कार्यहरू ।

१८) फर्नीचर सम्बन्धीका कार्यहरू ।

१९) विधुतीय उपकरण सम्बन्धि कार्य ।

२०) हाडंवेयर सम्बन्धि कार्यहरू

२१) ग्रील तथा फर्निसिङ्ग सम्बन्धि कार्यहरू

२२) लत्ता कपडा तथा फेन्सी सम्बन्धि कार्यहरू

निवेदन साथ पेश गनुपर्ने कागजातहरू

  • निवेदन
  • व्यावसाय दर्ता प्रमाण पत्र
  • स्थाई लेखा नम्बर प्यान वा मुल्य अभिवृद्धिकर भ्याट दर्ता प्रमाण पत्र
  • कर चुक्ता प्रमाण पत्र २०८१/८२
  • प्रोप्राईटरको नागरिकताको प्रमाण–पत्र
  • कालो सूचीमा नपरेको स्व–घोषणा 
  • सप्लायर्स दर्ता फारम click गर्नुस् । 

निवेदन पेस गर्ने प्रक्रिया 

१) हार्डकपी सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल कालिकोटको केन्द्रिय कार्यालय खाडाचक्र न.पा वडा नं.१ मान्म कालीकोट वा इमेलः procurement.saadanepal2004@gmail.com  मार्फत निवेदन पेस गर्न सकिनेछ ।

थप कुनै प्रश्न वा जिज्ञाशा भएमा 

सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल कालिकोट 

फोन नं. ०८७-४४०२१५

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 15 Jul, 2026
Apply Before 23 Jul, 2026
City Kalikot