बोलपत्र आह्वान सम्बन्धि सुचना
Details / requirements:
बोलपत्र आह्वान सम्बन्धि सुचना
(पहिलो पटक प्रकाशित मिति ५ अगस्ट २०२६ )
राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स नेपाल) कन्चनपुर जिल्लामा दर्ता भै नेपालका विभिन्न जिल्लामा कार्यरत गैह्र नाफामुलक एक विशुद्घ सामाजिक संस्था हो । निड्स नेपालद्वारा डडेल्धुरा जिल्लाको आलिताल गाउपालिकामा BMZ को आर्थिक सहयोग तथा AWO International को सहकार्यमा सम्मानित युवा श्रम आप्रवासन तथा सुदृढ जिविकोपार्जन परियोजना संचालनमा रहेको छ । उक्त परियोजना अन्तर्गत उन्नत जातका बाख्रा र बिउ बोकाहरू आपूर्ति गर्न सक्ने इच्छुक, अनुभवि तथा व्यवसायिक इजाजत प्राप्त आपूर्तिकर्ताहरूबाट बोलपत्रका लागि हार्दिक आमन्त्रण गरिन्छ ।
| टेन्डर संकेत नम्बर | कामको विवरण |
| NEEDS-TN- 01-2083/2084 | उन्नत जातका बाख्रा र बिउ बोकाको आपूर्ति |
आपूर्ति गर्नुपर्ने वस्तुको स्पेसिफिकेसन तथा परिमाण बोलपत्र सम्बन्धि कागजातमा समावेश गरिएको छ जुन तपाईले निड्स नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नु हुनेछ।
- बोलपत्र डकुमेन्ट मिति ५ अगस्ट २०२६ देखि ३ सेप्टेम्बर २०२६ सम्म बिदाको दिन बाहेक कार्यालय समयभित्र (आइतबार देखि बिहिबार सम्म बिहान १० बजे देखि साझ ५ बजे सम्म र शुक्रबार बिहान १० बजे देखि साझ ३ बजे सम्म) व्यवसाय दर्ताको प्रमाण पत्र, पान/भ्याट दर्ताको प्रमाण पत्र, आ.ब. २०८१/२०८२ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि पेश गरि निड्स नेपालको केन्द्रीय कार्यालय महेन्द्रनगर र शाखा कार्यालय डडेल्धुरा बाट प्राप्त गर्न सकिनेछ। साथै उक्त कागजात पेश गरि नीड्स नेपालको इमेल ठेगाना procurement@needsnepal.org.np मा अनुरोध गरि सोहि इमेल मार्फत पनि प्राप्त गर्न सकिनेछ।
- बोलपत्र फारम प्राप्त गर्ने अन्तिम मिति २ सेप्टेम्बर २०२६ गते पछि बोलपत्र वितरण गरिने छैन।
- बोलपत्र डकुमेन्ट सिलबन्दी गरि मिति ३ सेप्टेम्बर २०२६ गते दिउसो २ बजे भित्र निड्स नेपालको केन्द्रीय कार्यालय महेन्द्रनगरमा सक्कलै पेश गरि सक्नु पर्ने छ।
- प्राप्त सम्पूर्ण सिलबन्दी बोलपत्रहरू ३ सेप्टेम्बर २०२६ गते दिउसो ३ बजे बोलपत्रकर्ता फर्मका प्रतिनिधिहरूको रोहबरमा निड्स नेपालको केन्द्रीय कार्यालय महेन्द्रनगरको सभा हलमा खोलिनेछ। साथै उक्त बोलपत्र डकुमेन्टहरू खोल्दा सम्बन्धित टेन्डरवालाहरूका प्रतिनिधि नभयको खण्डमा पनि खोल्न कुनै बाधा हुने छैन।
- बोलपत्रकर्ताले पेश गरेको बोलपत्र डकुमेन्ट अनुसार नीड्स नेपालले पूर्ण वा आंसिक रूपमा पनि बोलपत्रको मुल्यांकन गरि अलग अलग बोलपत्रकर्तालाइ अलग अलग वस्तुको आपूर्ति गर्ने गरि स्वीकृत गर्न सक्ने अधिकार निड्स नेपालमा निहित रहेको छ।
- बोलपत्र तयार गर्ने, वितरण गर्ने, पेश गर्ने सम्बन्धमा बोलपत्रकर्ताले गरेको कुनै पनि लागत वा खर्चका लागि नीड्स नेपाल जिम्मेबार हुने छैन।
- तोकिएको ढाँचा अनुसार पेश नगरिएका, अपुर्ण रहेका वा तोकिएको म्याद भित्र यस कार्यालयमा पेश हुन नसकेका बोलपत्र उपर कुनै कारबाहि गरिने छैन। यस्ता बोलपत्रहरू स्वतः अस्वीकृत (Reject) भएको मानिने छ।
- परियोजना क्षेत्रको हावापानी मिल्ने आसपासका क्षेत्र, विशेष गरि डडेल्धुराको परशुराम नगरपालिका, आलिताल, र गन्यापधुरा गाँउपालिका, डोटीको जोरायल र बडिकेदार गाँउपालिका तथा कैलालीको चुरे र मोहन्याल गाँउपालिका क्षेत्रमा पालन भैरहेका उन्नत जातका बाख्रा र बिउ बोका उपलब्ध गराउन सक्ने बोलपत्रकर्ता लाई प्राथमिकता/ग्राहयता दिईनेछ।
सम्पर्क
निड्स नेपाल, महेन्द्रनगर कंचनपुर
फोन न : ०९९ ४१८१५०
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 05 Aug, 2026 |
| Apply Before | 03 Sep, 2026 |
| City | Kanchanpur |