सूची दर्ता गर्ने सम्बन्धी सूचना

Nepal Agriculture Cooperative Central Federation Ltd.(NACCFL)

Details / requirements:

सूची दर्ता गर्ने सम्बन्धी सूचना

(प्रकाशन मिति २०८३/०३/२६)

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.लाई आ.व. २०८३/८४ मा आवश्यक पर्ने तपसिलका विवरणमा उल्लेखित स्तु तथा सेवाहरू पटक पटक वा एकैपटक खरिद गर्नु पर्ने भएकोले सम्बन्धीत वस्तु तथा सेवाको आपुर्ति गर्न स्विकृत प्राप्त गरेका इच्छुक व्यक्ति, फर्म, संस्था तथा कम्पनीहरूलाई यो सूचना प्रकाशन भएको मितिले  दिनभित्र प्रत्येक समूहको लागि छुट्टाछुट्टै विवरण खुलाई निवेदन सहित सूचिकृत हँन सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

स्तु तथा सेवाको विवरण :

समूह (क) : फर्निचर, फर्निचर तथा फिक्सचर

१. अफिस फर्निचर, फर्निसिङ्ग तथा फिक्स्चर (काठ, स्टिल, फलाम लगायतका), कार्पेट, गलैचा आपूर्ति तथा मर्मत सम्भार समेतका कार्यहरू ।

समूह (ख) : स्टेशनरी (मसलन्द) तथा छपाई 

१. स्टेशनरी आपूर्ति कार्य(कार्यालय तथा तालिम ।

२. वार्षिक प्रतिवेदन, पुस्तक तथा पुस्तिका, पम्पेल्ट, बिल, भरपाई, आइ.डि.कार्ड, भिजिटिङ्ग कार्ड, आई.सी.टी.मेटेरियल लगायतका सम्पूर्ण छपाई तथा आपूर्ति सम्बन्धी कार्य ।

३. फ्लेक्स,  होडिङ्ग बोर्ड तथा साइनबोर्ड आदि आपूर्ति ।

समूह (ग) : निर्माण तथा मर्मत सम्भार  

१. कार्यालय निर्माण/आन्तरिक संजावत/आर्किटेक्ट, इलेक्ट्रिकल, रङ्गरोगन,नर्सरीको टनेल निमार्ण तथा मर्मत, सिभिल इन्जिनियरिङ लगायतका कार्य ।

समूह (घ) : इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स 

१. इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सम्बन्धी सामानहरू आपूर्ति तथा मर्मत सम्भार समेतका कार्यहरू ।

२. कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेशिन, टोनर, नेटवर्किङ, इन्टरकम, हार्डवेयर, सफ्टवेयर, सिसिटिभि, काटिज, रिफिल र अन्य आपूर्ती तथा मर्मत सम्भार समेतका कार्यहरू ।

समूह (ङ) : परामर्श दाता , विज्ञ तथा अन्य सेवा   

१. परामर्श दाता, प्रशिक्षक, विज्ञ सेवा प्राविधिक सेवा समेत । (सहकारी ऐन नियम, सहकारी शिक्षा, कृषि, भेटनरी, कृषि प्रविधि, उद्योग व्यावसाय, बजारीकरण, ग्रेडीङ प्याकेजिङ, वित्तिय व्यवस्थापन, लेखापरिक्षण, कर, कानुन तथा अन्य)

२. सवारी साधन (गाडी तथा मोटरसाइकल) स्पेयर पार्टस् सप्लाई तथा मर्मत सेवा

३. हवाई टिकेटिङ्ग सेवा(आन्तरिक तथा बाह्रय) र सावारी साधन भाडा

४. हस्तकलाका समानहरूको निर्माण तथा आपूर्ति

५. विद्युत, स्यानेटरी तथा प्लम्बिङ्ग सम्बन्धी सेवा

६. कुरियर सेवा (आन्तरिक तथा बाह्रय)

७. फोटोग्राफी/भिडियोग्राफी

८. बीमा (जीवन/र्निजिवन)

९. खानेपानी आपूर्ति 

१०. इन्धन आपूर्ति 

११. क्याटरिङ सर्भिस

१२. बिज्ञापन सेवा

१३. होटल तथा व्याङक्वेट 

१४. फलफूलको विरूवा, वीउ, कृषि सामाग्रीहरू, फलफूल तथा खाद्यान्न 

१५. वेवसाईट, सफ्टवेर तथा डाटा वेस निर्माण, आई.टी. सेवा खरिद

सूचि दर्ता फारम साथ पेश गर्नु पर्ने कागजात 

१. निवेदनमा स्तु वा सेवा प्रदान गर्न चाहेको समुह, सम्पर्क व्यक्तिको नाम, मोबाइल नं.र ईमेल समेत खुलाउनु पर्ने छ ।

२. संस्था वा फर्म दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

३. स्थायी लेखा नम्बर तथा मूल्य अधिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

४. आ.व. २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

५. विगत वर्षहरूमा अन्य संघ संस्थामा कार्य गरेको अनुभव प्राप्त प्रमाणपत्रको प्रतिलिपि ।

नोट : सूचिकृतको लागि पेश हुँन आएको निवेदनमा संग संलग्न विवरण, क्षमता, अनुभव तथा दक्षतालाई आधार मानी योग्य ठहरिएको आपूर्तिकताहरू (फर्म, संस्था तथा कम्पनी) लाई मात्र सूचिकृत गरिने छ ।

निवेदन पेश गर्ने ठेगाना :

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. (NACCFL), धोविघाट, ललितपुर

फोन नं.: ०१५१५३६६०,०१५१५३६६५, ०१५१५३१७०

वा Email : contact@naccfl.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 10 Jul, 2026
Apply Before 16 Jul, 2026
City Lalitpur